Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ ११ , २०७३  |  
Wednesday, January 25, 2017
अटो
  • हिमालपारीको जिल्ला मनाङ सडक तीन साता बन्द हुने Jan 24, 2017 ArthatantraManang Road
    लमजुङ । हिमालपारिको जिल्ला मनाङ जोड्ने एक मात्र सडक तीन साता बन्द हुने भएको छ । बेँसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङको ताघ्रिङखण्डमा मर्मत तथा स्तरोन्नतिका लागि तीन साता बन्द हुने भएको हो । सडक मर्मत अवधिमा सवारी आवतजावतमा रोक लगाउन सडक डिभिजन कार्यालय दमौलीले जिल्ला प्रशासन कार्यालय लमजुङ र मनाङलाई पत्राचार गरेको छ । डिभिजन कार्यालयका अनुसार यही माघ २५ देखि आगामी फागुन ...
  • स्वास्थ्यमा नकारात्मक असर पर्न थालेपछि सडक अवरुद्ध Jan 22, 2017 Arthatantrasadak aabarudda
    बनेपा। बनेपा– पनौती सडक आजदेखि अवरुद्ध भएको छ । सडक धुलाम्मे भएका कारण सडक आसपासमा भएका घरका बासिन्दाले सास्ती खेप्नुपरेपछि अवरुद्ध गर्नुपर्ने अवस्था आएको स्थानीयवासीले बताएका छन् । उनीहरुले विगतको प्रतिबद्धता पूरा गर्न आग्रह गर्दै सडकमा उडेको धुलो र धुवाँले बालबालिकादेखि वृद्धसम्मका स्वास्थ्यमा नकारात्मक असर परेको बताए । पनौती नगरपालिकाका कार्यकारी अधिकृत श्याम खड्काले सडक खुलाउन वार्तामा बस्न लागिएको जानकारी दिँदै ...
  • सिप्रदीको नयाँ डिलर पोखरामा, डिलरको रुपमा गण्डकी ट्रेड हाउस नियुक्त Jan 21, 2017 ArthatantraTata_Motors
    काठमाडौं। सिप्रदी ट्रेडिङ्गले पोखरामा टाटा पेसेन्जर भेहिकलहरुको लागि गण्डकी ट्रेड हाउस लाई नियुक्त गरेको छ ।सिप्रदी र गण्डकी ट्रेडबीच पोखराको आधिकारिक बिक्रेताका सम्वन्धि सम्झौंता समेत भएको छ। कार्यक्रममा कम्पनीका जनरल म्यानेजर प्रवीण खतिवडाले नयाँ डिलरलाई आफ्नो कम्पनीको बृहत नेटवर्कमा स्वागत गर्दै पश्चिमाञ्चलको हबको रुपमा रहेको पोखरामा टाटाको पेसेन्जर भेहिकलको बिक्री उत्साहजनक हुने अपेक्षा गरे। गण्डकी ट्रेडका संचालक बिन्दुकुमार थापाले पनि सिप्रदी ...
  • चार लाख छुट र चार वर्षको वारेन्टी सहित किन्नुहोस् टाटाका कार Jan 19, 2017 Arthatantratata bolt car
    काठमाण्डौं । सिप्रदी ट्रेडिङले विन्टर अन फायर योजना ल्याएको छ । यो योजना अनुसार टाटाको जेस्ट, बोल्ट र स्ट्रोम गाडी खरीदमा ग्राहकले नगद चार लाख रुपैयाँसम्म छुट र चार वर्षसम्मको वारेन्टी पाउने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। टाटाको कम्प्याक्ट सेडान गाडी टाटा जेस्टमा मल्टि ड्राइभ मोड सिस्टम, भ्वार्इस रिर्अगनाइजेशन सिस्टम लगायतका विशेषता छन् । बोल्ट मल्ट्रि ड्राइभ मोड भएको ह्याचब्याक गाडी ...
  • आगामि चैतबाट उपत्यकाका साना सवारीसाधन हटाईने ! Jan 18, 2017 Arthatantravehicles in kathmandu
    काठमाडौ। यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न काठमाडौँ उपत्यकामा साना सवारीसाधनलाई क्रमिक रुपमा हटाउने भएको छ । काठमाडौँ उपत्यकामा सवारीसाधनको अत्यधिक चाप परेपछि धेरै यात्रु ओसार्न सक्ने ठूला सवारीसाधन सञ्चालन गरी माइक्रोबस, मिनी माइक्रोलगायत चारपाङ्ग्रे ससाना सवारीसाधनलाई विस्थापन गर्ने तयारी गरेको छ । अत्याधुनिक सुविधा सम्पन्न केही ट्याक्सी भने सञ्चालन गरिनेछ । ती सवारी सञ्चालकलाई पनि कुनै न कुनै सुविधा ...
  • वायु प्रदुषण कम गर्न डिजेल गाडीलाई अस्थायी प्रतिबन्ध Jan 17, 2017 ArthatantraDiseal vehicles
    केही वर्ष पहिले डिजेल गाडी किन्न अनुमति पाएपछि डिजेल गाडी चढ्दै आएका गाडी धनीलाई क्रोधित तुल्याँदै नर्वे सरकारले राजधानी ओस्लोमा निजी कार सञ्चालनमा अस्थायी रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सरकारको निर्णय अनुसार मङ्गलबारदेखि बिहीबारसम्म लागू हुने गरी ओस्लो महानगरपालिका भित्रका सडकमा डिजेल गाडी सञ्चालनमा प्रतिबन्ध लगाइएको हो । सो निर्णय राष्ट्रिय राजमार्ग तथा नर्वेली राजधानी पास भएर बाहिर जाने ...
  • धादिङको खाल्टेमा बस दुर्घटना, १९ घाईते ! Jan 16, 2017 Arthatantrajeep-accident
    धादिङ । धादिङबेशीबाट खाल्टे गाबिसको फ्याक्से जाँदै गरेको बा २ ख ८२६२ नम्बरको बस आज साँझ  धादिङको खाल्टे ५ पतेनीमा दुर्घटना भई सडकबाट २०० मिटर तल खस्दा बसमा रहेका १९ जना घाईते भएका छन् । घाईते मध्ये तिन जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर घाईते हुनेहरुमा चितवन घर भएका पन्चकन्या मावि फ्याक्सेका शिक्षक माधव अधिकारी,खाल्टे पिमलखोलाका सन्तोष जम्कटेल र भरत ...
  • अब भक्तपुरको जगातीबाट पनि लाईसेन्स ! Jan 15, 2017 Arthatantravehicle license Nepal
    भक्तपुर । अब भक्तपुरको जगातीबाट पनि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन सकिने भएको छ । सरकारको निर्णयाअनुसार भक्तपुरको जगातीमा यातायात व्यवस्था कार्यालय सञ्चालनमा ल्याइएको हो । भक्तपुरमा उक्त कार्यालय सञ्चालनमा आएसँगै काठमाडौं उपत्यकाको मध्य पूर्वका जिल्लाहरुका सर्वसाधारणलाई लाइसेन्स लिन अब राजधानी धाउनु नपर्ने भएको छ । सर्वसाधारणले उक्त कार्यालयबाट लाइसेन्स नवीकरण र विदेशमा लिएको लाइसेन्सको नेपालीकरणसमेत गर्न सक्नेछन्। भौतिक पूर्वाधार तथा ...
  • ट्राफिक नियम उल्लघंन गर्दै हुनुहुन्छ? ख्याल गर्नुहोला ड्रोनले निगरानी … Jan 14, 2017 ArthatantraDrone
    काठमाडौ। काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यले एनएमबी बैंकले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई मानवरहित हवाई विमान (ड्रोन) प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी निर्देशक उपेन्द्र पौडेलले ‘डेल्टा जुलियट इन्डिया ब्रान्डको पेन्टम फोर प्रो’ नामक हवाई विमान महाशाखाका प्रमुख प्रकाश अर्याललाई हस्तान्तरण गरेका हुन् । उक्त विमान रिमोट कन्टोलमार्फत आकाशमा उड्ने र उपत्यकाको ट्राफिक अवस्थाबारे मोबाइलमार्फत महाशाखालाई जानकारी दिनेछ ...
  • साझाबस चढ्नेलाई २० प्रतिशत छुटः हेर्नुहोस् कहाँजाँदा कति छुट ? Jan 13, 2017 Arthatantrasajha_bus
    काठमाडौ। साझा यातायातले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै लामो दुरीमा चल्ने गाडीमा २० प्रतिशत छुट दिने भएको छ । साझाले आगामी माघ १ गतेदेखि लागू हुनेगरी उपत्यका बाहिरका काठमौँबाट– वीरगन्ज, भैरहवा र पोखरा बागलुङ रुटमा चल्ने गाडीमा २० प्रतिशत भाडा घटाएको हो । सेवाग्राहीलाई विशेष लाभ दिने उद्देश्यले सरकारले तोकेको भाडादरमा अर्को सूचना जारी नहुँदासम्म २० प्रतिशत छुट गरी भाडा समायोजन गरिएको ...