Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • ग्रामीण सडक अवरूद्ध Jul 15, 2017 Arthatantrailam road
    इलाम । लगातारको अबिरल वर्षासँगै इलामका अधिकांश ग्रामीण सडक अवरूद्ध बनेका छन् । वर्षाले सडक हिलाम्मे हुनुका साथै ठाउँठाउँमा पहिरो जाँदा सडक अवरूद्ध बनेका हुन् । जिल्लामा खनिएका सयौँ ग्रामीण सडक हिलाम्मे भएपछि यातायात सञ्चालनमा कठिनाई भइ जनजीवन प्रभावित भएको छ । ग्रामीण सडकमा यातायातका सवारीसाधन चलाउन समस्या भएको र सवारीसाधन बिग्रिएर सडकमै रोकिने गरेकाले हैरान भएको यातायात व्यवसायीले बताएका छन् । ...
  • एम्कोले भित्र्यायो विश्वस्तरका नयाँ शक्तिशाली ब्याट्रिहरु Jul 14, 2017 Arthatantraamco battery
    काठमाडौ । नेपालको लागि एम्को व्याट्रिको अधिकृत विक्रेता तथा सेवाप्रदायक वितरक कम्पनी बौद्ध इन्टरप्राइजेज प्रा. लि. ले एम्को ब्याट्रिको नविन प्रविधिका विशिष्ट तथा विश्वस्तरिय नयाँ ब्याट्रिहरु बजारमा ल्याएको घोषणा गरेको छ । ती ब्याट्रिहरुलाई AMCO MAXLASTTM, AMCO SUPER STARTTM, AMCO ULTRA LIFETM, AMCO NEXGENTM, AMCO ENDURATM ब्राण्ड नामबाट बजारमा भित्राइएको पत्रकार सम्मेलनमार्फत जानकारी दिईयो । एम्को ब्याट्रिको नेपालको लागी आधिकारीक विक्रेता ...
  • ६ वर्षको प्रयासपछि ट्र्याक निर्माण Jul 13, 2017 Arthatantrarural road (2)
    म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेको  बगैँचा देखि वडा नम्बर २ भगवतीको रिसीन चौतारी हुँदै बेगखोला जोड्ने सडकखण्ड अन्तर्गत बनाखीको भिरमा ट्र्याक निर्माण भएको छ । विगत ६ वर्षदेखि सडक निर्माण सुरु गरिएको सो सडक अन्तर्गत कडा चट्टानको कारण निर्माण कार्य रोकिरहेको बनाखी भिरमा यो वर्ष डोजर लगाएर ट्र्याक निर्माण गरिएको हो । गलेश्वरदेखि बेग खोलासम्मको सडकको वैकल्पिक मार्गका रुपमा निर्माण गर्न ...
  • बाटो मर्मत नहुँदा अस्पताल आउने विरामीलाई सास्ती Jul 12, 2017 Arthatantrarural road
    जाजरकोट । बाटो मर्मत हुन नसक्दा बिरामीलाई बोकेर आउने एम्बुलेन्ससमेत जिल्ला अस्पतालमा आउन सकेको छैन् । विगत १ महिनादेखि भत्किएको उक्त बाटोे मर्मत हुन नसक्दा उपचारका लागि जिल्ला अस्पताल आउने बिरामीलाई करिब ४ सय मिटर टाढा नै ओर्लिएर हिड्नुपर्ने बाध्यता रहेको छ । उपचारका लागि आउने बिरामी, औषधि र अन्य सामग्रीलाई मानिसले बोकेर अस्पताल परिसरसम्म ल्याउँदा चर्को मूल्य तिर्नुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका ...
  • किन भएन समयमा सडक कालोपत्रे ? Jul 12, 2017 Arthatantraroad and city
    खोटाङ । मध्यहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–हलेसी सडक ३ वर्षअघि देखि कालोपत्रको काम थालिए पनि चाँडो सम्पन्न भएको छैन । मङ्गलबार रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा दिक्तेलमा आयोजित सर्वदलीय बैठकले निर्माण सम्बद्ध ठेकेदारलाई सडक कालोपत्रका काम गुणस्तरीय रुपमा चाँडो पूरा गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको हो । सडक कालोपत्रका काममा ठेकेदारले ढिलाइ गरिरहेको र गुणस्तर कायम गर्न नसकेको जनगुनासो आएकाले परामर्शदाता कम्पनी, दलका ...
  • काठमाडौ चक्रपथमा मालबाहक सवारी चलाउन नपाईने Jul 11, 2017 Arthatantratruck
    काठमाडौ ।चक्रपथमा मालबाहक गाडी (ट्रक, टिपर र मिनि टाटा) गुडाउन समय सीमा तोकिएको छ। यातायात व्यवस्था विभागका अनुसार नयाँ नियम अनुसार आजैबाट विहान ८ः३० बजेदेखि १०ः३० बजेसम्म र दिउँसो ३ः३० बजेदेखि साँझ ६ः३० बजेसम्म ट्रक र टिपर लगायतका मालबाहक सवारी गुडाउन पाइने छैन। ट्रक तथा टिप्पर ब्यवसायी महासंघ, राष्ट्रिय यातायात ब्यवसायी महासंघ लगायतका सरोकारवालाहरुको बैठकले उपत्यकामा अहिले भइरहेको अत्याधिक जामलाई न्युनिकरण ...
  • सैनिक विमान दुर्घटना,१६को मृत्यु Jul 11, 2017 Arthatantraplane crash america
    वासिङ्टन । अमेरिकाको मिसिसिपी राज्यमा सोमबार भएको एक सैनिक विमान दुर्घटनामा परी १६ व्यक्तिको ज्यान गएको छ । सैनिक प्रवक्ता क्याप्टेन सराह बर्न्सले मध्य मिसिसिपीको लेफोरे प्रान्तमा सेनाको सो सानो विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराएका छन् । उनले यस जहाजबाट त्यहाँ रहेका १६ व्यक्तिको शव निकालिएको जनाएका छन् । उक्त विमान सैनिकको कार्गो बिमान रहेको बताइएको छ । उक्त ...
  • घट्यो हवाई भाडा,अब कहाँ जाँदा कति भाडा तिर्ने ? Jul 5, 2017 ArthatantraPlane
    काठमाडौ । हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीले आन्तरिक हवाई भाडा घटाएका छन् । नेपाल आयल निगमले केही दिनअघि हवाई इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा दर घटाएको हो । निगमले हवाई इन्धनको मूल्य घटाएकाले आन्तरिक भाडादर केही समायोजन गरिएको सङ्घका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिए । निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर रु चार घटाएर रु ८२ बनाएको ...
  • मुग्लिन–नारायणगढ सडकखण्ड डेढ महिना बन्द गर्न विकास समितिको निर्देशन ! Jul 4, 2017 Arthatantramuglin
    काठमाडौ। व्यवस्थापिका–संसद्, विकास समितिले नारायणगढ–मुग्लिन सडकखण्डमा आगामी डेढ महिनासम्म राति सवारी सञ्चालन नगर्न निर्देशन दिएको छ । समितिको सिंहदरबारमा बसेको बैठकले स्तरोन्नतिका क्रममा रहेको उक्त सडकखण्डमा वर्षायामसँगै पहिरो झरेर सडक अवरुद्ध हुनाका साथै मानवीय क्षतिसमेत हुन थालेपछि थप सुरक्षाको प्रबन्ध गर्न, वर्षायामको समयसम्म (करिब डेढ महिना) राति सवारी आवागमन निषेध गर्न, वैकल्पिक मार्गको प्रयोग गर्न, सम्भव भएसम्म राति पनि सडक ...
  • सफा टेम्पोले देशव्यापी आम हड्ताल गर्ने दियो चेतावनी Jul 3, 2017 Arthatantrasafa safa
    काठमाडौ । विभिन्न क्षेत्रका सरोकारवालाहरुले वातावरणमैत्री एवम् विद्युतीय सफा टेम्पो बन्द गर्ने निर्णय तत्काल फिर्ता नलिए देशव्यापी रुपमा आम हड्तालमा उत्रिने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा सफा परिवहन व्यवसायी संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरोकारवालाहरुले सरकारको यस्तो निर्णय गलत भएकोले तत्काल निर्णय सच्याउनको लागि माँग गरेका छन् । उनीहरुले सरकारले उक्त निर्णय तत्काल फिर्ता गर्नुपर्ने समेत जोडदार माँग ...