Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • पहिरोका कारण मुग्लिन सडक बन्द Jun 21, 2017 Arthatantramugling road
    चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा आज बिहान खसेको पहिरोका कारण सडक अवरुद्ध हुन पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रातिको समयमा पहिरो खसेपछि बिहान ३ बजेसम्म एकतर्फी गाडी चलेपनि विहान ४ बजेदेखि यातायात पूर्णरुपमा बन्द भएको हो । अहिले डोजरको सहयोगमा पहिरो पन्छाउने क्रम चलिरहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । बेलाबेलामा ...
  • ज्योती विकास बैंकले बनायो उपत्यकाका चार स्थानमा जेब्रा क्रसिङ Jun 19, 2017 ArthatantraJBBL jebra
    काठमाडौ । ज्योति विकास बैंक लिमिटेडले कमलादी क्षेत्र र भदकालीमा जेब्रा क्रसिङ बनाउने कार्यमा सहयोग गरेको छ । सडक दुर्घटना कम गर्न तथा पदयात्रुहरुलाई सडक पार गर्न सहजता होस भन्ने उद्देश्यसहित जेब्रा क्रसिङ बनाएको बैंकले जानकारी दिएको छ । बैंकले आफ्नो मुख्य कार्यालय–कमलादी, प्रज्ञा भवन, कमलादी गणेश मन्दिर तथा भद्रकाली मन्दिर अगाडी जेब्रा क्रसिङ बनाउन सहयोेग गरेको हो । यी स्थानहरुमा ...
  • नारायणगढ–मुग्लिन सडक सञ्चालनमा Jun 18, 2017 Arthatantraroad expantion
    चितवन । पहिरो खसेर गए राति १ बजेदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाइएपछि आज बिहान ११ः ५० बजेदेखि सडक पुनःसञ्चालनमा आएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट २.५ किमी नारायणगढतर्फ कालीखोलामा भित्तो काटिएको ठाउँमा पहिरो खसेको थियो । राति ९ बजे पनि सोही ठाउँमा पहिरो खसेकामा पन्छाएर सडक पुनःसञ्चालन गरिएको थियो । सुरुमा सानो पहिरो भए ...
  • काठमाडौको चक्रपथ भित्र मोटरसाईकल चलाउन प्रतिबन्ध… ! Jun 16, 2017 Arthatantrabike
    काठमाडौ । सरकारले काठमाडौको चक्रपथ भित्र मोटरसाईकल संचालनमा प्रतिबन्ध लगाउने तयारी थालेको छ । यातायात ब्यवस्था बिभागले सवारी दुर्घटना तथा यातायात अबरोधको अबस्थामा कमी ल्याउन मोटरसाईकल संचालन बन्द गर्ने तयारी गरेको अधिकारीहरुले जनाएका छन् । शहरी सवारी ब्यवस्थापनमा साना सवारी नै मुख्य बाधक रहेको ठहर गर्दै रिंगरोड भित्र मोटरसाईकल प्रबेश निषेध गर्ने बारेमा यातायात ब्यवस्था बिभागले छलफल अगािड बढाएको छ । ...
  • नदीजन्य पदार्थ निकासीमा आजदेखि पूर्णरुपमा रोक Jun 15, 2017 Arthatantrariver
    नवलपरासी । नवलपरासी जिल्ला समन्वय समितिले नदीजन्य पदार्थ निकासीमा आजदेखि पूर्णरुपमा रोक लगाएको छ । चालु आवमा लगाइएको ठेक्का सम्झौताअनुसार जेठ मसान्तसम्मका लागि मात्र भएकाले नदीजन्य सामग्री निकासीका सबै कार्य रोक्नका लागि सम्बद्ध निकायसंग आग्रह गरिएको हो । ठेक्का लगाएर खोलाबाट ढुङ्गा गिट्टी र बालुवासहित नदीजन्य पदार्थ उत्खनन तथा निकासीमा रोक लगाएको स्थानीय विकास अधिकारी युवराज कटेलले जानकारी दिए । अब कुनै ...
  • सिप्रदी ट्रेडिङ्को यो बस एक्स्चेन्ज अफरमा सहभागी हुनोस्, असार १६ सम्मम… Jun 14, 2017 Arthatantratata_school_bus
    काठमाडौ। नेपालको लागि टाटा मोर्टसको एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ् प्रा.लि.ले ग्राहकहरुद्वारा अत्याधिक रुचाईएका टाटाका स्कूल बसहरुमा एक्स्चेन्ज अफर ल्याएको छ । कम्पनीले टाटाका २६ देखि ४० सिट संख्या सम्मका टाटा स्कूल बसहरुमा अहिले सम्मकै उत्कृष्ट पुर्नविक्री मूल्य सहितको एक्स्चेन्ज अफर ल्याएको हो । उक्त एक्स्चेन्ज अफर असार १६ गते सम्म लागू हुनेछ । साथै उक्त स्कूल बसमा एबीएस् ब्रेकिङ ...
  • बस दुर्घटनाः १ बालकको मृत्यु,अन्य ५ घाइते ! Jun 13, 2017 ArthatantraRoad-Accident
    खोटाङ । खोटाङमा भएको बस दुर्घटनामा खोटाङमा ११ महिने एक शिशुको ज्यान गएको छ । सदरमुकाम दिक्तेलबाट यात्रु लिएर जयरामतर्फ जाँदै गरेको बा २ ख ७०७१ नम्बरको बस सोमबार राति हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा जयराममा भित्तामा ठोक्किँदा रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका शिशु अजित बिश्वकर्माको घटनास्थलमै ज्यान गएको हो । मध्यपहाडी यातायात व्यवसायी संघमा आवद्ध बस जयरामघाटभन्दा एक किलोमिटर माथि रहेको मोडको ...
  • १५ महिनाभित्रै पूर्व–पश्चिम विद्युतीय रेलमार्ग… Jun 12, 2017 ArthatantraTRAin rail
    काठमाडौ। पूर्व–पश्चिम विद्युतीय रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) आगामी १५ महिनाभित्रमा सम्पन्न हुने भएको छ। रेल विभागका अनुसार ०७५ को मंसिरअघि सबै खण्डको डिपिआर सम्पन्न हुनेछ। राष्ट्रिय गौरवको आयोजनाको रूपमा उच्च प्राथमिकता प्राप्त रेलवे पूर्व काँकडभिट्टा (झापा) देखि पश्चिम गड्डाचौकी (कञ्चनपुर) सम्मको करिब (अध्ययनपछि लम्बाइमा थपघट हुन सक्ने) भएकाले ९४५ किलोमिटरको हुनेछ। लामो यस आयोजनाको अहिलेसम्म बर्दिबासदेखि बुटवलसम्मको २ सय ९९ किलोमिटर ...
  • ट्रकको हड्ताल फिर्तापछि आउने भयो सामान Jun 11, 2017 Arthatantratruck
    काठमाडौ।कोलकाता इन्डो–नेपाल ट्रक एण्ड टेलर ओनर्स वेलफेयर एशोसिएसनले गरेको हड्ताल फिर्ता भएको छ। एक सातादेखि भाडा बढाउने माग गर्दै ढुवानी ठप्प पारेको एशोसिएसनले शनिबार हड्ताल फिर्ता लिएका हुन्। कोलकातास्थित महावाणिज्यदूत एकनारायण अर्यालले ट्रक हड्ताल फिर्ता भएको बताउँदै रोकिएका समान नेपालतर्फ हिड्ने बताए। उनका अनुसार एक सातामा करिब पाँच सय ट्रक सामान रोकिएका छन्। अर्यालले कोलकातामा रहेको प्रशासनको सहकार्यमा हड्ताल फिर्ताका लागि ...
  • बेलहिया बुटवल छ लेन सडक पानीले जाम,पूर्वमन्त्री पाण्डेको जनतामारा काम … Jun 9, 2017 Arthatantrasix lane dubanma road belahiya
    नरेश के.सी.,भैरहवा । राप्रपाका नेता तथा पूर्वमन्त्री  विक्रम पाण्डेले ठेक्का सम्झौता गरी निर्माण कार्य थालेको बुद्धचौंक सडकखण्ड अहिले अलपत्र परेको छ । राष्ट्रिय गौरबको आयोजना बेलहिया बुटवल व्यापारीक मार्ग अन्र्तगतको सो सडकखण्ड २०७३ असार ३१ मा सम्पन्न गर्नेगरी सांसद समेत रहेका पाण्डेको निर्माण कम्पनीले ठेक्का लिएको थियो । तर अहिले एक वर्ष वितिसक्दा समेत निर्माण कार्यको प्रगती सन्तोषजनक देखिएको छैन ...