Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • चोभारमा बन्दैछ सुख्खा बन्दरगाह ! Jun 2, 2017 Arthatantrachovar
    काठमाडौ । चोभारको हिमाल सिमेन्ट कारखानाको जग्गामा अब सुख्खा बन्दरगाह बन्ने भएको छ । लामो समयदेखि अलपत्र परेको जग्गालाई सरकारले सुख्खाबन्दरगाहको साथसाथै अन्तराष्ट्रिय स्तरको प्रदर्शनीस्थल बनाउने तयारी गरेको हो । नेपाल सरकारले विश्व बैंकबाट डेढ अर्ब ऋण लिएर दुई सय रोपनी क्षेत्रफलमा सुख्खाबन्दरगाह बनाउन लागेको हो । वाणिज्य मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले आगामी असारसम्म ठेक्का आह्वान गर्ने जनाएको छ ...
  • सेनाको विमान दुर्घटनामा पाइलट गुरुङको मृत्यु May 30, 2017 Arthatantraair crash bajura
    बाजुरा । नेपाली सेनाको कार्गो विमान आज मध्याह्न बाजुराको कोल्टी विमानस्थल छेउमै दुर्घटना हुँदा पाइलट कैलाश गुरुङको मृत्यु भएको छ । अवतरण गर्ने क्रममा कल साइन एन ए ०४८ विमान कोल्टी विमानस्थलको धावनमार्ग नजिकैको धान खेतमा । दुर्घटनामा पर्दा नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र अनिता आले गम्भीर घाइते भएका छन् । गम्भीर घाइते पाइलट गुरुङको उपचारका क्रममा कोल्टी अस्पतालमा मृत्यु ...
  • जथाभावी बाटो काट्दै हुनुहुन्छ होशियार,हैन भने रोज्नुस् २ सय जरिवाना वा… May 30, 2017 ArthatantraTraffic
    काठमाडौ। तपाई जेब्रा क्रसिङ, आकाशे पुल, सब–वेको प्रयोग नगरी जथाभावी बाटो काट्नुहुन्छ ? वा सडकको फुटपाथ छाडेर बीच सडकबाटै जथाभावी हिँड्नुहुन्छ ? आजबाट यो बानी त्यागिदिनुस्, नत्र तपाईंले ठाउँको ठाउँ ट्राफिक प्रहरीलाई २ सय रुपैयाँ जरिवाना तिर्नपर्नेछ । पैसा तिर्नु चाहनु भएन वा सक्नु भएन भने प्रहरीले कार्यालयमा ३ घण्टा नियन्त्रणमा राख्नेछ । मंगलबारबाट उपत्यकाभित्रका सडकमा जथाभावी बाटो काट्ने र पेटी ...
  • फ्रिमा गाडी सर्भिससँगै १५ प्रतिशत छुटमा लुब्रिकेन्टमा र स्पेयर पार्टस May 25, 2017 Arthatantramahindra
    काठमाडौ। महिन्द्रा गाडीको आधिकारीक विक्रेता अग्नि ग्रुपले केयूभी१००को पहिलो वार्षिक उत्सवको उपलक्ष्यमा जेठ ११ र १२ गते फ्रि सर्भिस क्याम्पको आयोजना गरेको छ । यस क्याम्पमा केयूभी १००गाडीलाई निशुल्क रुपमा जाँच तथा सर्भिस गरीनुका साथै लुब्रिकेन्टमा र स्पेयर पार्टसमा १५ प्रतिशत छुट दिन लागिएको जानकारी कम्पनीले गराएको छ । साथै, यो सुविधा युनिक आईडल अटोमोविल बालकुमारी र गुड अटोमोविल धुमबाराहीमा उपलब्ध ...
  • भक्तजन चढेको बस दुर्घटना,२१ जनाको मृत्यु ! May 24, 2017 ArthatantraRoad-Accident
    भारतको उत्तरखण्डमा भक्तजनहरु चढेको बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । भारतको उत्तराखण्डको धराजु शहरमा चालकले बसको नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ । मृत्यु हुनेमा अधिकांश मध्य प्रदेशका भक्तजन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रकाशित मितिः २०७४ जेठ १०
  • अब भक्तपुरमा साझाबसको सेवा,हेर्नुहोस् रुट कहाँ–कहाँ ? May 23, 2017 Arthatantrasajha_bus
    काठमाडौं । साझा यातायातले भोलिबाट भक्तपुरसम्म आफ्नो बस सेवा विस्तार गर्ने भएको छ । साझाका २० वटा बसलाई भोलिबाट भक्तपुरको नयाँ बाटोमा चलाउन सुरु गरिने भएको हो । अब स्वयम्भुबाट सीतापाइला–कलंकी– रवीभवन–सोल्टीमोड–कालीमाटी–टेकु–त्रिपुरेश्वर–रत्नपार्क–सहीदगेट –थापाथली–माइतिघर–बबरमहल–नयाँबानेश्वर–मीनभवनहुँदै कोटेश्वरसम्म चल्ने सबै बस नयाँबाटो हुँदै भक्तपुरको सूर्यविनायकसम्म सम्म जाने साझा यातायातका प्रमुख कार्याकारी अधिकृत महेन्द्रराज पाण्डले जानकारी दिए । कोटेश्वरबाट जडिबुटी लोकन्थली–कैशलटार–गठ्ठाघर–ठिमी–सल्लाघारी हुँदै सुर्यविनायकसम्म बस सेवा विस्तार हुनेछ ...
  • काठमाडौ–तराई द्रुतमार्ग बनाउन १ खर्ब १२ अर्ब लाग्ने,४ लेनको सडकमा ४ कि… May 21, 2017 Arthatantrafast-trak 1
    काठमाडौ। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ तराई मधेस द्रुतमार्ग निर्माणको प्रक्रिया सुरु हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सो आयोजनाको शिलान्यास गर्ने तयारी गरेपछि आयोजनाले गति लिन लागेको हो । प्रधानमन्त्रीले बहुचर्चित र बहुप्रतिक्षित तराई मधेसलाई काठमाडौ जोड्ने उक्त आयोजनाको शिलान्यास गर्ने र प्रक्रिया अगाडि बढाउने लक्ष्यका साथ आवश्यक तयारी गर्न सम्बन्धित सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिएका छन् । ...
  • मुग्लिन–नारायणगढ सडक आजदेखि पुनः बन्द ! May 18, 2017 Arthatantraroad expantion
    चितवन । चितवनको मुग्लिन–नारायणगढ सडक आयोजनाले आजदेखि पुनः ६ घन्टा बन्द गरेर काम गर्ने भएको छ । वैशाख ३१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै वैशाख २५ देखि जेठ ३ गतेसम्म १० दिन बन्द नगरेको आयोजनाले आजदेखि नियमितरुपमा सडक बन्द गरेर काम गर्न लागेको हो । आयोजनाका इन्जिनियर शिव खनालका अनुसार आजदेखि हरेक दिन विहान १० देखि ४ बजेसम्म सडक बन्द गरेर काम ...
  • चीनको ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपालको हस्ताक्षर May 12, 2017 Arthatantra????????????????????????????????????
    काठमाडौ। नेपाल र चीनले ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गरेका छन् । शुक्रबार विहान परराष्ट्रमन्त्री प्रकाशशरण महतको उपस्थितिमा परराष्ट्र सचिव शंकर दाश बैरागी र नेपालका लागि चिनियाँ राजदूत यु होङले हस्ताक्षर गरे । परराष्ट्रमन्त्री महतले यो समझदारी दुई देशको सम्वन्धमा महत्वपूर्ण पाइला भएको बताएका छन् । परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले भने, रोड र रेल वे कनेन्टीभिटी ...
  • चुनावको सन्देश बोकेर साझाबस सरर ! May 11, 2017 Arthatantra;femf a;df lgjf{rgsf] ;Gb]z 
k|d'v lgjf{rg cfo'Qm 8f cof]wLk|;fb ofbjn] laxLaf/ sflGtkyl:yt lgjf{rg cfof]u kl/;/df ;femf a;df lgjf{rg cfof]usf] nf]uf] cªlst emG8f kmx/fP/ ;femf oftfoftdfkm{t …d]/f] dt cd"No 5Ú egL n]lvPsf] lgjf{rgsf] ;Gb]z k|rf/k|;f/sf] z'ef/De ub}{ . tl:a/ M gf/fo0f Gof}kfg], /f;;
    काठमाडौं । स्थानीय तहका मतदानको दिन नजिकिँदै गर्दा ‘मेरो मत अमूल्य छ’ भनी लेखिएको चुनावको सन्देश बोकेका साझा बस काठमाडौ उपत्यकाका सडकमा गुड्न थालेका छन् ।कान्तिपथस्थित निर्वाचन आयोग परिसरमा प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले साझा बसमा निर्वाचन आयोगको लोगो अंकित झन्डा फहराएर बिहीबार साझा यातायातमार्फत चुनावको सन्देश प्रचारप्रसार शुभारम्भ गरे । साझा बसका २३ वटा गाडीमा यस्ता स्टिकर टाँसिएको निर्वाचन आयोगले ...