Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • फेरि आयो नयाँ अफर, मासिक ८.९९ प्रतिशत ब्याजदरमा रेनोल्टका गाडी किन्न स… Mar 28, 2017 Arthatantrarenault-kwid-ice-cool-white car
    काठमाडौं। रेनोल्टको नेपालको आधिकारिक वितरक एडभान्स अटोमोबाइल्सले एक्सचेन्ज कार्निभल सुरु गरेको छ। यो एक्सचेन्ज कार्निभल हाल संचालनमा रहेको नयाँ वर्षको अफर रेनोल्ट वाउ अफरसँग समन्वय गरि ल्याइएको छ। यो अफर अन्तर्गत अब न्यू एयर जम्छ किनकि एक्सचेन्जमा दम छ स्लोगान समेत ल्याएको छ। यो अफर अनुसार मासिक न्यूनतम किस्ताबन्दीमा रेनोल्टको क्वीड र डस्टर एक्सचेन्ज वा खरीद गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीले ८ ...
  • ‘आज किनौ पछि तिरौं’ अफर, अब ११ हजारमै गाडी चढ्न पाइने Mar 27, 2017 ArthatantraDatsun-rediGo
    काठमाण्डौं । डाट्सन गाडीका लागि नेपालमा आधिकारिक विक्रेता पायनियर मोटोकर्पले ‘आज किनौँ पछि तिरौँ’ अफर ल्याएको छ। गाडीमा खरिदकर्ताले १० हजार ९ सय ७ रुपैयाँ मासिक रकम (व्याज र साँवाको हिस्सा) बुझाउने गरी ३० प्रतिशत रकम पहिले भुक्तानी गरे पुग्नेछ। व्याजदर ७.९९ प्रतिशतमै कर्जा पाउने कम्पनीले जनाएको छ। त्यस्तै आकर्षक नगद छुट, पुनः विक्री सुविधा, निशुल्क बिमा, निशुल्क सडक रक, फ्रि ...
  • बेइजिङमा चालकरहित रेल चलाइने Mar 25, 2017 Arthatantramono-rail
    बेइजिङमा यसै वर्ष चालक रहितको रेल चलाउने तयारी भइरहेको स्थानीय अधिकारीहरुले शुक्रबार बताएका छन् । स्वदेशमै निर्माण गरिएको पूर्णसुविधा सम्पन्न चालकविहिन रेल चीनका मुख्य मुख्य ठाउँमा चलाउने तयारी भइरहेको बेइजिङको गाउँ शहर विकास आयोगका एक जना प्रवक्ताले जानकारी दिए । बेइजिङको १६.६ किलोमिटर यानफाङ लाईनमा यस्तो प्रकारको रेल चलाउनेगरी काम भइरहेको उनले बताए । मध्यम गतिको र आधुनिक रेल सञ्चालनका लागि ...
  • बसमा चड्दै हुनुहुन्छ, जान्नुहोस् शौचालयसहितको बस सेवा सुरु भयो Mar 23, 2017 ArthatantraPhoto Caption
    डडेल्धुरा। उग्रतारा सार्वजनिक यातायात समितिले डडेल्धुरा— काठमाडौँ वातावरण अनुकुलित आधुनिक सेवासहितको ‘एयर सस्पेन्सन’ एसी बस सञ्चालनमा ल्याएको छ । नयाँ प्रविधिसहित आरामदायी यात्राका लागि उग्रतारा यातायातले बिहीबारदेखि घटाल एयर सस्पेन्सन एसी बस सञ्चालनमा ल्याएको हो । बसभित्रै शौचालय तथा चमेनागृहको समेत व्यवस्था गरिएको छ । करिब आठ सय किलोमिटर दुरी रहेको डडेल्धुरा–काठ्माडौ रुटमा यस्तो सुविधासहितको बससेवा मुलुकमै पहिलो भएको उग्रतारा सार्वजनिक ...
  • ​एकसय २१ वटा नक्कली लाइसेन्ससहित दुईजना पक्राउ ! Mar 22, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    काठमाडौ । महानगरीय प्रहरी परिसर ललितपुरले नक्कली लाइसेन्स बनाउने गिरोहका दुई जनालाई पक्राउ गरेको छ । लाइसेन्स बनाउने यातायात कार्यालय धाउने सर्वसाधारणलाई सजिलो बाटोबाट लाइसेन्स बनाउने भन्दै पैसा असुल्दै नक्कली लाइसेन्स बनाउने दुई जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुलीको भद्रकाली–४ का अनिलकुमार पाख्रिन र सिन्धुली भद्रकाली–९ का गणेशकुमार गोले छन् । उनीहरुको साथबाट विभिन्न व्यक्तीको नाममा बनाइसकेको ...
  • मन्त्रालयललाई चाहियो १ हजार ५ सय सवारी साधनका लागि ४ अर्ब Mar 21, 2017 Arthatantranepali money nepali rupees
    काठमाण्डौं । गृह मन्त्रालयले स्थानीय तह निर्वाचनको मौका छोपेर सवारीसाधन खरिद गर्न भन्दै ४ अर्ब रूपैयाँ बजेट माग गरेको छ। वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचन सुरक्षा दृष्टिकोणले चुनौतिपूर्ण रहेको भन्दै गृहले दुई साताअघि अर्थ मन्त्रालयसँग ३१ अर्ब रुपैयाँ बजेट मागेको थियो । ‘आगामी चुनावका लागि करिब एक हजार पाँच सय संख्यामा सवारी साधन खरिद गर्नुपर्ने प्रस्ताव गृहबाट आएको छ,’ ...
  • उपत्यकामा फेरि थपिए २० ठूला बस, साना निलो माइक्रो बिस्थापित हुने Mar 20, 2017 Arthatantrabiddhutiye bus1
    काठमाण्डौं । लामो समयदेखिको निलो/हरियो रंङको साना माइक्रोबसको एकाधिकार रहेको माकलबारी क्षेत्रमा समेत ठूला बस भित्रिएका छन्। जय बाबा गोकर्णेश्वर नाममा यो क्षेत्रमा २० ठूला बस चल्न लागेका हुन्। मंगलबार विशेष कार्यक्रम गरेर बस सेवा सुरु गर्ने कम्पनी अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले बताए। यी बस माकलबारीलाई केन्द्र बनाएर बिभिन्न रुटमा चल्नेछन्। माकलबारीबाट गौरीघाट र जोरपाटी दुइवटा बस चल्ने श्रेष्ठले जानकारी दिए। १० वटा ...
  • हेर्नुहोस्, करिब ४ लाख ७० हजार पर्ने बजाज डोमिनार–४०० मा के छ त्यस्तो … Mar 19, 2017 ArthatantraBajaj-Dominar-400
    काठमाण्डौं । बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अल न्यू बजाज डोमिनर ४०० बाइक सार्वजनिक गरेको छ । स्पोर्टी र बहुप्रतिक्षित डोमिनार अतुलनियम मुल्य रु.४,६९,९०० मा किन्न सकिन्छ । नयाँ डोमिनार ४०० ले रोमाञ्चक अनुभव प्रदान गर्नेछ, जून अन्य मोटरसाइकल भन्दा अत्यन्तै पृथक छ । यो मोटरसाइकलको प्रमुख पक्ष र ह्दय भनेको यसको इन्जिन हो । ...
  • भाडा वृद्धिको विरोधमा तालाबन्दी Mar 18, 2017 ArthatantraTala
    पर्वत। पर्वतको कुस्मादेखि बागलुङको बलेवा जोड्ने केबलकार मोडलको यान्त्रिक पुलको भाडा वृद्धि गरिएको विरोधमा स्थानीयले तालाबन्दी गरेपछि एक सातादेखि आवतजावत ठप्प बनेको छ । कम्पनीले स्थानीयवासीसँग समन्वय नै नगरी मनोमानी ढङ्गले भाडा वृद्धि गरेको भन्दै बलेवावासीले गत चैत १ गते तालाबन्दी गरेका हुन् । बलेवातर्फको भागमा रहेको कार्यालयमा तालाबन्दी गरेपछि सेवा ठप्प भएको यान्त्रिक पुल लिमिटेडले जनाएको छ । यान्त्रिक पुलको ...
  • अब अनलाईनबाटै किन्नुहोस् स्कुटर र गाडी Mar 16, 2017 ArthatantraMahindra Kuv 100
    काठमाण्डौं । महिन्द्रा गाडी तथा ट्रयाक्टरहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड प्रालिले महिन्द्रा गाडीहरुको अनलाइन बुकिङ सुरु गरेको छ । यस अन्तर्गत महिन्द्राका एक्सयुभी ५००, टियूभी ३००, केयूभी १००, स्कोर्पियो, थारका साथै  महिन्द्रा गस्टो स्कुटरको  अनलाइन बुकिङ सुरु गरिएको हो। कम्पनीका अनुसार यो सुविधा हालको लागि उपत्यका र विदेशमा मात्र दिइने छ । www.onlineagni.com वेवसाइटमा महिन्द्रा गाडीका बारेमा सबै जानकारी राखिएको कम्पनीले प्रेस ...