Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर ९ , २०७४  |  
Saturday, November 25, 2017
अटो
  • सवारी दुर्घटनामा एकको मृत्यु Nov 1, 2017 Arthatantradeath photo
    पर्वत । पर्वतको सदरमुकाम कुस्माबजारमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पर्वतको कुस्मा नगरपालिका–४ छमर्केमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालक पर्वतको जलजला गाउँपालिका–९ बनौ घर भई कुस्माको जिरो किमी बस्दै आएका ३३ वर्षीय धनवीर पुनमगरको मृत्यु भएको हो । नारायणगढबाट बागलुङ जाँदै गरेको ग १ ख ५७८० नम्बरको बस र मालढुंगाबाट कुस्मा आउँदै गरेको एक स्कुटर एकापसमा ...
  • निकुञ्ज हुँदै माडी जोड्ने सडक विस्तारको काम शुरु Oct 31, 2017 Arthatantraroad
    चितवन । वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जोड्ने सडक विस्तारको काम शुरु गरिएको बताए । यहाँ आज पत्रकारसँग कुरा गर्दै मन्त्री पाण्डेले निकुञ्जभित्र पर्ने सडक छेउमा रहेका रुख काट्ने काम शुरु गरिएको बताउँदै भने, “सडकमा आवागमन गर्न असहज बनेका रुखमा टाँचा लगाइएको छ । ती रुखहरु काट्ने काम शुरु भएको हो ।” भरतपुरबाट माडी जाने क्रममा ...
  • गुल्मीमा माइक्रो बस दुर्घटना सातको मृत्यु, छ घाइते Oct 30, 2017 ArthatantraRoad-Accident
    गुल्मी । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो बस गुल्मीको वीरवासमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । आज बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नंको माइक्रो गुल्मी दरबार गाउँपालिका वडा नं ४ मा दुर्घटना भएको हो । दुर्घटनामा सातजनाको मृत्यु भएको र छजना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए । बुटवलबाट १३ जना यात्रु ...
  • सडक दुर्घटनामा परी ९ को मृत्यु, ३० घाइते Oct 30, 2017 Arthatantraaccident
    भारतको कर्नाटक राज्यमा भएको सडक दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ । घटनामा अन्य ३० घाइते भएका प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । “आईतबार बेलुका ४० जना यात्रु बोकेको एउटा टेम्पो थोरे सेत्तिहाल्ली गाँउनजिकै एउटा रुखमा ठोक्कीएर दुर्घटना भएको हो” एक जना उच्च प्रहरी अधिकारीले भने । दुर्घटना भएपछि नौ जनाको घटनास्थलमै मृत्यु भएको हो भने, घाइतेहरुलाई स्थानीयबासिन्दाले उद्धार ...
  • नयाँ जहाज आगामी असार सम्ममा नेपाल ल्याउने तयारी Oct 27, 2017 ArthatantraPlane
    काठमाडौँ ।नेपाल वायु सेवा निगमले खरिद गरेका नयाँ जहाज आगामी असार सम्ममा नेपाल ल्याउने तयारी भइरहेको छ । निगम महाप्रवन्धक सुगतरत्न कंशाकारका अनुसार निगमसंगको सम्झौता बमोजिम टेन्डरदाता अमेरिकाको एएआर कर्पोरेसनले जहाज असार भित्र उपलब्ध गराउन लागेको जानकारी दिए । वाइड बडी जहाज आएलगत्तै जापान, दक्षिण कोरिया र साउदी अरेवीयामा उडान सुरु गर्ने तयारी रहेको उनले बताए । यी जहाजले नेपालमा लामो दुरीको ...
  • काठमाडौको सकस गीतमा हेर्नुहोस् Oct 26, 2017 Arthatantrasakas
    काठमाडौ । कात्तिक २४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘सकस’को शिर्ष गीत सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले फिल्ममा समावेश ‘सकस’ बोलको शिर्ष गीत सार्वजनिक गरेको हो । गीतको भिडियोले काठमाडौंमा हुने अपराधिक घट्नालाई देखाउन खोजेको छ । गीतमा चेतन सापकोटाको स्वर र संगीत छ । दोभान फिल्मस् प्रा.लि.को ब्यानरमा अक्कल सिंह प्रस्तुतकर्ता रहेको ‘सकस’का निर्माता ...
  • यातायात रोकेर नारायणगढ–मुग्लिन सडकमा पुनः काम गरिने Oct 25, 2017 Arthatantramugling road
    चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड निर्माणका लागि पुनःदिउँसो यातायात रोकेर काम थालिने भएको छ । नारायणगढ मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवकाअनुसार छठ पर्वपछि मानिसको आवतजावत कम भएसँगै सडक रोकेर काम गरिने छ । कात्तिक १५ गतेतिरबाट दिउँसो सवारी आवागमन रोक्नका लागि स्थानीय प्रशासनसँग छलफल गरिँदैछ । ठेकेदार कम्पनीले दैनिक आठ घण्टा सवारी रोक्न माग गरेपनि छ घण्टासम्म रोकेर काम अगाडि ...
  • भक्तपुर मिनिबस समितिमा प्रधान निर्वाचित Oct 24, 2017 Arthatantrabus
    नगरकोट । भक्तपुर मिनिबस सेवा समितिको अध्यक्षमा दिनेश प्रधान निर्वाचित भएका छन् । समितिको १२ औं अधिवेशनबाट राजुभाइ लोहलालाई पराजित गर्दै प्रधान अध्यक्षमा निर्वाचित भएका हुन् । प्रधानले १६९ मत तथा लोहलाले १४२ मत प्राप्त गरे। अन्य निर्वाचित पदाधिकारीमा उपाध्यक्ष प्रमोद त्वानावासु र ध्रुवराज न्यौपाने, सचिव प्रकाश बस्नेत, सहसचिव कृष्णराम पञ्च, कोषाध्यक्ष धन त्यात र सहकोषाध्यक्ष बद्री कोजू रहेका छन् । ...
  • जिप दुर्घटनामा एकको मृत्यु,आठ घाईते Oct 23, 2017 Arthatantraaccident
    अर्घाखाँची । सन्धिखर्क नगरपालिका जगातमा भएको जिप दुर्घटनामा आज एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । गुल्मीको पुर्कोटदहबाट सन्धिखर्क हुँदै बुटवल जाँदै गरेको लु१च ६७६६ नं को जिप नरपानी जगातको ढाडखोला नजिकै दुर्घटना भएको घटनास्थलबाट स्थानीयवासी पोमनारायण पोख्रेलले जानकारी दिए । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए । जिप सडकबाट करिब ...
  • शिक्षाप्रति आकर्षण बढाउन सांसद विकास कोषबाट छात्रालाई साइकल Oct 20, 2017 Arthatantracycle
    रौतहट । विना विभागीय मन्त्री प्रभुु साहकोे सांसद विकास कोषको लगानीमा ९५ जना छात्रालाई रु छ लाख बराबरको साइकल वितरण गरिएको छ । महिलालाई शिक्षाप्रति आकर्षण बढाउन र टाढाबाट विद्यालय आउने छात्रालाई सहयोग गर्न मावि सिम्रा भवानीपुरमा कक्षा ८ र ९ मा अध्ययनरत ती छात्रालाई साइकल वितरण गरिएको हो । नेकपा (माओवादी केन्द्र) का पोलिटब्युुरो सदस्य वहीद अन्सारी, केन्द्रीय सदस्य त्रिभुुवन ...