back
NMB ad

अटो चलाउन छाडेर ‘ब्लक’ उत्पादनमा

Kumari bank ad

महेन्द्रनगर। कञ्चनपुरको बेलौरी नगरपालिका–३ नयाँबस्तीका दलबहादुर कार्की डेढ वर्ष अटो चलाएर जीविकोपार्जन गर्न खटिनुभयो । ग्रामीण भेगमा अटो चलाएर घर परिवारको खर्च चलाउँदै आएका कार्कीले अहिले भने घरमै ‘इन्टरलक ब्लक’ (सिमेन्टको इँटा) उत्पादन गरी गाउँघरमै बिक्री वितरण गरिरहनुभएको छ ।

बेलौरीमा पाँचदिने ब्लक बनाउने तालीम लिएर गाउँमै सानो उद्योग सञ्चालन गरिरहेका कार्कीले यतिबेला गाउँमा पाँच जनालाई रोजगारीसमेत दिएका छन् । “अटो चलाउँदा कच्ची सडकमा कमाएको जति अटोमै खर्च हुने अवस्था आएपछि व्यवसाय परिर्वतनको सोच बनाए”, कार्कीले रासससित भन्नुभयो, “अहिले दैनिक पाँच सय ब्लक तयार गरिरहेको छ ।”

कार्कीसहित एक महिनायता उक्त उद्योगमा सातजना कार्यरत छन् । आठ हजार ब्लक मौज्दात रहेको बताउँदै कार्कीले यहाँको दक्षिण क्षेत्रमा ब्लकको माग बढिरहेको जानकारी दिनुभयो ।

प्रतिब्लक रु ४५ मा बिक्री भइरहेकोे उद्योग सञ्चालनका लागि नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) बाट अनुदान सहयोग मिलेको छ । “ब्लक बनाउने तालीमदेखि प्रेसर मेसिनसम्म हामीलाई एनएनएसडब्लुएबाट सहयोग पाइएको हो”, उहाँले भन्नुभयो, “अहिलेसम्म एक हजार ब्लक बिक्री भइसकेको छ ।” उहाँले घर बनाउँदा इँटाको ठाउँमा ब्लक प्रयोग गर्दा टिकाउ र भरपर्दो हुनाले माग बढिरहेको बताउनुभयो ।

त्यसैगरी बेलौरीकै स्थानीयवासी सुकबहादुर राना पनि यतिबेला इन्टरलक ब्लक बनाएर बिक्री वितरणमा सक्रिय हुनुभएको छ । “लकडाउनअघि भारतबाट मजदूर गरेर फर्किएको थिए”, रानाले भन्नुभयो, “गाउँमा बेरोजगार भएर बसिरहेका बेला ब्लक बनाउने तालीम लिए, अहिले नतिजा राम्रै आएको छ ।

गाउँमै युवाहरु मिलेर काम गरिरहेको बताउँदै रानाले भारतमा विगतमा गर्ने गरेको मिहिनेत अब स्वदेशमै गर्ने योजनामा रहेको जानकारी दिनुभयो । “ब्लक प्रयोग गरेर घर बनाउने हालैबाट शुरु भएकाले यसको माग पनि बढ्नेमा आशावादी छौँ”, रानाले भन्नुभयो, “गाउँका अरू युवाहरुलाई पनि आयमूलक काममा जोड्ने सोचमा छौँ ।”

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घका जीविकोपार्जन कार्यक्रमका संयोजक राजकुमार सुनारले यहाँको बेलौरी र लालझाँडी गाउँपालिकाका तीनवटा स्थानमा इन्टरलक ब्लक बनाउने उद्योग सञ्चालनमा ल्याइएको बताउनुभयो । “हामीले जीविकोपार्जन कार्यक्रमअन्तर्गत अनुदान कोषबाट रकम दिएर युवाहरुलाई उक्त उद्योगमा लगाएका हौँ”, संयोजक सुनारले भन्नुभयो, “बेरोजगार युवालाई आयमूलक काममा लगाउने लक्ष्यअनुसार उद्योग सञ्चालनमा सहयोग गर्दै आएका छौँ ।”

उहाँले उक्त कार्यक्रमअन्तर्गत ग्रामीण बस्तीमा समूह तथा सहकारी सञ्चालनमा ल्याएर स्थानीयवासी तरकारी खेती, माछापालन, च्याउ खेती, पशुपालनलगायत विभिन्न आयमूलक काममा लागिरहेको जानकारी दिनुभयो ।

वि.सं.२०७७ माघ ९ शुक्रवार १३:११ मा प्रकाशित

You can share this post!

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:४७

काठमाडौं । आज बैशाख ६ गते, बिहीबार, सूर्यज्योति लाइफ इन्स्योरेन्स...

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:१५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:३४

कोलम्बो(श्रीलङ्का), ५ वैशाख : श्रीलङ्काली सरकारले सन् २०२४ मा चार...

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:२६

घोडाघोडी (कैलाली), ५ वैशाख : सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता...

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:१९

गोरखा, ५ वैशाख : गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना...

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

वि.सं.२०८१ वैशाख ५ बुधवार १६:२२

काठमाडौँ, ५ वैशाखः नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी...