Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • यात्रुबाहक बस पल्टिंदा, एकको मृत्यु २४ घाइते ! Feb 2, 2017 ArthatantraSandhikharkha Accident
    तनहुँ। तनहुँको व्यास नगरपालिका–८ सिर्दी नजिकै आज एक यात्रुबाहक बस सडकमै पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अन्य २४ जना घाइते भएका छन् । घाइतेमध्ये छ जना गम्भीर छन् । दुर्घटनामा परी मृत्यु हुनेमा व्यास नगरपालिका–९ अधेरी भञ्ज्याङका ३४ वर्षीय हर्कसुर कामी रहेको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिएका छन् । दुर्घटनामा परी गम्भीर घाइते ...
  • बजारमा आयो नयाँ कार, स्कोडा र्यापिड, तपाई पनि किन्ने कि ? Feb 1, 2017 Arthatantraskoda rapid in deep black color nepal
    काठमाण्डौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सेडान सेग्मेन्टमा सबैभन्दा आर्कषक र स्टाइलिश नयाँ स्कोडा र्यापिड फेसलिफ्ट नेपाली बजारमा ल्याएको छ। कम्पनीले हिजो एक कार्यक्रमका बीच यो नयाँ कारको बिक्री शुभारम्भ गरेको छ । कम्पनीका अनुसार नयाँ क्रिस्टलाइन डिजाइन ल्यांगवेजमा तयार गरिएको र्यापिड पफर्मेन्स अझ पनि परिस्कृत रहेको छ । कम्पनीले स्कोडा र्यापिड १६ सय सीसीको पेट्रोल इन्जिन र ...
  • सडकको यो काम छिटो सक्नुहोस् बजेटको कमी हुनेछैन Jan 31, 2017 Arthatantraroad expantion
    जाजरकोट। निर्माणाधीन जाजरकोट—जुम्ला सडकको खलङ्गा—पाँचकाटिया सडकखण्डमा स्तरोन्नतिको काम सुरु भएको छ । नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले काम छिटो गर्नुहोस् बजेट अभाव हुँदैन भनेपछि स्तरोन्नतिको काम सुरु गरिएको हो । जिल्लाका दर्जनौँ सडकमा अहिले थप बजेटको व्यवस्था समेत गरिएको छ । सडक डिभिजनको रु एक करोड ९८ लाख लागतमा सडक निर्माण कार्य सुरु गरिएको छ । सडक ...
  • उपत्यकामा चल्दैछन् ठूला बस, हेर्नुहोस् कुन रुटका माइक्रो टेम्पो हट्दैछ… Jan 27, 2017 Arthatantrametro city bus kathmandu
    काठमाण्डौं । मेट्रो यातायात प्रालिले आजदेखि राजधानीमा अपांगमैत्री ठूला बस सञ्चालनमा ल्याएको छ। बनस्थली, नारायणगोपाल चोक, बालुवाटार, पुतलीसडक, माईतिघर, कोटेश्वर हुँदै पेप्सिकोला, काँडाघारीसम्म टाटाका आपांगमैत्री बस संचालनमा आएको छ। १३ वटा बस सञ्चालन ल्याएको कम्पनीले २५ वटा पुर्‍याउने लक्ष्य राखेको छ। १९ किलोमिटर दुरीमा सञ्चालन हुने बस हरेक १० मिनेटको अन्तरमा छुट्ने छ। अपांगमैत्री बसमा ४० सिट रहेका छन्।  बसमा अपांग ...
  • माघ १७ गतेसम्म लाइसेन्स लिन नपाइने Jan 26, 2017 Arthatantravehicle license Nepal
    काठमाण्डौं । यातायात व्यवस्था विभागले पटक पटक सर्भरमा समस्या आएपछि माघ १७ गते सोमबार सम्म लाइसेन्सको सबै काम रोकेको छ। कम क्षमताको सर्भरका कारण पटक पटक ‘सिष्टम डाउन’ भएपछि विभागले सेवा रोकेर ‘अपग्रेड’ गर्न लागेको हो। यसअघि राजधानी लगायत देशभरका यातायात कार्यालयको सर्भर डाउन भएपछि काम ठप्प भएको थियो। १३ माघ २०७३, १।००
  • हिमालपारीको जिल्ला मनाङ सडक तीन साता बन्द हुने Jan 24, 2017 ArthatantraManang Road
    लमजुङ । हिमालपारिको जिल्ला मनाङ जोड्ने एक मात्र सडक तीन साता बन्द हुने भएको छ । बेँसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङको ताघ्रिङखण्डमा मर्मत तथा स्तरोन्नतिका लागि तीन साता बन्द हुने भएको हो । सडक मर्मत अवधिमा सवारी आवतजावतमा रोक लगाउन सडक डिभिजन कार्यालय दमौलीले जिल्ला प्रशासन कार्यालय लमजुङ र मनाङलाई पत्राचार गरेको छ । डिभिजन कार्यालयका अनुसार यही माघ २५ देखि आगामी फागुन ...
  • स्वास्थ्यमा नकारात्मक असर पर्न थालेपछि सडक अवरुद्ध Jan 22, 2017 Arthatantrasadak aabarudda
    बनेपा। बनेपा– पनौती सडक आजदेखि अवरुद्ध भएको छ । सडक धुलाम्मे भएका कारण सडक आसपासमा भएका घरका बासिन्दाले सास्ती खेप्नुपरेपछि अवरुद्ध गर्नुपर्ने अवस्था आएको स्थानीयवासीले बताएका छन् । उनीहरुले विगतको प्रतिबद्धता पूरा गर्न आग्रह गर्दै सडकमा उडेको धुलो र धुवाँले बालबालिकादेखि वृद्धसम्मका स्वास्थ्यमा नकारात्मक असर परेको बताए । पनौती नगरपालिकाका कार्यकारी अधिकृत श्याम खड्काले सडक खुलाउन वार्तामा बस्न लागिएको जानकारी दिँदै ...
  • सिप्रदीको नयाँ डिलर पोखरामा, डिलरको रुपमा गण्डकी ट्रेड हाउस नियुक्त Jan 21, 2017 ArthatantraTata_Motors
    काठमाडौं। सिप्रदी ट्रेडिङ्गले पोखरामा टाटा पेसेन्जर भेहिकलहरुको लागि गण्डकी ट्रेड हाउस लाई नियुक्त गरेको छ ।सिप्रदी र गण्डकी ट्रेडबीच पोखराको आधिकारिक बिक्रेताका सम्वन्धि सम्झौंता समेत भएको छ। कार्यक्रममा कम्पनीका जनरल म्यानेजर प्रवीण खतिवडाले नयाँ डिलरलाई आफ्नो कम्पनीको बृहत नेटवर्कमा स्वागत गर्दै पश्चिमाञ्चलको हबको रुपमा रहेको पोखरामा टाटाको पेसेन्जर भेहिकलको बिक्री उत्साहजनक हुने अपेक्षा गरे। गण्डकी ट्रेडका संचालक बिन्दुकुमार थापाले पनि सिप्रदी ...
  • चार लाख छुट र चार वर्षको वारेन्टी सहित किन्नुहोस् टाटाका कार Jan 19, 2017 Arthatantratata bolt car
    काठमाण्डौं । सिप्रदी ट्रेडिङले विन्टर अन फायर योजना ल्याएको छ । यो योजना अनुसार टाटाको जेस्ट, बोल्ट र स्ट्रोम गाडी खरीदमा ग्राहकले नगद चार लाख रुपैयाँसम्म छुट र चार वर्षसम्मको वारेन्टी पाउने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। टाटाको कम्प्याक्ट सेडान गाडी टाटा जेस्टमा मल्टि ड्राइभ मोड सिस्टम, भ्वार्इस रिर्अगनाइजेशन सिस्टम लगायतका विशेषता छन् । बोल्ट मल्ट्रि ड्राइभ मोड भएको ह्याचब्याक गाडी ...
  • आगामि चैतबाट उपत्यकाका साना सवारीसाधन हटाईने ! Jan 18, 2017 Arthatantravehicles in kathmandu
    काठमाडौ। यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न काठमाडौँ उपत्यकामा साना सवारीसाधनलाई क्रमिक रुपमा हटाउने भएको छ । काठमाडौँ उपत्यकामा सवारीसाधनको अत्यधिक चाप परेपछि धेरै यात्रु ओसार्न सक्ने ठूला सवारीसाधन सञ्चालन गरी माइक्रोबस, मिनी माइक्रोलगायत चारपाङ्ग्रे ससाना सवारीसाधनलाई विस्थापन गर्ने तयारी गरेको छ । अत्याधुनिक सुविधा सम्पन्न केही ट्याक्सी भने सञ्चालन गरिनेछ । ती सवारी सञ्चालकलाई पनि कुनै न कुनै सुविधा ...