Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • अब काठमाडौमा मेट्रो रेल गुड्ने,कसरी काम अगाडि बढ्दैछ त ? Jan 8, 2017 ArthatantraMetro Train in Kathmandu
    काठमाडौ। सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालनको कार्य अघि बढाउन त्यससम्बन्धी विभिन्न नमूना वा ढाँचा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि त्यससम्बन्धी ढाँचा तयार गर्न राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्यको संयोजकत्वमा समिति गठन गरेको हो । समितिलाई सो सम्बन्धमा यसअघि भएको अध्ययन गर्ने र ...
  • विमानस्थलमा अन्धाधुन्ध गोली चल्दा पाँच जनाको मृत्यु,आठ घाईते ! Jan 7, 2017 ArthatantraFlorida Bimanasthal
    अमेरिका (फ्लोरिडा)को विमानस्थलमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको ज्यान गएको छ । फ्लोरिडाको फोर्ट लाउडरडेल विमानस्थलको टर्मिनल टूमा बन्दुकधारी व्यक्तिले अन्धाधुन्ध गोल चलाएको सरकारी अधिकारीले बताएका छन् । घटनामा अन्य ८ जना घाइते भएका छन् ।एक व्यक्तिलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ । स्टेबान सान्टियागो नाम गरेका व्यक्तिले आक्रमण गरेको सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । ...
  • असारभित्र सबै ट्याक्सीमा कम्प्युटराइज्ड बिलिङ मेसिन Jan 5, 2017 Arthatantra-taxi
    काठमाण्डौं । आगामी असारभित्र सबै ट्याक्सीमा कम्प्युटराइज्ड बिलिङ मेसिन जोडिने भएको छ । नापतौल तथा गुणस्तर विभागले साउनको पहिलो साता लाग्दासम्म सबै ट्याक्सीको मिटरमा कम्प्युपराज्ड बिल प्रिन्टर जोडिसक्ने गरी तालिका सार्वजनिक गरेको छ । अब बिलिङ सिस्टम जडान नगर्ने ट्याक्सीको मिटर नवीकरण गरिने छैन । अहिले दैनिक सरदर २० देखि २५ वटा ट्याक्सीले मात्रै मिटर नवीकरण गरिरहेका छन् । मिटरमा आधुनिक बिलिङ ...
  • घर भत्काउँदा दुई अर्ब क्षतिपूर्ति ! Jan 4, 2017 ArthatantraKathmandu Road Expansion
    काठमाडौ। उपत्यकाको सडक दायाँबायाँ नियमसम्मत बनेका तथा नबने पनि सडक विस्तार गर्दा घरजग्गा परी पूर्णरुपमा विस्थापित हुने परिवारलाई रु दुई अर्ब तीन करोड क्षतिपूर्ति दिइएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले विसं २०३३, २०४५ र २०६४ मा बनेको मापदण्ड अनुसार उपत्यकाका विभिन्न सडक विस्तार गरिरहेको छ । मापदण्ड बनाएपछि नेपाल राजपत्र र राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरेर सार्वजनिक जानकारी गराइएको ...
  • अब सार्वजनिक यातायातमा तोडफोड गरे आजीवन कारावास Jan 2, 2017 Arthatantramicrobus
    काठमाण्डौं । मुलुकी ऐन प्रतिस्थापन विधेयकको फौजदारी संहिताले अब सात प्रकृतिका कसुरमा कसुरदारले जीवनभर कैद बस्नुपर्ने कानून प्रस्ताव गरेकोछ । सरकारले ६ वटा गम्भीर अपराधमा आजीवन कैद प्रस्ताव गरेकोमा विधायन समिति अन्तर्गतको फौजदारी संहिता उपसमितिले थप एक अपराधलाई पनि आजीवन कैदमा प्रस्ताव गरेको हो। उपसमितिले सार्वजनिक सवारीमा विस्फोट गराई गरेको नरसंहारलाई पनि आजीवन कैद बस्नुपर्ने अपराधमा परिभाषित गरेको हो । त्यस्तै, ...
  • अब ठूलो भ¥याङमै लाईसेन्स ! Jan 1, 2017 Arthatantravehicle license Nepal
    काठमाडौ । स्वयम्भूको ठूलो भ¥याङबाट पनि सवारी चालक अनुमतिपत्रसम्बन्धी काम सुरु भएको छ । यातायात व्यवस्था विभागले आजदेखि ठूलो भ¥याङमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र वाग्मतीको सेवा विस्तार गरेको हो । कार्यालयको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले यही पुस २७ गतेदेखि चाबाहिल र भक्तपुरको जगातीमा पनि कार्यालय खोलिने जानकारी दिए । “एकान्तकुनामा मात्र रहेको वाग्मती अञ्चल कार्यालयलाई ...
  • रोयल इनफिल्ड ट्रेजर हन्ड राइड सम्पन्न (फोटो सहित) Dec 28, 2016 ArthatantraHunt Ride 1
    काठमाडौं । नेपालको औधोगिक तथा व्यापारीक घराना एम भी दुगड ग्रुपको विवेक अटोमोवाइलस् प्रा.लि.ले आयोजना गरेको ‘रोयल इनफिल्ड ट्रेजर हन्ट राइड’ सम्पन्न भएको छ । उतm राइडमा १०५ वटा रोयल इनफिल्डका राइडरहरुले सहभागीता जनाएका थिए । ट्रेजर हन्ट राइड बालाजु सोरुम बाट प्रारम्भ भई बालाजु चौक, नयाँ बजार, लैनचौर, केशर महल, दरबारमार्ग, घण्टाघर, भद्रकाली, शहिद गेट, आर.एन.एसी, वीर हष्पिटल, जमल, ...
  • अब एउटा कार किन्दा अर्को कार वम्पर उपहार Dec 26, 2016 ArthatantraDatsun-rediGo
    काठमाण्डौं । पायनियर मोटोकर्प प्रालिले डाट्सन रेडी गो गाडी किन्दा प्रत्येकलाई उपहार पर्नेगरी मेगा डिल अफर ल्याएको छ । यसमा १० भाग्यशाली विजेतालाई बैंकक भ्रमण र एक भाग्यशाली विजेतालाई डाट्सन रेडी गो कार वम्पर उपहारको रुपमा प्रदान गर्ने भएकोछ । साथै प्रत्येक कारको खरिदमा स्मार्टफोन साओमी रेडमी टु प्रो प्रत्येक खरिदकर्तालाई दिइने छ। यसका साथै सात वर्षको लागि ५.९९५ ब्याजमा फाइनान्स ...
  • आजबाट ड्राइभिङ लाइसेन्स अनलाईनबाटै, लाईन बस्नु नपर्ने Dec 25, 2016 Arthatantravehicle license Nepal
    काठमाण्डौं । सरकारले आइतबारदेखि सवारी चालक अनुमति पत्रको फाराम अनलाइनबाटै भर्ने कार्यको शुभारम्भ गर्दैछ । अनलाइन फाराम यातायात व्यवस्था विभागको बेवसाइट डब्लुडब्लुडब्लु डट डिओटिएम डट जिओभी डट एनपी मा गएर फाराम भर्न सकिन्छ । अनलाइनमा फाराम भरेर पठाएपछि दर्ता नम्बर र कार्यालयमा सम्पर्क राख्न जाने समय अनलाइनबाटै दिइने र यो सेवा सुरु भएपछि मध्यरातदेखि यातायात सेवा कार्यालयमा अनुमति पत्रको फाराम भर्न ...
  • सवारी चालक अनुमति पत्रको फाराम अब अनलाइनबाटै भर्न सकिने Dec 24, 2016 Arthatantravehicle license Nepal
    काठमाडौ। सरकारले आइतबारदेखि सवारी चालक अनुमति पत्रको फाराम अनलाइनबाटै भर्ने कार्यको शुभारम्भ गर्दैछ । अनलाइन फाराम यातायात व्यवस्था विभागको बेवसाइट डब्लुडब्लुडब्लु डट डिओटिएम डट जिओभी डट एनपी मा गएर फाराम भर्न सकिन्छ । अनलाइनमा फाराम भरेर पठाएपछि दर्ता नम्बर र कार्यालयमा सम्पर्क राख्न जाने समय अनलाइनबाटै दिइने विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए । “कार्यालयमा सम्पर्क राख्नका लागि हाललाई एकान्तकुनामै जानुपर्छ, ...