Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • करिब डेढ लाखलाई वितरण गरिएको स्मार्ट लाइसेन्समा गम्भीर त्रुटी Dec 13, 2016 Arthatantravehicle license Nepal
    काठमाण्डौं । बागमती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाले वितरण गर्ने स्मार्ट सवारीचालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) को कार्डमा ३ गम्भीर त्रुटि देखिएका छन् । गत वर्षको पुष ३ गते ३७ जनालाई स्मार्ट लाइसेन्स बाँडेर यातायात कार्यालय बागमतीले स्मार्ट लाइसेन्स वितरण शुरु गरेको थियो। त्यसयता यातायात कार्यालय बागमतीबाट नयाँ लाइसेन्स, वर्ग थप, नवीकरण, प्रतिलिपी गरी हालसम्म करिब १ लाख २५ हजार स्मार्ट ...
  • तेह्रथुममा बस दुर्घटना, पाँचको मृत्यु Dec 11, 2016 ArthatantraTerhathum-Bus-Accident
    पाँचथर। तेह्रथुमको जिरी–खिम्ती–म्याङलुङ सडक खण्ड अन्तर्गत गढीभिरमा आज बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जनाको घटनास्थलमै र दुई जनाको जिल्ला अस्पताल तेह्रथुममा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी २३ जनाभन्दा बढी यात्री घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मृतकको सनाखत हुन सकेको छैन । धरानबाट तेह्रथुमको औंसीडाँडातर्फ आउँदैै गरेको ...
  • ८० लाख भन्दा बढी पर्ने डुकाटी कम्पनीको बाइक विश्व बजारमा सार्वजनिक Dec 11, 2016 Arthatantrabike of nrs 80 lakh
    काठमाण्डौं । डुकाटी कम्पनीले ८० हजार डलरमा मूल्य तोकिएको सुपरलेगेरा मोटरसाइकल सार्वजनिक गरेको छ।  मोटरसाइकलको इतिहासमै यो सबैभन्दा द्रुत ट्विन सिलिन्डर भएको कम्पनीले दावी गरेको छ। डुकाटी १२९९ सुपरलेगेरा नाम दिइएको यो मोटरसाइकल जम्मा ५०० वटा बनाउने भएको छ। यसको  विशेषता भनेको यसमा हुने कार्बन फाइबर फ्रेम, स्विनगार्म, सबफ्रेम र ह्विल्स हो। यसका साथै हरेक बाइकमा एक्सक्लुसिभ शब्द लेखिनेछ। मोटरसाइकलसँग एउटा ...
  • फागुनभित्रमा १२ हजार सवारी साधनहरु नष्ट गरिँदै, हेर्नुहोस् सूचना Dec 8, 2016 Arthatantravehicle advertisement
    काठमाण्डौं । नेपाल सरकारले २० बर्ष पुराना १२ हजार सार्वजनिक सवारी साधनहरुलाई पत्रु गर्ने भएको छ । यातायात ब्यवस्था बिभागले जारी गरेको सुचना अनुुसार बाग्मती अञ्चलको हकमा नामसारी भई दर्ता हुन आएका २० बर्ष पुगेका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु आगामी फागुन १७ गतेभित्र  पत्रु गरिसक्नुपर्ने भएको छ । सरकारले २०७१ फागुन १८ मा राजपत्रमा प्रकाशन गरी दुई बर्षभित्रमा २० बर्ष पुराना ...
  • टाटा मोटर्सको टिपर मेला हुँदै, पुरानो साटेर नयाँ लिन पाइने ! Dec 7, 2016 Arthatantrasipradi tiper mela
    काठमाण्डौं । सिप्रदी ट्रेडिङले यही शुक्रबार र शनिबार नैकापमा दुई दिने टिपर मेला गर्ने भएको छ । मेलामा टाटा मोटर्सको अत्याधुनिक टिपर अवलोकन गर्न पाइने कम्पनीले जनाए छ। यसका साथै सो अवसरमा पुरानो टिपर ल्याएर नयाँ साट्न पाइनेछ । निशुल्क प्रवेश सुविधा रहेको उक्त मेलामा पुराना गाडीहरुको चेक जाँच र खरिद गर्ने, नयाँ टिपरहरुका लागि अन द स्पट फाइनान्स र बीमा ...
  • २६ गते बालाजुस्थित नयाँ बसपार्क बन्द ! Dec 7, 2016 Arthatantranews photo 1
    काठमाडाँै । बालाजुस्थित नयाँ बस पार्कभित्रका व्यवसायी आन्दोलनमा उत्रेका छन् । ठेकेदारसँग मिलेर नगर प्रहरीले दुःख दिइरहेको भन्दै मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरुले चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन् । संयुक्त उद्योग वाणिज्य महासंघका अध्यक्ष युवराज पराजुलीले महानगरपालिका र निर्माणको जिम्मा दिइएको लोत्से बहुउद्देश्यीय कम्पनीबीचको सम्झौता नै अन्तर्राष्ट्रिय मापदण्ड विपरित भएको बताए । ‘गरिएको भनिएको सम्झौता नै मापदण्ड विपरित छ, राज्यको ...
  • नयाँ व्यवसायीको प्रवेशसँगै यातायातमा सिन्डीकेट हट्यो, यस्तै रहला त सँध… Dec 5, 2016 Arthatantrabiddhutiye bus
    म्याग्दी । जिल्लामा यातायात सिन्डिकेट हटेपछि यात्रुलाई सहज भएको छ। यातायात सेवामा नयाँ व्यवसायी प्रवेश गरेसँगै एकाधिकार र आलोपालो प्रथा (सिन्डीकेट)को प्रभाव घटेको हो। अहिले यात्रुले चाहेको बेला रोजेको गाडीमा चढ्न पाएका छन्। यसअघि एउटै मात्र समितिको गाडी हुँदा जीर्ण र साँघुरा बसमा कोचिएर यात्रा गर्नु बाध्यता थियो । बेनीदेखि पोखरा, काठमाडौँ लगायत लामो दूरीका साथै बेनी–दरवाङ, बेनी–जोमसोम सडकमा पनि ब्यवसायीबीच ...
  • बाटोमा हिँड्दै हुनुहन्छ या सवारी चलाउँदै ? ध्यान दिनुस् ट्राफिक नियम प… Dec 4, 2016 ArthatantraTraffic-Police
    काठमाण्डौं । उपत्यकामा सवारी जामको समस्या अन्त्यका लागि महत्वपूर्ण चार ट्राफिक नियम परिर्वतन गरेर कडाइ गरिने भएको छ । यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले बनाएको यो नियम रिंगरोडभित्र लागू हुनेछ । सवारी चापको समयमा केही प्रयोजनका गाडीलाई अब रिंगरोडभित्र समय तोकेर निषेध गर्नेदेखि सवारीको जथाभावी मोड्ने प्रवृत्तिमाथि अंकुश लगाउने निर्णय भएको यातायात व्यवस्था विभागका प्रवक्ता डा। टोकराज पाण्डेले बताए । ...
  • गाडी चड्दा जथाभावी फोहर नफाल्नुस्,अब सार्वजनिक यातायातमा साधनमा डस्बिन… Dec 1, 2016 ArthatantraDustbin
    काठमाडौ । सार्वजनिक यातायातका साधनहरुमा डस्बिन अर्थात् फोहोर राख्ने भाँडो राख्ने कार्यलाई अनिवार्य गरिने भएको छ । फोहोर व्यवस्थापन कार्यनीति अन्तर्गत उक्त अभियानलाई अगाडि बढाउन लागिएको हो । सार्वजनिक यातायातका साधनहरुमा अनिवार्य डस्बिन राख्ने सन्दर्भमा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी रास्ट्रिय महासंघ बिचमा शुक्रबार दिनको १ बजे मन्त्रालयमा द्विपक्षीय सम्झौता हुने भएको छ । प्रकाशित मितिः २०७३ मंसिर १६
  • विदेश जाने सोचमा हुनुहुन्छ ? तपाइ पनि लिनुहोस् स्मार्ट लाइसेन्स ! Nov 30, 2016 Arthatantravehicle license Nepal
    ललितपुर। यातायात व्यवस्था विभागअन्तर्गतको बागमती अञ्चल कार्यालयले झन्डै ९ महिनामा एकलाख सातहजार स्मार्ट सवारी चालक अनुमतिपत्र बितरण गरेको छ । नमुनाका रुपमा बागमती कार्यालयमा गत चैतदेखि स्मार्ट चालक अनुमतिपत्र वितरण सुरु भएको हो । स्मार्ट चालक अनुमतिपत्रले गर्दा कार्यालयमा भीड बढेको कार्यालयका प्रमुख तेजनारायण यादवले बताए । उनले भने, ‘स्मार्ट अनुमतिपत्र देशमा मात्रै नभएर विदेश जानेका लागिसमेत उपयोगी हुन्छ ।’ नयाँ अनुमतिपत्र ...