Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • बाटो डिष्टर्ब,यसरी गरियो भारतीय राष्ट्रपति भ्रमण सवारी पूर्वाभ्यास Nov 1, 2016 Arthatantrasawari
    काठमाडौ। भारतीय राष्ट्रपति प्रणव मुखर्जीद्धारा कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका लागि सवारी आवागमनको पुर्व अभ्यास तिहारको भाईटिकाको दिन आज गरिएको छ । आजको सवारी पुर्व अभ्यासको क्रममा २८ वटा चारपाङ्ग्रे सवारी साधन र १४ वटा मोटरसाइकलको प्रयोग गरिएको थियो । नेपाली सेनाको मुख्यालय भद्रकालीबाट सुरु भएको सवारी पुर्वअभ्यास सोल्टी होटल पुगी पुनः प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आएको थियो । राष्ट्रिय सभागृहबाट लैनचौरस्थित ...
  • भारतीय राष्ट्रपतिको भ्रमणका बेला एफ्एम् सुनेर मात्र सडकमा आउनुस्, नत्र… Oct 31, 2016 ArthatantraRadio
    काठमाडौ। भारतीय राष्ट्रपति प्रणव मुखर्जीको कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका बेला सर्वसाधारणको सवारी आवागमनलाई सक्दो सहज बनाउने प्रयास भइरहेको नेपाल प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता हेमन्त मल्ल ठकुरीले भारतीय राष्ट्रपतिको भ्रमण अवधिमा अन्य सवारीसाधनको आवागमन ठप्प हुनसक्ने भय जनमानसमा देखिएको भन्दै त्यो गलत भएको बताए । उनले भने, ‘भारतीय राष्ट्रपतिको सवारी हुने बेलामा मात्रै त्यस रुटमा केही समयका ...
  • दुर्घटनामा तीनको मृत्यु, दुई घाईते Oct 31, 2016 ArthatantraRoad-Accident
    भक्तपुर। गएराति भक्तपुरको च्यामासिंहमा एक मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बा४७प ५८११ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री नाला–२ काभ्रेका २१ वर्षीय रुपेश थापाको मृत्यु भएको छ । घाइते थापाको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए । सोही मोटरसाइकलले अर्का पैदलयात्रीलाई ठक्कर दिँदा ...
  • दुर्घटनामा ३ को मृत्यु Oct 29, 2016 Arthatantra
    धनकुटा । गए राति  छिन्ताङ–८ स्थित सिम्लेडाँडामा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । धरानबाट मूलघाट हुँदै भोजपुरको सीमास्थित अखुवाटारतर्फ जाँदै गरेको को१ज २७२२ नंको पिकअप ब्रेक फेल भएर सडकबाट करिब ७० मि तल खस्दा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परी भोजपुरको घोडेटारस्थित सगरमाथा माविका सहायक प्रअ पृथ्वीमान राई र धरान–१ सिखरटोलकी ...
  • एउटा यस्तो स्कुटर जसको भारतीय मूल्य नै ९ लाख ४० हजार ! Oct 28, 2016 Arthatantravespa scooter
    काठमाण्डौं । इटलीको कम्पनी पियाजियोले भेस्पा ९४६ एम्पोरियो अरमानी स्कुटर बजारमा ल्याउने तयारी गरेको छ जसको भारतमा नै ९ लाख ४० हजार पर्ने कम्पनीले बताइएको छ। फेसन कम्पनी एपोरियो अरमानीसँगको सहकार्यमा उसले नयाँ स्कुटर बनाएको हो । फेसन डिजाइनरले नै यो स्कुटरको डिजाइन तयार पारेका हुन्। सिंगल सिटरजस्तो लाग्ने यस स्कुटरमा कयौं हाइटेक विशेषताहरु रहेको छ। यो इटलीबाट नै आयात गरिन्छ। ...
  • गाडी किन्ने सोचमा हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस् ! Oct 25, 2016 ArthatantraHonda car
    काठमाण्डौं । पछिल्लो समय काठमाडौं उपत्यकामा सेकेन्ड ह्यान्ड साना गाडीको बजारले राम्रो स्थान पाइरहेको छ। गाडी चढ्ने सौखिन भएकाले कम बजेटमा नै छानीछानी आफूलाई मन पर्ने किन्न पाउने हुदाँ सेकेन्डह्यान्ड गाडीको बजार फस्टाउँदै गएको हो । अहिले उपत्यकामा ७० वटाभन्दा बढी सेकेन्डह्यान्ड गाडी बेच्ने कार्यालय खुलेका छन्। मैले सेकेन्ड ह्यान्ड गाडी किनबेच गर्न थालेको १५ वर्ष भयो। अहिले ३ वर्षदेखि थापाथलीमा ...
  • हाम्रा गाडी भारत जान नपाउने तर उताका सिधै काठमाडौ आउने ? Oct 21, 2016 ArthatantraYadavlal shrestha interview
    यादवलाल श्रेष्ठ, संस्थापक अध्यक्ष, नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति राज्यको नीति ढाला समायोजन गरेर मात्रै ट्रिपर दर्ता गर्नुपर्ने यतिबेला मालबाहकको समस्याहरु धेरै छन् । ट्रिपरका कुरा गर्दा अहिले राज्यले ढाला समायोजन गरेर मात्रै गाडी दर्ता गर्नु, चलाउनु भनेको छ । नारायणी, बागमतीमा ढाला समायोजन नगरेसम्म यस्ता गाडी दर्ता भएको पाईएको छैन । तर अन्य ठाउँमा नयाँ आएका ट्रिपर, ट्रक कम्पनीले हाम्रा ...
  • उपत्यकामा थपिए थप ३० ठूला बस, सहजै हट्लान् त माइक्रो र टेप्पो ! Oct 20, 2016 ArthatantraBUS
    काठमाण्डौं ।  अबको दुई हप्तापछि काठमाडौँ उपत्यकामा साझाका थप तीस बस सञ्चालनमा आउने भएका छन् । काठमाडौँ महानगरपालिकाको १० करोड रुपैयाँ लगानीमा साझाले पछिल्लो समय उपत्यकाका लागि थप तीस बस सञ्चालन गर्ने तयारी गरेको हो । तीसवटै बस भारतबाट असोजको पहिलो साता नै ल्याइसकेको भए पनि प्राविधिक चेक, बस सञ्चालन गर्ने ‘रुट परमिट’, कर्मचारीको व्यवस्थापनलगायतको काम भइरहेको साझा यातायातका कामु प्रमुख ...
  • होल्याण्ड एग्रिकल्चरको टयाक्टर सोरुम सातदोवाटोमा Oct 19, 2016 ArthatantraHoland Tractor
    काठमाडौं । तराइ, पहाड, हिमाल, न्यू–हल्याण्डको कमाल भन्ने नाराका साथ विश्व विजेता न्यू हल्याण्ड एग्रिकल्चरले केस ब्राण्डका विभिन्न मोडलका नयाँ टयाक्टर नेपाली बजारमा भित्र्याएको छ । बुटवललाई आधार क्षेत्र बनाएर ट्रयाक्टरको कारोबार सुरु गरेको भुसाल ग्रुपले बुधबार ललितपुर सातदोवाटोमा भुसाल ट्रयाक्टर सप्लायर्सको सोरुम सहित कर्पोरेट अफिस समेत स्थापना गरेको छ । नयाँ मोडल र नयाँ प्रविधियुक्त ३० देखि ९० हर्स ...
  • मंसिरदेखि देशैभर ‘स्मार्ट कार्ड प्रणाली’ त लगाउने, तर दिने जनशक्ति खोई… Oct 18, 2016 Arthatantrasmart card
    काठमाडौ। यातायात व्यवस्था विभाग कार्यालयले आगामी मङ्सिरदेखि देशभर ‘स्मार्ट कार्ड प्रणाली’ लागू गर्ने भएको छ । गत मङ्सिरदेखि परीक्षणका रुपमा बागमती अञ्चलमा मात्र सुरु भएको सो प्रणाली एक वर्षभित्र बाँकी सबै अञ्चलमा विस्तार गर्न लागिएको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए । एसियाली विकास बैङ्क (एडिबी)को आर्थिक सहयोगमा सुरु भएको सो प्रणालीलाई एक वर्षभित्र सबै अञ्चल कार्यालयमा विस्तार गर्ने समझदारी भएकाले गृहकार्य ...