Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • द्रुतमार्ग निर्माणका लागि सैनिक बेस क्याम्प उद्घाटन Oct 19, 2017 Arthatantrafast-trak 1
    काठमाडौ । नेपाली सेनाले निर्माण शुरु गरेको काठमाडौ–तराई–मधेश द्रुतमार्ग (एक्प्रेस वे) सडक आयोजनाका लागि आवश्यक पूर्वाधारसहितको सैनिक बेस क्याम्प उद्घाटन गरिएको छ । नेपाली सेनाका बलाध्यक्ष रथी एवं अधिकार सम्पन्न निर्देशक समितिका अध्यक्ष पूर्णचन्द्र थापाले काठमाडौको मख्खुबेँसीस्थित निर्माण कार्यदलका लागि नवनिर्मित भौतिक पूर्वाधारको उद्घाटन गरेका हुन् । सो अवसरमा बलाध्यक्ष रथी थापाले सो आयोजनालाई नेपाली सेनाले उच्च प्राथमिकतामा राखी निर्माण कार्य ...
  • कात्तिक ५ गतेबाट ठमेललाई सवारीमुक्त क्षेत्र बनाइने Oct 17, 2017 Arthatantrathamel-ktm
    काठमाडौँ । प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ठमेललाई कात्तिक ५ गतेदेखि सवारी साधनमुक्त क्षेत्र बनाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेल विकास परिषद्ले आयोजना गरेको पत्रकार सम्मेलनमा अत्यावश्यक सवारी साधनबाहेक ठमेल क्षेत्रमा अरु सवारी साधनलाई प्रवेशमा कडाइ गरिने जानकारी दिइएको हो । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधनलाई कडाइ गर्न ...
  • काठमाडौमा विना लाइसेन्स सवारी चलाउने चालकको संख्या छब्बीस हजार Oct 16, 2017 Arthatantravehicle license Nepal
    काठमाडौ । काठमाडौ उपत्यकामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिई सवारी साधन चलाउनेको संख्या बढ्दो छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७३÷७४ मा २६ हजार ५२९ जनाले बिना लाइसेन्स सवारी साधन चलाएको पाएको छ । महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चेकजाँच गर्दा उक्त संख्यामा चालक कारबाही गरेको हो । महाशाखाका प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनाल कानुनको परिपालना नगरी अनधिकृत ...
  • अत्याधुनिक सेवासहित पाँच पर्यटकीय बस सञ्चालनमा Oct 15, 2017 Arthatantrabus
    काठमाडौ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन ट्राभल्स नेपाल बस सर्भिस प्रालिले अत्याधुनिक सेवा र सुविधासहित थप पाँच पर्यटकीय बस सञ्चालनमा ल्याएको छ । ‘उमंगको अनुभूति’ भन्ने नाराका साथ यही वैशाखमा चार वटा बस सञ्चालन गरेको प्रालिले आजदेखि थप पाँचवटा बस सञ्चालनमा ल्याएको हो । बसभित्र तातो, चिसो खानेकुरा पाइनुका साथै शौचालयको समेत व्यवस्था भएकाले आनन्ददायी यात्रा गर्न मिल्ने जानकारी उक्त ...
  • प्रकोपको कारण विकासले सोचेजति गति लिन सकेन ः मन्त्री गौतम Oct 13, 2017 Arthatantraroad
    काठमाडौ । सिचाइँ मन्त्री सञ्जयकुमार गौतमले प्राकृतिक प्रकोपका कारण पनि विकासले सोचेजति गति लिन नसकेको बताएका छन् । नेपाल भौगर्भिक समाजद्धारा अन्तर्राष्ट्रिय प्रकोप न्यूनीकरण दिवसमा आयोजना गरेको कार्यशालामा मन्त्री गौतमले भूकम्प, भूक्षय, बाढी, पहिरो, हिमतालजस्ता प्राकृतिक प्रकोपको हिसाबले अति नै जोखिम रहेकाले विकासको काममा सहजता नभएको बताए । उनले नेपालमै रहेको स्रोत साधनको प्रयोग गर्दै अनुसन्धानमूलक तरिकाबाट विकासको काम अघि बढाउनुपर्नेमा ...
  • हुलाकी राजमार्ग निर्माणमा ढिलाइ Oct 12, 2017 ArthatantraNepal Road Infrastructure
    धनगढी । सडक निर्माण गर्न रेखाङ्कन गरिएको क्षेत्रमा रूख कटानीका लागि अनुमति नदिँदा कैलाली जिल्लामा निमार्णाधीन हुलाकी राजमार्गको वसन्ता खण्डमा लामो समयदेखि अघि बढ्न सकेको छैन । वसन्ता वन क्षेत्रको करिब दुई किलोमिटर लामो भागमा रूख काटेर सडक निर्माण गर्नुपर्नेमा समयमै रूख कटानीको अनुमति नआएका कारण उक्त खण्डको हुलाकी राजमार्गको निर्माण कार्य रोकिएको हुलाकी राजमार्ग आयोजना प्रमुख तुरन्त मण्डलले बताए ...
  • विद्यालयका बस चालकले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने Oct 9, 2017 Arthatantrabus
    काठमाडौ । विद्यालय तथा कलेजका बस चालकले अब अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा आज ट्राफिक प्रहरी, प्याब्सन, एनप्याब्सन, हिसान र अभिभावक सङ्घका अध्यक्ष तथा पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो । दिनहुँ विद्यार्थीलाई घरबाट विद्यालय र विद्यालयबाट घरसम्म पु¥याउने चालकलाई पनि विद्यार्थीको जस्तै पोशाक लगाउनुपर्ने व्यवस्था गर्न लागिएको महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र ...
  • कार दुर्घटनामा उपप्रधानमन्त्रीको निधन Oct 8, 2017 Arthatantraaccident
    किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा परी शनिबार निधन भएको छ । एक राजमार्गमा गुडिरहेको उनको कार ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको किर्गिस्तानको सरकारी समाचार संस्थाले जनाएको छ । स्थानीय समय अनुसार शनिबार विहान करिब साढे सात बजे विसकेक–कारा–बाल्टा राजमार्ग अन्तर्गत पर्ने साडोभोए गाँउमा दुर्घटना भएको समाचारमा जनाइएको छ । उपप्रधानमन्त्री झुमाकादिरोभ र उनको सहयोगी टोयटा ल्याण्डक्रुजरमा यात्रा गरिररहनु भएको थियो । ...
  • नारायणगढ–मुग्लिन सडकको विकल्पको खोजि,धादिङ मलेखुबाट सिधै चितवन Oct 5, 2017 Arthatantramugling road
    चितवन । बढ्दो सवारी चाप र थप सडक विस्तारमा कठिनाइ हुने देखिएपछि नारायणगढ–मुग्लिन सडकखण्डको विकल्प खोजी गरिएको छ । हाल सो सडकमा दैनिक आठ हजारदेखि १० हजार सवारी साधन आवतजावत गर्दछन् । आउँदो पाँच वर्षभित्रमा यो संख्या १५ हजार हाराहारी पुग्ने अनुमान छ । हाल विस्तार भइरहेको सडकले पाँच वर्षपछि सवारीको चाप थेग्न नसक्ने देखिएको छ । जसका कारण सो सडकको ...
  • दशैंका लागि उपत्यकाबाट दैनिक २ लाख यात्रु बाहिरिँदै Sep 26, 2017 Arthatantraold bus park
    काठमाडौं । मंगलबारदेखि निरन्तर तीन दिन (१०–१२ गतेसम्म) राजमार्ग र स्थानीय सडक वर्षभरमै सबैभन्दा बढी व्यस्त हुँदै छन् । यातायात व्यवसायीका अनुसार यो अवधिमा ६ लाख मानिस उपत्यकाबाट बाहिरिँदै छन् । ‘काठमाडौंमा पेसा–व्यवसाय गर्नेदेखि अधिकांश विद्यालय, क्याम्पस बिदा हुने भएकाले यो वर्षको दसैँमा घर जाने पिक आवर सुरु हुँदै छ,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने । बिहीबारसम्म ...