Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • एकै दिनमा ४० महिन्द्रा स्कोर्पियो विक्री, कम्पनीकै रेकर्ड ब्रेक ! Sep 16, 2016 Arthatantramahindra scorpio
    काठमाण्डौं । नेपालका लागि महिन्द्रा अटोमोबिल्स्को आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेडल एकै दिनमा ४० वटा महिन्द्रा स्कोर्पियो विक्री गरेर कम्पनीकै रेकर्ड ब्रेक भएको जनाएकोछ । एक दशकभन्दा बढी समयदेखि शहरी बाटोमा आरामदायी सफर अनि कच्ची सडक तथा अफ–रोडमा अधिक पावर दिँदै महिन्द्रा स्कोर्पियोले नेपाली ग्राहकलाई एसयूभीको अनुभव दिँदै आइरहेको छ । एसयुभी गाडीमा महिन्द्रा नेपालीको पहिलो रोजाई बन्दै गैरहेको पनि कम्पनीले जानकारी ...
  • सडकपेटीबाट नहिड्ने पैदलयात्रीलाई १ हजार जरिवाना Sep 15, 2016 Arthatantrasadak
    काठमाडौं । तपाई पैदलयात्री हुनुहुन्छ र सडकको प्रभावकारी प्रयोग गरिरहनुभएको छैन भने अब सावधान बन्नैपर्ने भएको छ । नत्र सडकको प्रयोग गर्न नजानेको वा गलत प्रयोग गरेको सजायस्वरुप १ हजार रुपैयाँ जरिवानामा पर्नुहुनेछ । किनकि सरकारले पहिलोपटक सडकपेटीबाट नहिड्ने वा पैदलयात्रुलेबाटो काट्न जेब्रा क्रसिङ सब वे, ओभरहेड ब्रिजजस्ता ठाउँबाट नहिँडेमा १ हजार रुपैयाँ जरिवाना गर्ने कडा कानुनी ब्यवस्था गर्दैछ । ‘पेटी ...
  • यातायात व्यवस्था ऐन परिवर्तन : अब लाइसेन्स लिन लिखित परीक्षा दिनु नपर्… Sep 13, 2016 Arthatantravehicle license Nepal
    काठमाण्डौं । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा महत्त्वपूर्ण संशोधनको प्रस्ताव गरेको छ जसअनुसार अब लाइसेन्सको म्याद सकिएमा पुनः लाइसेन्स लिनका लागि लिखित परीक्षा दिनु नपर्ने भएकोछ । यही आइतबार संसदमा पठाइएको मस्यौदा निम्न महत्त्वपूर्ण व्यवस्थाहरु राखिएकोछ । लाइसेन्स (सवारी चालक अनुमति पत्र) अब दुई किसिमका हुनेछन्( व्यवसायिक र गैरव्यवसायिक। पेशाका रुपमा कार्य गर्ने गरी व्यवसायिक लाइसेन्स ...
  • बढी भाडा लिने ३५ माइक्रोबसबाट यात्रुलाई भाडा फिर्ता ! Sep 12, 2016 Arthatantramicrobus
    चितवन। बढी भाडा लिइ नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेका ३५ वटा माइक्रोबसबाट प्रत्येक यात्रुलाई १०० फिर्ता दिलाएर गन्तव्यतर्फ पठाएको छ । स्थानीय प्रहरी, प्रशासनले भरतपुरको आँपटारीमा सोमबार बिहानैबाट जाँच गर्दा काठमाडौँका लागि प्रतिव्यक्ति सामान्य सवारी साधनमा २७९ र डिलक्समा २० प्रतिशत थप गरी लिन पाउनेमा ती माइक्रोबसले प्रतिव्यक्ति ४५० असुल गरेको पाइईएपछि उक्त कारबाही गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ...
  • सवारी चलाउँदा फोनमा कुरा गर्नुहुन्छ ? ६ महिना लाइसेन्स निलम्बन होला ! Sep 12, 2016 Arthatantra
    काठमाडौं । सरकारले फोनमा कुरा गर्दै सवारी चलाउने चालकको लाइसेन्स निलम्बन गर्ने प्रवधानसहितको नयाँ नियम ल्याउने भएको छ । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐन संशोधनका लागि तयार पारेको मस्यौदामा सवारी चलाउँदा फोनमा कुरा गरेको पाइएमा ६ महिनासम्म लाइसेन्स निलम्बन गर्ने प्रस्ताव गरिएको छ । लाइसेन्स निलम्बनको अवधिमा सवारी चलाउन अनुमति हुनेछैन । निलम्बनको अवस्थामा सवारी चलाएमा लाइसेन्स नभएको ...
  • उपत्यकामा अब ‘मास ट्रान्जिट’, पहिलो चरणमा ३५ वटा टेम्पो र २६ वटा माइक्… Sep 11, 2016 Arthatantrabiddhutiye bus
    काठमाण्डौं । सरकारले काठमाडौं उपत्यकामा ‘मास ट्रान्जिट’ यातायात व्यवस्था लागू गर्ने भएको छ । यसका लागि यातायात व्यवस्था विभागले पहिलो चरणमा सामखुसी यातायात र सफा ट्याम्पो परिवहन संघसँग सम्झौता गरेको छ । अब पहिलो चरणमा ३५ वटा टेम्पो र २६ वटा माइक्रो हटाउने भएकोछ । पहिलो चरणमा नयाँ बसपार्कदेखि गोगंबु, लैनचौर, मैतिदेवी हुँदै सिनामंगल रुटमा १७ वटा ठूला बस सञ्चालन हुनेछ ...
  • जिप दुर्घटनामा तीनको मृत्यु Sep 10, 2016 Arthatantra
    पर्वत। उत्तरी पर्वतको धाइरिङ गाविस– ३ धारापानीमा शनिबार दिउँसो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । पर्वतकै शालिजा गाविसको ठोट्नेरी बाट धाइरिङ गाविस मिलनचोकतर्फ आउँदै गरेको ग. १ ज. ५१०२ नम्बरको जिप दुर्घटना हुँदा म्याग्दी जिल्ला ज्यामरुकोट गाविस– ३ घर भएकी ५० वर्षीया राममाया दमाइको घटनास्थलमै मृत्यु भएको छ भने कास्की जिल्ला रिभान– ...
  • ट्याक्सी अब मिटरमा मात्र Sep 9, 2016 Arthatantra-taxi
    काठमाण्डौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथभित्र र चक्रपथबाहिर २ किमीसम्म चल्ने ट्याक्सीले अनिवार्य मिटरमा यात्रु बोक्नुपर्ने व्यवस्था लागू लगाएको छ। अब ट्याक्सीचालकले चक्रपथभित्र र त्यसको २ किमी बाहिर मिटर अनुसारको भाडा मात्र यात्रुसँग लिन पाउने छन् । प्रहरीले गत शनिबारदेखि यो नियम लागू गरेको हो। महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रकाश अर्यालले मिटरमा उठेको भाडामात्र ट्याक्सीले लिन पाउने बताए। उनले ...
  • ६ महिनाभित्र सयवटा ठूला बस किनेर सरकारले नै चलाउने Sep 8, 2016 ArthatantraBUS
    काठमाण्डौं । सरकारले आगामी ६ महिनाभित्र १ सय वटा बस किन्ने भएको छ। सरकारको योजनाहरु सार्वजनिक गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी ६ महिनाभित्र सरकारले सय वटा बस किन्ने बताए। ती बसहरु काठमाडौं, वीरगंज, विराटनगर, घोराही, पोखरा लगायतका सहरमा संचालन गरिने उनले बताए। ती बसहरु स्थानीय नगरपालिकामार्फत संचालन गरिने उनले बताए। २३ भदौ २०७३, १३।३०
  • नाडा अटो सोमा ३ अर्ब बढीको व्यापार, २३ सयभन्दा बढी गाडी बुकिङ ! Sep 5, 2016 Arthatantranada1
    काठमाण्डौं । नेपाल अटोमोबाइल डिलर्स एशोसिएनको आयोजनामा भुकृटीमण्डपमा ६ दिनसम्म चलेको नाडा अटो शोमा साढे तीन अर्बको कारोबार भएको छ । आयोजकका अनुसार यो अवधिमा १५ सय दुई पाँग्रे र ८ सय चार पाँग्रे गरी २३ सय सवारी साधन बुकिङ भएका छन् । नाडा अटो शोमा सवारी साधन आयातकर्ता कम्पनीले विशेष छुटको व्यवस्था गरेका थिए भने कर्जाका लागि विभिन्न बैंकहरुले ब्याजदर ...