Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • अब साढे ६ प्रतिशत ब्याजमै कार किन्न सकिने, कार मेला सुरु ! Aug 11, 2016 ArthatantraTata motors car mela
    काठमाण्डौं । सिप्रदी ट्रेडिङद्वारा आयोजित टाटा मोटर्स कार मेला काठमाडौंको नक्साल ब्यांकेटमा आजबाट सुरु भएकोछ । मेलामा गाडीको निःशुल्क पूर्ण तथा थर्ड पार्टी बीमाको सुविधाका साथै ६.५ प्रतिशत आकर्षक ब्याजदरमा गाडी किन्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मेलामा कार किन्दा चार लाख रुपैयाँसम्म फाइदा हुन्छ । मेलामा टाटा पेसेन्जर गाडीहरुको आकर्षक रेन्ज, बिना झन्झट तुरुन्तै गाडी एक्सचेन्ज अफर, सहज ...
  • नेपाली बजारमा ७ सिट क्षमताको एसयूभी होन्डा बि आर भी Aug 10, 2016 ArthatantraHonda B R V car
    काठमाण्डौं । नेपालका लागि होन्डाका आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले काठमाडौंमा भब्य कार्यक्रम गरेर कम्प्याक्ट प्रिमियम एसयूभी होन्डा बि आर भी सार्वजनिक गरेको छ । ७ सिट क्षमता भएको यो गाडी यो कार ६ वटा रंगमा उपलब्ध छन् । विभिन्न मोडेलमा उपलब्ध यो कारको मूल्य ४० लाखदेखि ५३ लाख रुपैयाँ पर्छ। गाडीको अगाडिबाट बोल्ड र चौडा स्ट्यान्स दर्शाउने बिआर भीमा प्रोजेक्टर ...
  • एक सातामै हुलासको विद्युतीय कार बजारमा, मूल्य १३ लाख ९९ हजार ! Aug 9, 2016 Arthatantrada vinci of HULAS Car
    काठमाण्डौं । नेपालमा गाडी उत्पादन गर्ने एक मात्र कम्पनी हुलास मोटर्सले एक साताभित्र आफ्नो विद्युतीय कारको ‘दा भिन्सी’ बजारमा ल्याउने भएकोछ । हाल काठमाडौँमा परीक्षण भइरहेको यो कारको सुरुवाती मुल्य १३ लाख ९९ हजार रुपैयाँ पर्ने भएकोछ । महान् वैज्ञानिक तथा कलाकार लियानार्दो दा भिन्सीको नाममा आफ्नो कारको नाम राखेको कम्पनीले जनाएकोछ । हुलासले आफैँ बनाउने भने पनि हाल लन्च गरिन ...
  • अबदेखि चारपांग्रे गाडी सडकमा पार्किङ गर्न नपाइने ! Aug 7, 2016 ArthatantraHonda car
    ललितपुर । जावलाखेलदेखि पाटनसम्मको सडकमा हुँदै आएको दुवै लेनको पार्किङ्गलाई आजदेखि ट्राफिक प्रहरीले हटाएको छ। सवारी आवागमनलाई सहज व्यवस्थापन गर्न पार्किङ हटाइएको महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोका प्रहरी निरीक्षक सीताराम हाछेथुलाई उद्धृत गर्दै महानगरीय ट्राफिक प्रहरीले जनाएको छ। विगतमा पार्किङका कारण नियमित सवारी आवागमनमा समस्या भएकोले उक्त क्षेत्रको दुवै तर्फको चार पाङ्ग्रे सवारी साधनको पार्किङ हटाइएको हो। दुई पाङ्ग्रे सवारी साधन भने ...
  • अस्कर श्रेष्ठले बाजिमारे ‘क्रसमान्डु नेसनल च्याम्पियनसिप २०१६’ Aug 6, 2016 ArthatantraIMG_3590
    काठमाडौं । राजधानीको तिनकुनेमा ‘क्रसमान्डु नेसनल च्याम्पियनसिप २०१६’ भव्यताका साथ सम्पन्न भएको छ । दर्शकहरुको उत्साहजनक उपस्थितिमा सम्पन्न च्याम्पियनसिपमा अस्कर श्रेष्ठले प्रथम स्थान हासिल गरेका छन् । त्यसैगरी प्रशान्त कार्कीले दोस्रो र सुरज डण्डेगुलुले तेस्रो स्थान हासिल गरेका छन् । नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को आयोजनामा संचालित उक्त च्याम्पियनसिपमा २५० सिसीसम्मका ४५ जना अफरोड डर्ट बाइक राइडरको सहभागिता रहेको थियो । राष्ट्रिय ...
  • रोयल इन्फिल्ड हेरिटेज राइड सम्पन्न Aug 6, 2016 ArthatantraIMG_9527
    काठमाडौं । रोयल इन्फिल्ड हेरिटेज राइड सम्पन्न भएको छ । रोयल इन्फिल्ड मोटरसाइकलको नक्सालस्थित नयाँ सोरुमबाट प्रारम्भ भएको उक्त हेरिटेज राइडले उपत्यकाका ३ वटा मूख्य सम्पदाहरुको परिक्रमा गरेको छ । रोयल इन्फिल्ड इन्डियाका असिष्टेन्ट सेल्स म्यानेजर अभिषेक शुक्ला र रोयल इन्फिल्ड नेपालका हेड अफ अपरेसन मेघराज पौडेलले हेरिटेज राइडको शुभारम्भ गरेका थिए । हेरिटेज राइड दरबारमार्ग, न्युरोड, रत्नपार्क, त्रिपुरेश्वर, कुपन्डोल, जावलाखेल, ...
  • चिनियाँ विज्ञ भन्छन्,‘तिब्बत–नेपाल रेल सम्भव छ’ Aug 6, 2016 Arthatantrarelmarga
    काठमाण्डौं । चीनका पूर्वाधार विज्ञहरुले उच्च हिमाली भाग हुँदै नेपाल जोड्ने रेलमार्ग निर्माण आर्थिक र प्राविधिक रुपमा सम्भव रहेको बताएका छन्। त्यसबाट चीन, नेपाल र दक्षिण एसिया नै लाभान्वित हुने उनीहरुको भनाई छ। ‘सिगात्से–केरुङ रेलमार्ग नयाँ हिमालयन रेल निर्माण गर्ने चिनियाँ प्रविधि सम्भव शिर्षकमा शुक्रवार चाइना डेलीले प्रकाशित गरेको समाचारमा त्यस्तो जनाइएको हो। विज्ञहरुको भनाइ उद्धृत गर्दै समाचारमा तिब्बतबाट दक्षिण एसियासम्म ...
  • सडक दस्तुरले बढायो गाडीको मूल्य, एउटैमा १ लाखसम्म बढ्यो ! Aug 5, 2016 ArthatantraMahindra Kuv 100
    काठमाण्डौं । सरकारले यातायातका साधनहरुमा लाग्ने सडक मर्मत सम्भार दस्तुरमा बृद्धि गरेपछि गाडीको मूल्यमा ४० हजार देखि एक लाख रुपैयाँसम्मले बढेको छ । चालु आर्थिक वर्षमा सरकारले बजेट मार्फत सडक सम्भार तथा निर्माण पाँच प्रतिशत बाट बढाएर सात प्रतिशत बनाएको थियो। त्यस्तै वार्षिक कर पनि एक हजार देखि तीन हजार सम्म बढेको छ। सवारी करमा भएको वृद्धिले सवारीसाधनको मुल्य दुई देखि साढे ...
  • अब एनएनसीले दुबई उडान भर्ने, एकतर्फी भाडा रु १६ हजार ! Aug 4, 2016 Arthatantra
    काठमाण्डौं । खाडी मुलुकको महत्वपूर्ण गन्तव्य मानिने दुबई उडान बन्द भएको चार वर्षपछि पुनःउडान सञ्चालन गर्न लागेको नेपाल एयरलाइन्सले वार्षिक एक अर्ब आम्दानी गर्ने लक्ष्य लिएको छ । दुबर्इ उडानको एकतर्फी भाडा १६ हजार तोकिएको छ । आगामी भदौ २ गतेदेखि नियमित काठमाडौँ–दुबई सिधा उडान गर्ने तयारी गरेको निगमले एक वर्षमा ४० हजार बढी यात्रुलाई सेवा दिएर उक्त रकम आम्दानी गर्ने ...
  • बस भाडा घटाएको बिरोधमा बजार बन्द ! Aug 3, 2016 Arthatantrabiddhutiye bus1
    जाजरकोट । नयाँ भाडादरको विपक्षमा रहेका यातायात व्यबसायीको यहाँ आज यातायात बन्द गरेका छन् । उक्त क्षेत्रमा भेरीगंगा यातायात, भेरीराप्ती यातायात , मध्यपश्चिम यातायात लगाएत नौ वटा व्यबसायी समितिका बसहरु सञ्चालनमा आइरहेका छन् । गत साउन ४ गते यातायात व्यवस्था बिभागले गरेको नयाँ भाडादरको बिषयलाई लिएर यातायात व्यबासायीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले नयाँ भाडदरले व्यवसायी मर्कामा परेको बताएका छन् । नयाँ ...