Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • यातायात व्यवस्था विभागद्वारा सवारी लाइसेन्सका विविध शुल्कमा भारी बृद्ध… Jul 18, 2016 Arthatantravehicle license Nepal
    काठमाण्डौं । यातायात व्यवस्था विभागले हिजो साउन २ गतेदेखि लागू हुनेगरी सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को आवेदन दस्तुर, नयाँ लिने र प्रतिलिपी शुल्कमा भारी वृद्धि गरेको छ। यातायात व्यवस्था कार्यालयले सोमबारदेखि लाइसेन्स लिन लिखित परीक्षाको फारम शुल्क २ सय रुपैयाँबाट बढाएर ५ सय रुपैयाँ बनाएको छ । त्यस्तै दुई पाङ्ग्रे सवारी साधनको लाईसेन्स लिँदा लाग्ने ७ सय रुपैयाँ बढाएर १५ सय ...
  • भूकम्प पीडितहरुका लागि १५ सय ट्याक्सी संचालन गर्न आबेदन खुल्ला Jul 16, 2016 Arthatantra-taxi
    काठमाडौ । यातायात व्यवस्था विभागले काठमाण्डौंमा ट्याक्सी चलाउनको लागि १५ सय ट्याक्सी संचालन गर्न दिन आवेदन खुला गरेको  छ । विभागले भूकम्प पीडितहरुलाई लागि यो आवेदन खुला गरेको हो । विभागले शनिबार सूचना प्रकाशित गर्दै साउन ५ गतेदेखि भदौ २ गतेभित्र भूकम्प प्रभावित जिल्लाका वासिन्दाले आवेदन दिन सक्ने उल्लेख गरेको छ ।  भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई स्वरोजगार दिने उदेश्यले भौतिक, पूर्वाधार ...
  • टिभिएसका शक्तिशाली स्कुटरदेखि अत्याधुनिक बाइक बजारमा ! Jul 14, 2016 ArthatantraTVS zeast scooty
    काठमाण्डौं । जगदम्बा मोटर्सले टिभिएसका पाँच नयाँ उत्पादन स्कुटरदेखि अत्याधुनिक बाइकसम्म नेपाली बजारमा ल्याएको छ । शंकर समूह अन्तर्गतको यो कम्पनी टिभिएसको नेपालको आधिकारिक बिक्रेता हो । कम्पनीले नेपाली बजारमा कम्बी ब्रेक भएको शक्तिशाली स्कुटर टिभिएस वेगो, कम्पनीले बहुउपयोगी मालगाडी टिभिएस एक्सएल १०० स्कुटर, मोबाइल चार्जरको सुविधायुक्त ट्युवलेश सहितको ड्युरालाइफ इञ्जिन जडित इण्डोनेशियन उत्पादन टिभिएस डज, टिभिएस भिक्टर टिभिएस किङ ल्याएको ...
  • अब सवारी दुर्घटना भए ५ लाख क्षतिपूर्ति, घाइतेलाई ३ लाख ! Jul 13, 2016 ArthatantraRoad-Accident
    काठमाण्डौं । ‘मोटर बिमादर सम्बन्धी निर्देशिका, २०७३’ जारी गर्दै बिमा समितिले आगामी साउन १ गतेदेखि यात्रु, चालक, परिचालक, चेकर, हेल्पर तथा सुरक्षाकर्मीको सवारी दुर्घटनाबाट मृत्यु भएमा प्रतिव्यक्ति पाँच लाख रुपैयाँ बिमाङ्क कायम हुने व्यवस्था गरेको छ। यसअघि दुर्घटनामा ज्यान गए प्रतिव्यक्ति १ लाख रुपैयाँ पाउने व्यवस्था थियो । सवारी भित्र रहेका मानिसले ज्यान गुमाए १ लाख रुपैयाँ तर सवारीको ठक्करबाट ज्यान ...
  • वायुसेवा निगमका ८ मध्ये ६ जहाज थन्किए Jul 12, 2016 Arthatantra
    काठमाण्डौं ।  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने ८ मध्ये ६ वटा जहाज उड्नै नसक्ने गरी थन्किएका छन्। आम्दानीको मुख्य माध्यम जहाज नै थन्किएपछि निगम अहिले अप्ठेरो परिस्थितिमा छ। अन्तर्राष्ट्रिय उडान गरिरहेका चारमध्ये तीनवटा र आन्तरिक उडान गर्ने चारमध्ये तीनवटै जहाज एकपछि अर्को गर्दै ग्राउन्डेड भएका छन्। नयाँ जहाज थपेर विस्तारै आफ्नो छवि सुधार्दै गइरहेको निगम स्वदेशी तथा ...
  • नेपाली बजारमा भित्रियो बजाज भि–१५ मोटरसाइकल ! Jul 11, 2016 Arthatantrabajaj v15 bike motorcycle
    काठमाण्डौं । हंसराज हुलासचन्द एण्ड कम्पनीले हिजो आइतबार साँझ राजधानीमा बजाज भि–१५ मोटरसाइकल सार्वजनिक गरेको छ । डिटिएस–आई टेक्नोलोजीमा बनेको यो मोटरसाइकलको क्षमता १५० सिसी छ भने मोटरसाइकल अत्यन्त आकर्षक पनि छ । बजाज भि–१५मा मोटर साइकलमा सडकमा आइपर्ने चुनौतिका सामना गर्न चाहिने एक्स्ट्रा ग्रीपका लागि फराकिलो टायर, सिटलाई सिंगल र डबल बनाउन मिल्ने फरक सुविधा, चलाउँदा उत्कृष्ट व्यालेन्स, बलियो मेटलको ...
  • दुर्घटना गरी भागे घरमै ट्राफिक Jul 11, 2016 ArthatantraTraffic-Police
    काठमाण्डौं । असार १८ गते मोहमद रन्जित सवार मोटरसाइकलले घण्टाघरनजिक भक्तपुरका रविन खड्का चढेको मोटरसाइकललाई ठक्कर दियो। मोहमदले रविनलाई लडाएर ट्राफिक प्रहरीको आँखा छल्दै रानीपोखरीतर्फ फरार भए। मोहमदको मोटरसाइकलमा रविनको झोला अल्झेर गयो। झोलामा २ आइफोन, सुनको औठी र सुनको सिक्री थियो। मोहमद कता वेपत्ता भइ प्रहरीले पत्ता लगाउन सकेन। तुरुन्तै नजिकको सीसीटीभीको कन्ट्रोललाई उक्त मोटरसाइकल पछ्याउन भनियो। ट्राफिकलाई एसीए ब्रिटिस ...
  • मोटर बीमा दर सम्बन्धी नयाँ निर्देशिका आयो, के के भए परिवर्तन ? Jul 8, 2016 Arthatantrabeema_building
    काठमाडौ । साउन १ गतेदेखि मोटर बीमा दर सम्बन्धी निर्देशिका २०७३ लागू हुने भएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०७३/०७४ को बजेटमा उल्लेख गरेअनुसार बीमा समितिले मोटर बीमा दर सम्बन्धी निर्देशिका, २०६६ लाई परिमार्जन गरी “मोटर बीमा दर सम्बन्धी निर्देशिका, २०७३” लागू गर्ने भएको हो । हेर्नुस् बीमा समितिले लागू गर्न लागेको नयाँ निर्देशिकाका नयाँ व्यवस्थाहरु ः १. सवारी साधनमा यात्रा ...
  • चरा ठोक्किएको प्लेन बनाउन एक हप्ता लाग्ने ! Jul 8, 2016 Arthatantra
    काठमाण्डौं । चरा ठोक्किएको नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज मर्मतका लागि करिब एक साता लाग्ने भएको छ । त्रिभुवन विमानस्थलमा बिहान १०ः५ बजे उक्त जहाज हङकङका लागि उड्न धावनमार्गमा गुडिरहेका बेला चरा ठोक्किएपछि जहाजलाई आकस्मिक रुपमा रोकिएको थियो। जहाजमा ५८ यात्रु र आठ जना चालक दलका सदस्य थिए। विमानमा सवार सबै सकुशल रहेको निगमले जनाएको छ । चरा ठोक्किएपछि जहाजको दायाँ ...
  • आयो जुत्ता किन्दा बाइकको धनी बन्ने योजना ! Jul 5, 2016 Arthatantramotorcycle bike
    काठमाण्डौं । नेपाली जुत्ता घर प्रालिले स्क्र्याचमा मनी , बम्परमा बाइक धनी उपहार योजना ल्याएको छ । कम्पनीले आगामी दशै तिहारलाई लक्षित गर्दै योजना सञ्चालन गरेको हो । हिजो सोमवारदेखि लागु सो योजना अन्तर्गत प्रथम हुने एक जनालाई मोटरसाइकल, द्धितिय हुने एक जनालाई ल्यापटप र तृतीय हुने एक जनाले २१ इञ्चको एलइडी टिभी दिइने बताएको छ । त्यस्तै चौथो हुनेलाई २१ इन्चको मनिटर ...