Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • बजारमा आयो होण्डा हर्नेट १६० आर मोटरसाइकल ! Jun 16, 2016 ArthatantraHonda hornet Bike
    काठमाण्डौं । होण्डा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ (एसटिसि)ले आज बिहीबारबाट नेपाली बजारमा नयाँ होण्डा हर्नेट १६० आर मोटरसाइकल सार्वजनिक गरेको छ । साथै कम्पनीले नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर नवयुग श्रेष्ठलाई नयाँ होन्डा हर्नेट १६० आर पुरस्कार पनि प्रदान गरेको छ । होन्डा सीबीहर्नेट १६० आर सीबीहर्नेट बाट विकसित स्ट्रिट नेकेड स्पोटर्स बाईक हो । २ असार २०७३, १.३०
  • अब दिल्ली टु पोखरा हरेक दिन एसी बस ! Jun 15, 2016 ArthatantraBUS
    पोखरा । भारतको उत्तर प्रदेश राज्य सडक परिवहन निगम गाजियावाद र पोखरा-दिल्ली बस सञ्चालन गर्दै आएको बस समिति मोर्डन ईरा टुर एण्ड ट्राभल्स प्रा.लि.को संयुक्त सञ्चालनामा दिल्लीदेखि पोखरासम्म दैनिक एसी बस सेवा सञ्चालन हुने भएको छ। पोखराबाट दिल्ली आउँदा पोखरा – स्याङ्जा – बुटवल – भैरहवा – सुनौली – लखनउ – कानपुर – आग्रा- नोएडा हुँदै नयाँ दिल्ली आउने छ। दुबै ...
  • यात्रा गर्दा वाईफाईसँगै अब निःशुल्क किताब पनि पढ्न पाइने ! Jun 14, 2016 Arthatantrabiddhutiye bus1
    काठमाण्डौं । महानगर यातायातमा यात्रा गर्दा वाईफाईको सुविधासँगै अब निशुल्क किताब पनि बढ्न पाइने भएको छ । ‘क बाट’ नामक एनजिओले महानगरका बसमा सानो आकारमा लाईब्रेरी बनाइदिने भएपछि यात्रा गर्दा यस्तो सुविधान थपिने भएको हो । महानगरका ३९ वटा बस मध्ये एक बा ४ ख १३६ मा पुस्तकालय सुरु गरिएको छ । सानो आकारको पुस्तकालयमा विभिन्न विधामा नयाँ र पुराना लेखकका ...
  • बजारमा आयो ‘स्कोडा यती’ ! Jun 13, 2016 Arthatantra2016-Skoda-Yeti
    काठमाण्डौं । नेपालमा स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडा यती बजारमा ल्याएको छ। नयाँ यती नेपालभरका सबै आधिकारिक स्कोडा शोरुममा उपलब्ध छन्। स्कोडा यती कार चार वटा रङ ब्लु, ह्वाइट, म्याटो ब्राउन र ब्ल्याकमा उपलब्ध छ। कम्पनीका अनुसार बजारमा उपलब्ध सबैभन्दा सुरक्षित कारमध्ये पर्ने यतीले सन् २००९ मा गरिएको युरो एनसीएपी क्र्यास टेस्टमा अधिकतम पाँच अंक पाएको हो। यो कारमा एबीएस, ...
  • सुजुकीको समर क्याम्प : गाडी एक्सचेन्जमा ३ लाखसम्म छुट ! Jun 10, 2016 ArthatantraSUZUKI
    ललितपुर । यहाँको धोविघाटस्थित सुजुकी सर्भिस सेन्टरमा सुजुकी समर फ्री चेकअप र एक्सचेन्ज क्याम्प हुने भएको छ । जेठ २८ देखि ३० गते गरी ३ दिन चल्ने उक्त सर्भिस क्याम्पमा सुजुकी गाडीहरुको निःशुल्क २५ प्वाइन्ट जनरल चेकअप गरिने छ । कम्पनीले फ्री चेकअपमा स्पेयर पार्ट्समा १० प्रतिशत, एसेसरिजमा १० प्रतिशत र लेबर चार्जमा ५० प्रतिशत छुट दिने जनाएको छ । कम्पनीका ...
  • नेपाल प्रहरीको सेवा पनि १० देखि ५ बजेसम्म मात्र ! Jun 9, 2016 ArthatantraNepal_Police_
    काठमाण्डौं । नेकपा माओवादी विप्लव समूहले गरेको बन्दका कारण सर्वसाधारण मारमा परेको भन्दै नेपाल प्रहरी निःशुल्क बस सेवा सञ्चालन गरेको छ। ‘नागरिक सहजताको लागि’ भन्दै साँझ ५ बजे सम्मका लागि दुई रुटमा बस सञ्चालनमा ल्याइएको हो। रुट १ अन्तर्गत कलंकी-कालिमाटी -त्रिपुरेश्वर-सहिदगेट-रत्नपार्क-दरबारमार्ग-नक्साल-पुतलीसडक-माइतीघर-कुपन्डोल-पुल्चोक-जावलाखेल-एकान्तकुना-बल्खु रुटमा बस चल्नेछ। यस्तै रुट नम्बर २ अन्तर्गत नक्साल -मैतीदेवी -गौशाला -कोटेश्वर -तीनकुने -बबरमहल -माइतीघर -त्रिपुरेश्वर -सहिदगेट -लैनचौर -लाजिम्पाट -नारायणगोपाल चोक -बालुवाटार ...
  • टाटाको सस्तो कार ‘नानो’ अब नयाँ स्वरुपमा आउने Jun 8, 2016 Arthatantranano car
    काठमाण्डौं ।  टाटाको सबैभन्दा सस्तो कार नानो नयाँ स्वरुपमा आउने भएको छ। नयाँ नानोको स्वरुप टाटाकै पछिल्लो ह्याब्याक कार टियागोसँग मिल्ने अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन्। कम्पनीले नयाँ नानोलाई ‘पेलिकन’ नामबाट लन्च गर्न सक्ने बताइएको छ। यसमा नयाँ फ्रन्ट र ब्याक बम्पर, टियागोको जस्तो ड्यासबोर्ड, स्टेरिङ ह्वीलमा अडियो र टेलिफोन कन्ट्रोल, टाटाकै बोल्ट र जेस्ट मोडलमा भएजस्तो टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, रेनो क्वीडको जस्तो ...
  • बौद्धबाट ताहाचलसम्म चल्ने भो केवलकार, भाडा मात्र रु ४० ! Jun 8, 2016 Arthatantracable car
    काठमाण्डौं । राजधानीको बौद्धदेखि ताहचलसम्म केबलकार सञ्चालनमा आउने भएको छ। यो दुरी मात्रै आधा घण्टामा तय गर्न सकिने छ।हालै गरिएको एक अध्ययनले केबलकार संचालन संभव भएको देखाएको हो। सार्वजनिक यातायात वा निजी साधन जस्तै आधा घण्टामा पुगिने सो गन्तब्यको अनुमानित एक तर्फी भाडादर मात्र ४० रुपैयाँ लाग्ने छ। २५० केवलकार रहने उक्त रुटमा सात केवलकार स्टप प्रस्ताव गरिएको छ भने केवल ...
  • फ्रान्स पनि काठमाण्डौंमा केबलकार बनाउन इच्छुक Jun 7, 2016 Arthatantracabul-car-
    काठमाडौं । फ्रान्सले काठमाडौं उपत्यकाभित्र सहरी केबलकार सञ्चालन परियोजनासम्बन्धी एक सम्भाव्यता अध्ययन प्रतिवेदन सोमबार नेपाल सरकारसमक्ष पेस गरेको छ । प्रतिवेदन नेपालका लागि फ्रान्सेली राजदूत यभ्स कार्मोनाले भौतिक योजना तथा निर्माण मन्त्रालयलाई बुझाएका हुन् । फ्रान्सेली दूतावासद्वारा जारी विज्ञप्तिअनुसार ग्रिन इनर्जीबाट सञ्चालन गर्न सकिने भएकाले सहरी केबलकार मोनोरेल वा मेट्रो रेलभन्दा भरपर्दो, द्रुत निर्माण गर्न सकिने उत्तम खालको रहेको सम्भाव्यता अध्ययनले ...
  • उपत्यकामा ८० सिट क्षमताका ३० बस थपिँदै, बिस्तापित हुने भए माइक्रो र टे… Jun 6, 2016 Arthatantrabiddhutiye bus
    काठमाण्डौं । उपत्यकामा आउँदो भदौ महिनादेखि ८० सिट क्षमताका ३० साझा बस थपिने भएका छन् । यी ३० वटा बसहरु साझा यातायातले काठमाडौँ महानगरपालिकाको १० करोड रुपैयाँ सेयर लगानीमा ल्याउन लागेको हो । साझा यातायात र भारतीय बस निर्माता कम्पनी अशोक लेल्यान्डबीच गत चैतमा भएको सम्झौता अनुसार कम्पनीले आगामी भदौको तेस्रो साता ती बस साझाले पाउने छ । अब आउने बस ...