Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • दशैंको मौका छोपेर बढी भाडा लिए कडा कारवाही ! Sep 25, 2017 Arthatantramoney
    काठमाडौ। दशैंको अवसर छोपी सार्वजनिक यातायातमा टिकटमा कालाबजारी गर्ने, तोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारवाही हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायरले रासससँग कुरा गर्दै दशैं मान्न हिँडेका यात्रुसँग नराम्रो व्यवहार गर्ने यातायात व्यवसायी, सवारीका चालक र परिचालकलाई पनि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कानूनी कारवाहीको दायरमा ल्याइने बताए ...
  • १५ दिन नयाँ सवारी चालक अनुमतिपत्र वितरण बन्द Sep 24, 2017 Arthatantravehicle license Nepal
    काठमाडौ। यातायात ब्यवस्था विभागले नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को वितरण रोकेको छ । दशैंका लागि ट्राफिक प्रहरी फिल्डमा खटिनुपर्ने भएको कारण देखाउँदै असोज २२ गतेसम्मका लागि लाइसेन्सको वितरण रोकिएको हो । लाइसेन्सको आवेदन, लिखित परीक्षा र ट्रयाल रोकिएको हो । अब २२ गतेपछि विभागले फेरि नयाा लाइसेन्सको वितरण सेवा सुचारु गर्ने विभागले जनाएको छ । आजसम्म विभागले सवारीको ट्रायल भने ...
  • बेनी–जोमसोम–कोरल्ला सडक अवरुद्ध हुँदा तीर्थयात्री अलपत्र Sep 22, 2017 ArthatantraNepal-Marpha-Jomsom-Trek8
    पर्वत । मुस्ताङ जोड्ने एक मात्र सडक बेनी–जोमसोम–कोरल्ला सडक तीन दिनदेखि अवरुद्ध बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित काभ्रेभिरमा गएको पहिरोका कारण सडक अवरुद्ध बनेको हो । गत बुधबार दिउँसोदेखि लगातार परेको वर्षाका कारण सडक अवरुद्ध बनेपछि हजारौं तीर्थयात्री अलपत्र परेका छन् । खासगरी सोह्रश्राद्धमा कागबेनीमा पितृश्राद्ध गर्नका लागि गएका बढी मात्रामा अलपत्र परेका हुन् । पहिरो गएपछि अधिकांश सवारीसाधन तथा ...
  • होस् गर्नुस्,बसको डिक्कीमा भेटिए २८ वटा मरेका खसीबोका ! Sep 21, 2017 Arthatantrabus
    काठमाडौ। पशुपन्छी विकास मन्त्री सन्तकुमार थारु नेतृत्वको अनुगमन टोलीले काठमाडौंको नागढुंगाबाट २८ वटा मरेको खसीबोका बरामद गरेको छ । आज नाकाहरुमा पशुपन्छीको आयातको अवस्था अध्ययन गर्न निस्किएका मन्त्री थारु नेतृत्वको टोलीले नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रु बसको डिक्कीबाट २८ वटा मरेको खसीबोका बरामद गरेको हो । डिक्कीभित्रै १३ वटा ज्युँदो खसीबोका पनि भेटिएको मन्त्रीका स्वकीय सचिव रामु सिग्देलले जानकारी दिए । ...
  • सीमा जोडिएका १३ नाका खोल्न चीनसँग नेपालले गर्यो औपचारिक प्रस्ताव Sep 19, 2017 Arthatantranepal china
    काठमाडौ। नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गरी सीमा जोडिएका १३ नाका खोल्न सरकारले चीनसँग प्रस्ताव गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सोमबार मन्त्री वीरबहादुर बलायरले नेपालका लागि चिनियाँ राजदूतलगायत अधिकारीसमक्ष यस्तो प्रस्ताव गरेका हुन्। नेपाल–चीन सडक यातायात सम्झौता कार्यान्वयन गर्ने दस्तावेज (प्रोटोकल) संशोधन गरी थप नाका खोल्ने तयारी भएको उनले जानकारी दिए। विसं २०५१ मा भएको दुई देश बीचको ...
  • टाटाको नयाँ शोरुम भैरहवामा Sep 18, 2017 Arthatantratata image
    भैरहवा । रुपन्देहीको सदरमुकाम भैरहवामा टाटा कम्पनीको शोरुम संचालनमा आएको छ । भारतमा निर्मित टाटा कम्पनीका गाडीहरुको बुद्धम अटोमार्टले संचालनमा ल्याएको हो । चार जना युवा व्यवसायीहरुले सञ्चालनमा ल्याएको अटोमार्टले भैरहवाबाट टाटा कम्पनीका सम्पूर्ण साना प्यासेन्जर गाडीहरुको (कार) बिक्री हुने अटोमार्टका प्रबन्ध निर्देशक अभिनव मयुर कशौधनले बताए । शो रुम संचालनमा आएकै दिनमा ५ वटा गाडीको बुकिङ भइसकेको उनले बताए । ...
  • आजदेखि १४ जिल्लामा हर्न बजाउन प्रतिवन्ध Sep 17, 2017 Arthatantrahorn
    ताप्लेजुङ । प्रदेश नं १ मा पर्ने ताप्लेजुङसहित १४ जिल्लामा आजदेखि अनावश्यकरुपमा सवारीसाधनका हर्न बजाउन नपाइने भएको छ । प्रदेश नं १का १४ वटा जिल्लामा स्थानीय प्रशासनको निर्णयानुसार पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले हर्न निषेधित क्षेत्र बनाएको हो । ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा र उदयपुरमा हर्न बजाउन नपाइने नियम आजदेखि लागू गरिएको ...
  • टाटा योद्धा सार्वजनिक Sep 15, 2017 Arthatantratata-yoddha1
    काठमाडौं । नेपालमा सर्वाधिक रुचाइएको कमर्सियल भेहिकल ब्राण्ड टाटा मोटर्स् र यसको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिको सहकार्यमा काठमाडौंमा सम्पन्न एक कार्यक्रमबीच टाटा योद्धालाई भव्यताका साथ सार्वजनिक गरिएको छ । टाटा मोटर्स्द्वारा उत्पादित टाटा योद्धाले प्रतिस्प्रधात्मक युगमा आफ्नो अतुलनीय विशेषताहरुको प्रतिनिधित्व गर्दछ । यो विभिन्न भेरियन्टहरुमा उपलब्ध छ जसमा भएको ८५ एचपिको शक्तिशाली ३.0 लि इन्जिन, २५० ...
  • जोशीको अध्यक्षतामा सेती–महाकाली ट्रक व्यवसायी संघको नयाँ नेतृत्व सर्वस… Sep 14, 2017 Arthatantraseti-mahakali-truck
    कैलाली । सेती–महाकाली ट्रक यातायात व्यवसायी संघको अध्यक्षमा चेतराज जोशी निर्विरोध चयन भएका छन् । संघको नवौ बार्षिक साधारण सभा र सातौं अधिबेशनले जोशीको अध्यक्षतामा २० सदस्यीय कार्य समिति निर्विरोच चयन गरेको हो । संघको बरिष्ठ उपाध्यक्षमा धर्मपाल सिंह रावत, प्रशासन उपाध्यक्षमा विरेन्द्रबहादुर सिंह र उद्दार उपाध्यक्षमा टेक बहादुर देउवा निर्विरोध चयन गरेको हो । त्यस्तै संघको महासचिवमा दुर्गा प्रसाद जोशी, ...
  • अब डिजेल र पेट्रोलबाट चल्ने गाडी प्रतिबन्धित Sep 13, 2017 ArthatantraDiseal vehicles
    चीनले डिजेल र पेट्रोलबाट चल्ने गाडीको उत्पादन र बिक्रिलाई प्रतिबन्ध लगाउने तयारी थालेको छ । चीनका उद्योगसम्बन्धी उपमन्त्रीले डिजेल र पेट्रोलका गाडीमाथिको प्रतिबन्ध लगाउने विषयमा अनुसन्धान थालिएको जानकारी दिँदै प्रतिबन्ध लागू गर्ने मिति भने तय नभएको बताएका बिबिसीले जनाएको छ । चीनले गत वर्ष २ करोड ८० लाख गाडी उत्पादन गरेको थियो जुन विश्वकै तेस्रो धेरै उत्पादन हो । चीनका विभिन्न ...