Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • अब पुराना गाडीहरु विस्थापित गरिने ! May 10, 2016 Arthatantratraffic
    भैरहवा । लुम्बिनी र भैरहवामा २० वर्षे पुराना जिपहरु विस्थापित हुने भएका छन् । सिद्धार्थ यातायात व्यवसायी समिति र पुराना जिप व्यवसायी समितिबीच ४ बुँदे सहमतिमा २० वर्षे पुराना गाडीहरु विस्थापित गर्ने उल्लेख छ । नेपालमा २० वर्षभन्दा पुराना गाडीहरु सञ्चालन गर्नु गैरकानुनी मानिन्छ । तर, रुपन्देहीको भैरहवा-बेलहिया र लुम्बिनीको पडरिया-कर्करहवा सडकखण्डमा २० वर्ष पुराना १५ वटा जिपहरु सञ्चालन भइरहेका छन् ...
  • यातायात बन्दले माइतजाने चेली हिंडेरै गन्तब्य तर्फ May 6, 2016 Arthatantragorkha sadak jaam
    गोरखा । माता तिर्थऔंशीको दिनमा पनि गोरखाको यातायात बन्द भएपछि माइती निस्केका चेली हिँडेरै गन्तव्यतिर जानुपर्ने बाध्यता छ । यसले गर्दा आमाको मुख हेर्न माइत जाने चेली र विभिन्न प्रशासनिक कामले सदरमुकाम आउनुपर्ने ग्रामीण भेगका सेवाग्राही मर्कामा परेका छन् । दुई/चार घन्टा हिँडेर माइत पुगिने ठाउँका चेली आमाको मुख हेर्न हिँडेरै गए भने जिल्लाबाहिर माइतीघर हुने गन्तव्यतिर जान नपाउँदा दुःखी देखिन्छन् ...
  • कतारले दियो, नेपाललाई नौ वटा मर्सिडिज कार May 5, 2016 Arthatantramarcides-benz-car
    काठमाण्डौं । कतार सरकारले नेपाललाई नौ ओटा मर्सिडिज बेन्ज कार सहयोगस्वरुप उपलब्ध गराएको छ । परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा नेपालका लागि कतारका राजदूत अहमेद जसीम महोमद अलि अल–हमेरले उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई ती कारको साँचो हस्तान्तरण गरे । सो अवसरमा परराष्ट्रमन्त्री थापाले सामाजिक तथा आर्थिक क्षेत्रमा कतार सरकारले महत्वपूर्ण सहयोग पु¥याउँदै आएको बताउँदै संविधान जारी भएपछि नेपालमा लगानीका लागि ...
  • उपत्यकामा अब ठूला बस मात्र चल्ने, साना सवारी हटाइँदै May 4, 2016 Arthatantrabiddhutiye bus1
    काठमाण्डौं । सरकारले सार्वजनिक यातायातमा पुरानो नीतिगत निर्णय पुनरावलोकन गर्दै उपत्यकामा ठूला सवारी साधन मात्रै चल्न पाउने व्यवस्था गर्ने भएको छ । साना सवारी साधनका कारण यात्रीलार्इ सास्तीसँगै सडक समेत बढी ओगटेर जाम बढाएको निष्कर्ष निकाल्दै ठूला सवारी साधन मात्रै चलाउने व्यवस्था गर्न लागेको हो । एसियाली विकास बैंकको सहयोगमा दिगो सहरी यातायात विकास आयोजनाको ‘मास ट्रान्सपोर्टेसन’ योजना अनुसार विभागले साना ...
  • अब १० वर्षे सवारी चालक अनुमति पत्र पाइने May 3, 2016 ArthatantraHonda car
    काठमाण्डौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र ९लाईसेन्स०को अवधि ५ वर्षबाट बढाएर १० वर्ष बनाउने तयारी गरेकोछ । विभागले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ४९ संशोधन गदै लाइसेन्सको म्याद ५ वर्षबाट १० वर्षको बनाउन तयारी गरेको हो । नयाँ सविधान बनेसँगै परिवर्तन हुन लागेका कानुनको संशोधन प्रक्रियामा विभागले तयार गरेको मस्यौदामा अवधि बढाउने प्रस्ताव संसदमा पठाइएको ...
  • आजबाट न्यूनतम सवारी जरिवाना रु ५ सय ! May 1, 2016 Arthatantratraffic-sign-6771_960_720
    काठमाण्डौं । ट्राफिक प्रहरीले वैशाख १९ गते आइतबार अर्थात् आजदेखि ट्राफिक कसुरमा जरिवाना रकम बढाएकोछ । यसअघि न्युनतम जरिवाना रकम २५ रुपैयाँ भएकोमा अहिले पाँच सय रुपैयाँ बनाइएको छ। सरकारले राजपत्रमा गत असोज १४ गते सूचना प्रकाशित गरी सवारी तथा यातायात व्यवस्था ऐनमा रहेको जरिवानालाई संशोधन गरेको थियो। यसअनुसार २५ देखि ५० रुपैयाँसम्मको जरिवानालाई ५ सय रुपैयाँ बनाइएको छ भने ५० ...
  • खुल्यो स्पेयर्स पार्ट र सेल्स सर्भिस सहित टोयटा मोटर्सको नयाँ सोरुम Apr 27, 2016 ArthatantraToyota
    झापा । टोयटा मोटर्सले झापाको विर्तामोडमा कान्तिपुर अटो लिन्क सञ्चालनमा ल्याएको छ। यो शोरुमवाट नेपालमा उपलब्ध टोयोटाका पेसेन्जर गाडीहरु उपलब्ध गराउने जनाएको छ। टोयोटा गाडीका लागि नेपालको आधिकारीक आयातकर्ता युनाइटेड ट्रेडर्स सिन्डिकेटले नयाँ खुलेको शोरुमवाट सेल्स सर्भिस र स्पेयर उपलब्ध हुने जानकारी दिएको छ । कान्तिपुर अटो लिन्क मेची अञ्चलमा विगत १२ बर्षदेखि सञ्चालनमा आएको मोटर विक्रेता हो। १५ बैशाख २०७३, १।००
  • अब नेपालगञ्ज–जाजरकोेट सडकमा सुमो सेवा Apr 23, 2016 ArthatantraSumo
    काठमाडौं । नेपालगञ्ज सनराइज यातायात व्यवसायी संघ बाँकेले जाजरकोेटका लागि सुविधा सम्पन्न सुमो गाडी सञ्चालनमा ल्याएको छ । पुरानो गाडीहरु सन्चालन हुदै आएको सो रुटमा बिहीबारबाट सुविधा सम्पन्न गाडीहरु सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमका बीचमा समितिका अध्यक्ष, पदाधिकारी र सदस्यहरुले जाजरकोट र नेपालगञ्जबाट संयुक्त रुपमा सेवा उद्घाटन गरे । एसीजडित गाडी पहिलोपटक जाजरकोटमा सञ्चालन भएको हो । नेपालगन्जबाट दैनिक चारपटक सो गाडी ...
  • टाटा मोटर्सले नेपाली ग्राहकका लागि नयाँ सेवा ल्यायो Apr 21, 2016 ArthatantraTata
    काठमाडौं । टाटा मोटर्सले नेपाली ग्राहकका लागि पेसेन्जर भेहिकलअन्तर्गत विशेष सेवा सुविधा सार्वजनिक गरेको छ । सेवा संचालनपछि ग्राहकले टाटा मोटर्सका बारेमा थप गुणस्तरीय सेवा पाउन सक्ने कम्पनीले जनाएको छ । टाटा मोटर्सको कस्टुमर सपोर्ट, पेसेन्जर भेहिकल, इन्टरनेशनल बिजनेश सचिन साहनी र टाटा मोटर्सको कमर्सियल र पेसेन्जर भेहिकल बिजनेस युनिटको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिका सिइओ रामबाबु श्रेष्ठले संयुक्त ...
  • अब हुन्डाईको गाडी किन्दा सात लाखसम्म छुट Apr 20, 2016 ArthatantraHyundai motors
    काठमाण्डौं । नेपालमा सबैभन्दा बढी प्यासेन्जर भेइकल बिक्री गर्ने हुन्डाईले नयाँ वर्षको अवसरमा सात लाखसम्मको नगद छुट योजना ल्याएको छ । हुन्डाई गाडीको नेपालको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेटलले हुन्डाईका विभिन्न गाडीमा छुट योजना ल्याएको हो । हुन्डाईको सान्टाफे किन्ने उपभोक्ताले ६ लाख ८० हजार नगद छुट पाउनेछ । हुन्डाईको टक्सन गाडी किन्नेले ४ लाख १५ हजार, क्रेटामा १ लाख ९९ हजार, ...