Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • काठमाडौको चन्द्रागिरीमा अन्तर्राष्ट्रिय स्तरको भेहिकल्स ट्रेनिङ सेन्टर… Sep 12, 2017 Arthatantrachandragiri vehicles center
    काठमाडौ । राजधानीको चन्द्रागिरि नगरपालिका १२ स्थित वलम्वु गुर्जुधारामा अन्तर्राष्ट्रिय स्तरको भेइकल्स ट्रेनिङ्ग सेन्टर निर्माण हुने भएको छ । कुल १५ रोपनी क्षेत्रफलमा भेकल्स एकेडेमी एण्ड रिसर्च सेन्टरले उपत्यकाकै ठुलो र अत्याधुनिक ड्राईभिङ् ईन्टिच्युट निर्माण गर्न लागेको दाबी गरेको छ । ५ करोड रुपैंयाको लगानीमा स्थानिय युवाहरूको सकृयतामा अन्तर्राष्ट्रिय स्तरको कक्षा सञ्चालन हुने ड्राईभिङ् सेन्टर बनाइन लागेको हो। उक्त ड्राईभिङ् सेन्टरमा ...
  • दशैंमा काठमाडौं बाहिर जानेका लागि भोलिदेखि टिकट बुकिङ खुला हुने Sep 11, 2017 Arthatantraold bus park
    काठमाडौ। दशैंमा काठमाडौं बाहिर जानेका लागि भोलिदेखि टिकट बुकिङ खुला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार बसेको बैठकले मंगलबारदेखि टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । यातायात व्यवसायीको मागबमोजिम छतमा सामान राख्न पाउने भएपछि बुकिङ खुला गर्न व्यवसायी तयार भएका हुन् । सामानबाहेक यात्रु र खसीबोका छतमा राखेको पाइए कडा कारवाही गर्ने प्रहरीले जनाएको छ । ...
  • वायुसेवा निगमको आधा करोड खर्च गर्न विदेश भ्रमण Sep 10, 2017 Arthatantranepal airlianes
    काठमाडौं । राष्ट्रिय ध्वजावाहकध नेपाल वायुसेवा निगम व्यवस्थापनले आधा करोड रुपैयाँभन्दा बढी खर्च गरी फेरि डेढ दर्जन कर्मचारीलाई विभिन्न देश ‘घुम्न’ पठाएको छ । ‘जहाज थप्नेमात्र होइन, व्यवस्थापन सुधार पनि मेरो प्राथमिकता हो’ भन्दै आएका निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले कमर्सियल, कर्पोरेट, इन्जिनियरिङलगायत विभागका कर्मचारीलाई विभिन्न देश घुम्न स्वीकृति दिएका हुन् । तीमध्ये केही जाने तयारीमा छन् , केही विदेश घुम्दैछन् भने केही ...
  • काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहर व्यवस्थापन गर्न सकेन Sep 9, 2017 Arthatantrapollution in kathmandu
    काठमाडौं । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी जम्मा गरिएको फोहर नदी किनार एवं सडकमै थुपारिएको छ । एक साता अघिदेखि काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहर व्यवस्थापन गर्न नसक्दा वाग्मती सफाइ महाअभियानलगायत नदी र चक्रपथ सफाइ अभियानले शनिबार सफाइ गरी संकलन भएको फोहर नदी किनार र मूल सडकमा थुपार्नुपरेको हो । वाग्मती सफाइ महाअभियानको २२६ औँ हप्तामा शनिबर सिनामंगल पुलमा सफाइ गरी पाँच ...
  • मोटरसाइकल पुरानो भएको छ ? आजै लैजानुस् एक्सचेञ्ज मेलामा Sep 8, 2017 Arthatantrabike exchange
    काठमाडौ । अब पुरानो भएर चलाउनै नसक्ने मोटरसाइकल एक्स्चेञ्ज हुने भएको छ । टिभिएसले दशैं तिहारलाई लक्षित गर्दै जगदम्बा मोटर्सले सुरु गरेको टिभिएस मेगा एक्स्चेञ्ज मेलामा तपाईको पुरानो मोटरसाइकल बिक्री हुने भएको हो । एक्सचेञ्ज मेला टेकुमा सञ्चालन भैरहेको छ । शंकर समूह अन्तर्गतको जगदम्बा मोटर्सले एक्स्चेञ्ज मेलामा पुगेका कुनै पनि मोटरसाइकलको कम्तीमा २५ हजार रुपैंया मुल्याङ्कन गर्ने जनाएको छ । ...
  • दशैंमा बस टिकट लगायतमा यात्रुमाथि कालाबजारी गर्नेलाई प्रहरीले कडा कारब… Sep 7, 2017 Arthatantraold bus park
    काठमाडौ। महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजको संयुक्त सहभागितामा यात्रु सहायता कक्ष सञ्चालन गर्ने भएको छ । सरकारले दशैँमा घर जान लामो तथा मझौला दूरीका यात्राका लागि भदौ २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरेसँगै महाशाखा, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजले काठमाडौ उपत्यकाको १२ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्न लागेका हुन् । उपत्यकाको ...
  • घुस लिँदै गर्दा गुणस्तर विभागका तीन कर्मचारी पक्राउ Sep 7, 2017 Arthatantrabanking-Jel
    काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पाँच लाख घुस लिँदै गर्दा तीन कर्मचारीलाई पक्राउ गरेको छ ।आयोगबाट खटिएको टोलीले नेपाल नापतौल तथा गुणस्तर विभागका ट्याक्सी ट्याम्पो एकाइका प्रमुख विकास ध्वजु, नायब सुब्बा दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई बिहान पक्राउ गरेको हो । आयोगको टोलीले भक्तपुरको सल्लाघारीस्थित युनिभर्सल तन्दुरी क्याफेमा रु पाँच लाख घुस लिँदै गर्दा नियन्त्रणमा लिएकोे आयोगका प्रवक्ता जीवराज ...
  • रिटेनिङ वाल विवादमा काठमाडौ–भक्तपुर जोड्ने सडक निर्माण अलपत्र Sep 6, 2017 Arthatantraroad and city
    भक्तपुर। सडक विस्तारका क्रममा ‘रिटेनिङ वाल’ अर्थात टेवा पर्खाल भत्किएर तरकारी तथा अन्नबाली नष्ट भएको भन्दै एक वर्षदेखि स्थानीयवासीले अवरोध गरेपछि भक्तपुर र काठमाडौँ जोड्ने सडक निर्माण अलपत्र बनेको छ। भक्तपुरको बोडेबाट काठमाडौँको मूलपानी जोड्ने बोडे–मूलपानी सडक विस्तारका क्रममा नीलबाराही चेकपोस्ट नजिकै निर्माण भइरहेको ‘रिटेनिङ बाल’ अर्थात टेवा पर्खाल गत वर्ष भत्किएको थियो। सडक निर्माण ठेकेदार कम्पनी ‘सन्तोषी पिआर जेभी ललितपुर’ ले ...
  • भदौ ३० गतेदेखि बुद्ध एयरले भरतपुर–पोखरा उडान सुरु गर्ने Sep 5, 2017 Arthatantrabuddha-airline
    चितवन। काठमाडौसँग मात्र हवाई सेवा जोडिँदै आएको भरतपुर विमानस्थल भदौ ३० गतेदेखि पोखरासँग पनि जोडिने भएको छ। नारायणगढ–मुग्लिन सडकबाट आजित यहाँका पर्यटन व्यवसायी र स्थानीयवासीको आग्रहमा बुद्ध एयरले पोखरा–भरतपुर उडान सुरु गर्ने भएको हो।बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार बिहान १० बजे पोखराबाट भरतपुरका लागि जहाज उड्ने र १०ः३० बजे भरतपुरबाट पोखरा उड्ने छ। बुद्ध एयरले बिचक्राफ्ट सञ्चालन गर्दैछ। जसमा ...
  • साझा बस कुर्दै हुनुहुन्छ ? कहाँ आइपुग्यो भन्ने मोबाइलमै थाहा पाउनुहोस्… Sep 4, 2017 Arthatantrasajha_bus
    काठमाडौ। साझा यातायातले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । अब साझा बस कुरेर बस्ने यात्रुले आफ्नो रुटको साझा बस कहाँ आइपुग्यो भनेर एपबाटै थाहा पाउन सक्नेछन् । ‘मेरो साझा’ नामको एन्ड्रोइड एपबाट अब साझाका कुन बस कहाँ आइपुगेका छन् भन्ने थाहा पाउन सकिने साझा यातायातले जनाएको छ । यसले बस कुर्दा लामो समय लाग्ने भए विकल्प खोजिहाल्न पनि सहज हुने ...