Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • टिभीएसको अत्याधुनिक शोरुम युनिभर्सल मोटो कर्प तीनकुनेमा खुल्यो Aug 23, 2017 Arthatantratvs bike
    काठमाडौ।  नेपालका लागि टिभीएस बाइकको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले काठमाणडौको तीनकुने अत्त्यधुनिक शोरुम युनिभर्सल मोटो कर्पको  संचालनमा ल्याएको छ । शोरुममा नेपालमा बिक्री थालनी गरिएको टिभीएसका सम्पूर्ण बाइक तथा स्कुटरहरु छन् । शोरूममा अपाचे १६० सीसी, अपाचे १८०,अपाचे २०० सीसी,  फिनिक्स १२५ सीसी , स्ट्राइकर १२५ सीसी, र स्टारसिटी प्लस ११० सीसी, स्पोर्ट १०० सीसी, र स्कुटर सेग्मेंटमा ११० सी सीका  ...
  • नाडा अटो शोको १२औं संस्करण भदौ १३ गतेदेखि Aug 21, 2017 Arthatantranada auto
    काठमाडौ । नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालले यही भदौ १३ गतेदेखि काठमाडौमा नाडा अटो शो को १२ औं संस्करण आयोजना गर्ने भएको छ । नाडाले राजधानीमा पत्रकार सम्मेलन गरेर भदौ १३ गतेदेखि १८ गतेसम्म भृकुटीमण्डपमा अटो शो गर्ने जानकारी दिएको हो । अटो शोमा १६ वटा ब्राण्डका चार पाङ्ग्रे तथा १९ ब्राण्डका दुई पाङ्गे सवारी साधन तथा ६ ब्राण्डका हेभि कमर्शियल ...
  • सोमबारबाट सवारीमा इम्बोस्ड नम्बर प्लेटः सरकारीमा अनिवार्य Aug 18, 2017 Arthatantravehicles in kathmandu
    काठमाडौ। सरकारले सोमबारबाट सरकारी र कुटनीतिक सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जोड्न सुरु गर्ने भएको छ । सोमबारबाट बाग्मति अञ्चलमा दर्ता भएका निजी सवारीधनिले पनि आफ्नो सवारीमा स्वेच्छिक रुपमा इम्बोस्ड जोड्न पाउनेछन् । सोमबार प्रधानमन्त्री शेरबहादुर देउबाले इम्बोस्ड प्लेट जोड्ने कामको ओपचारिक सुरुवात गर्नेछन् । विभागले तत्काल सरकारी सवारीलाई अनिवार्य गरेपनि निजी सवारीलाई अनिवार्य गरिसकेको छैन । तर, केही समयभित्रै क्यालेण्डर बनाएर ...
  • रिंगरोडमा मालबाहक सवारी चलाए ५ हजारसम्म जरिवाना Aug 17, 2017 Arthatantratruck
    काठमाडौं । सरकारले बिहीबारबाट ट्रक, मिनी ट्रक, टिप्पर लगायत सबै मालबाहक सवारी साधनलाई काठमाडौंको रिंगरोडमा गुड्न प्रतिवन्ध लगाएको छ ।मालबाहक सवारी साधनलाई बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिंगरोडमा मालबाहक सवारी चल्न रोक लगाइएको हो । यातायात ब्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेका अनुसार पेट्रोल, ग्याँस, पानी लगायत अत्यावश्यक सेवाका सवारीका हकमा भने यो निर्णय लागू हुँदैन । उपत्यकामा भित्रिने मालबाहक सवारीका लागि ...
  • गाडी किन्दै हुनुहुन्छ ? अब ३५ प्रतिशत डाउन पेमेन्ट गरे पुग्छ,बाँकी ऋण … Aug 16, 2017 Arthatantravehicle and key
    काठमाडौ। व्यक्तिगत सवारी साधन लिदा अब ग्राहकले ३५ प्रतिशत मात्र डाउन पेमेन्ट गरे पुग्ने भएको छ । मंगलबार नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरी व्यक्तिगत सवारी कर्जामा ६५ प्रतिशत कर्जा दिन पाउने व्यबस्था गरेसँगै बैंकका ग्राहकलाई सहज भएको हो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तिय संस्थाले व्यक्तिगत सवारी कर्जामा ६५ प्रतिशत मात्र कर्जा दिन पाउने ...
  • पेट्रोलपम्पमा सवारीको लाईन Aug 15, 2017 Arthatantrapetrol
    काठमाडौ। अविरल वर्षापछि तराई क्षेत्रमा आएको बाढीका कारण आपूर्ति असहज हुँदा राजधानीका पेट्रोलपम्पमा उपभोक्ताको लाइन बढेको छ । गत बिहीबारदेखि तराईमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम ढुवानीमा असर परेको छ । सोही कारण राजधानीमा इन्धन आपूर्तिमा कठिनाइ आएको निगमले जनाएको छ । पेट्रोलियम बोकेका ट्याङ्कर राजमार्गमै रोकिएका छन्,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘बाढीको प्रभाव पनि विस्तारै कम भएकाले बुधबारदेखि नै ...
  • बाढीले गाडी डुब्दा गर्भवतीसहित ६ को मृत्यु Aug 13, 2017 Arthatantracc flod
    रौतहट । लगातारको वर्षाका कारण जलमग्न बनेको रौतहटमा गाडी डुबेर गर्भवती महिला सहित ६ जनाको मृत्यु भएको छ । प्रसुतीका लागि लौकाहाबाट राजपुर अस्पतालमा जाँँदै गरेको जीप बाढीले बाटो कटान गरेको जानकारी नहुँदा डुबेको हो । राजपुर अस्पताल भन्दा सय मिटर पर बिहान ३ बजेतिर भारतीय नम्बरको जीप डुब्दा गर्भवती महिलासहित ६ जनाको मृत्यु भएको प्रहरी उपरिक्षक यज्ञ विनोद पोखरेलले बताए ...
  • ६७ किलोमिटर माईलेज दिने बाईक किन्ने कि ! बजारमा आयो Aug 11, 2017 Arthatantratvs stricker
    काठमाडौ। टिभिएस मोटरको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टिभिएिस स्ट्राइकर १२५ मोटरसाइकल सार्वजनिक गरेको छ । नयाँ मोटरसाइकलको विक्रि सुरुवातसँगै नेपाली बजारमा टिभिएस मोटरको प्रभाव अझ बलियो हुने विश्वास कम्पनीले गरेको छ । जगदम्बा मोर्टसका प्रवन्ध निर्देशक शाहिल अग्रवाल तथा नायक निखिल उप्रेतले नयाँ मोटरसाइकलको काठमाडौमा सार्वजनिक गरे । टिभिएस स्ट्राइकर कम इन्धन खपतमा उच्च क्षमतामा चल्ने हुँदा नेपाली बाटोमा ...
  • टाटाको टिगोर नेपालमा, मूल्य २३ लाख ४५ हजार Aug 10, 2017 Arthatantratata-tigor
    काठमाडौ। टाटा मोटर्सको लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले नयाँ स्टाइलव्याक टिगोर कार नेपाली बजारमा भित्र्याएको छ । चुस्त अत्याधुनिक डिजाइनले टिगोरले प्यासेन्सजर कार सेग्मेन्टमा नयाँपोर्टफोलियो तयार गर्ने कम्पनीको विश्वास रहेको छ । टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले बुधबार काठमाडौंको एक कार्यक्रम गरी ‘टिगोर’ सार्वजनिक गरेको हो । कम्पनीले यसलाई ‘स्मार्ट, स्टाइलिस एण्ड सेन्सेस्नल’ गाडीका रुपमा चिनाएको छ । युनिक ...
  • अबदेखि मन्त्री,सांसद र सरकारी कर्मचारीहरुलेले निजी क्षेत्रको बिमान चढ्… Aug 9, 2017 ArthatantraNAC
    काठमाडौ। मन्त्री, सांसद र सरकारी कर्मचारीहरुले नीजि कम्पनीका बिमान चढ्न नपाउने भएका छन् । बुधबार बसेको व्यवस्थापिका(संसद सार्वजनिक लेखा समितिले सार्वजनिक पद धारण गर्ने राजनीतिज्ञ र सरकारी कर्मचारीहरुलाई नेपाल वायु सेवा निगमकै जहाज चढ्न निर्देशन दिएको छ । समितिले सार्वजनिक पद धारण गर्ने राजनीतिक पदाधिकारी र राज्यकोषबाट तलब सुविधा लिने कर्मचारीलाई राष्ट्रिय ध्वजाबाहक जहाज नै चढ्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको ...