Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, पौष १ , २०७४  |  
Saturday, December 16, 2017
अन्य
  • यी हुन् इलाममा चन्दा असुल्दै गरेका अवस्थामा पक्राउ परेका भूपू सैनिकसहि… Dec 5, 2017 Arthatantraarrest
    इलाम । स्थानीयवासीबाट चन्दा संकलन गर्दै गरेको अवस्थामा इलाममा मंगलबार १२ जनालाई पक्राउ गरेको छ । भारतसँग सीमा जोडिएको सूर्योदय नगरपालिका–१ गोर्खेस्थित मंगलबारेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । निर्वाचन विरोधी गतिविधिसहित चन्दा असुल्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । गोर्खे प्रहरी चौकीबाट खटेर गएको प्रहरीको टोलीले गोर्खेस्थित सिंहदेवी मतदान केन्द्र आसपासका स्थानीयवासीबाट चन्दा संकलन गर्दै गरेको अवस्थामा पूर्व ...
  • विमानस्थलबाट यसरी पक्राउ परे चिनिया नागरिक Dec 5, 2017 Arthatantraarrest
    काठमाडौँ । तीन किलो सुनसहित एक चिनियाँ नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । एअर चाइनाको उडानद्वारा चीनको छिन्दु हुँदै काठमाडौँ आएका चिनियाँ नागरिक कुजिझुवमालाई विमानस्थलबाट सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । उनको साथबाट चार थान सुनको साधारण बाला र दुई थान बिस्कुट आकारको सुन गरी तीन किलो सुन प्रहरीले बरामद गरेको छ । बरामद सुन विमानस्थल भन्सार कार्यालयमा ...
  • निर्वाचन विरोधी गतिविधिमा संलग्न ४६ पक्राउ Dec 5, 2017 Arthatantraarrest
    चितवन । निर्वाचन विरोधी गतिविधिमा संलग्न गरी ४६ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । त्यसमा निर्वाचन विरोधी गतिविधिमा संलग्न विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २५ जना रहेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । निर्वाचनपूर्वको सुरक्षा रणनीतिअनुसार जिल्ला सुरक्षा समितिले शुरु गरेको खोजी अभियानका क्रममा विभिन्न आपराधिक क्रियाकलाप र निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको प्रहरीको दावी छ । चितवनमा ...
  • कोलोराडोमा यःमरी पुन्ही कार्यक्रम सम्पन्न Dec 4, 2017 Arthatantrayomari colorado
    नातिबाबु भट्ट कोलोराडो (अमेरीका) । यःमरी पुन्ही उपलक्ष्यमा कोलोराडो निवासी नेःवा समुदायले आईतबार एक कार्यक्रम आयोजनागरि यःमरी पुन्ही छन् । नेवा खःल कोलोराडोले आयोजना गरेको यःमरी पुन्ही कार्यक्रममा सहभागी भई यःमरी बनाएर खाई हस्र्सोलास सग यःमरी पुन्ही मनाएका हुन् । नेवाखःलका अध्यक्ष प्रेमकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली घरका पूर्व अध्यक्ष तथा समाज सेवी नारायण श्रेष्ठ, एनआरएन नर्वेका संस्थापक अध्यक्ष तथा प्रध्यापक बिशाल ...
  • धादिङमा विस्फोटक सामग्रीसहित दुई भारतीय नागरिक पक्राउ Dec 1, 2017 Arthatantrakhanikhola bom
      धादिङ । काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बसबाट दुई भारतीय नागरिकलाई प्रहरीले विस्फोटक सामग्रीसहित आज पक्राउ गरेको छ । धुनीबँेसी नगरपालिकास्थिगत त्रिभुवन राजपथको खानीखोलामा गाडी चेकजाँचको क्रममा ना७ ख ४९७६ नं को बसमा सवार भारत आसामका २३ वर्षीय राजु विश्वास र पश्चिम बंगालका ३० वर्षीय मोहमद फरमान अलीलाई विष्फोटक सामग्रीसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिए । बस चेकजाँचको क्रममा एउटा ...
  • आर्थिक समृद्धिका लागि गठबन्धन : नेता श्रेष्ठ Nov 27, 2017 Arthatantrakrishna gopal shrestha
    काठमाडौँ । नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठले मुलुकमा संविधान कार्यान्वयन गरी देशलाई आर्थिक समृद्धिमा लैजान वाम गठबन्धनलाई जिताउनुपर्ने बताउनुभएको छ । संयुक्त वाम गठबन्धनद्वारा आज नागार्जुन नगरपालिका–७ मा आयोजित चुनावी कार्यक्रममा उहाँले सो गठबन्धनले बहुमत प्राप्त गरी सरकारको नेतृत्व गरेमा पाँच वर्षभित्र मुलुकमा औद्योगिक क्रान्ति गरेर जनतालाई आर्थिक पहुँचमा विस्तार गर्ने बताउनुभयो । नेता श्रेष्ठले देशमा सरकारको स्थायित्व कायम हुन नसक्दा ठूला ...
  • अर्काको नागरिकता प्रयोग गर्ने म्यादी प्रहरी पक्राउ Nov 23, 2017 Arthatantramyadi-police-chunab-625x405-530x304
    अछाम । अछाम जिल्ला प्रहरी कार्यालय अछाममा भर्ना भएका म्यादी प्रहरीमध्ये एकजना नक्कली म्यादी पक्राउ परेका छन् । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीमध्ये किर्ते नागरिकता पेश गरी भर्ना भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिनुभयो । तुर्माखाद गाउँपालिका–४ बस्ने १८ वर्षीय सुरेश नेपालीले आफ्नै गाउँको जिल्ला बाहिर रहेका व्यक्तिको ...
  • गणेश पाण्डेको घरमा एक बोरा सुतली बम फेला Nov 23, 2017 Arthatantrasocket-bom-
    गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–७ श्रीनाथकोटको पाण्डे गाउँस्थित गणेश पाण्डेको घरमा एक बोरा सुतली बम भेटिएको छ । बोरामा तारसहित शंकास्पद वस्तु देखेपछि स्थानीयले आज दिउँसो प्रहरीलाई खबर गरेका थिए । पूराना भाँडा गालेर मूर्ति बनाउने क्रममाः बोरामा फेला परेको सो बम नेपाली सेनाको टोलीले शुक्रबार निष्क्रिय बनाइने प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो (रासस) प्रकाशित मिति ७ मंसिर २०७४
  • राज्यमन्त्री खड्काको घरमा बम विस्फोट Nov 21, 2017 Arthatantrachampadevi-khadka
    बागलुङ । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति बम विस्फोट भएको छ । राति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति भएको छैन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवारसमेत रहेकी राज्यमन्त्री खड्का घरमै रहेको समयमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक ...
  • सेयरधनीलाई २ कम्पनीको क्रमशः१६०% र ६०% हकप्रदको अवसर ! Nov 15, 2017 ArthatantraShare rights
    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स र नेसनल लाइफ इन्स्योरेन्स कम्पनिले हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । प्राइम लाईफले १६० प्रतिशत र नेसनल लाईफले ६० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डसँग अनुमति मागेका हुन् । दुवै कम्पनीले कार्तिक २७ गते बोर्डसँग अनुमति मागेका हुन् । प्राइम लाईफले १ः१.६० अनुपातमा ६१ लाख २ हजार कित्ता हकप्रद सेयर जारी गर्न अनुमति ...