Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • घट्न थाल्यो, सुनचाँदीको भाउ Jul 25, 2016 ArthatantraGold and Silver
    काठमाण्डौं । साताको दोस्रो दिन सोमबारआज आइतबारको तुलनामा सुन प्रतितोला २ सय रुपैयाँ घट्दै ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदीको भाउ पनि आज १० रुपैयाँ घटेको छ। हिजो आइतबार ८ सय ९० रुपैँयामा कारोबार भएको चाँदी आज घटेर ८ सय ८० कायम भएको छ।   प्रकाशितः २०७३ साउन १०
  • विद्यार्थी सवैभन्दा बढी नेपालीमै कमजोर Jul 25, 2016 Arthatantrastudent
    काठमाण्डौं । यसपालि एसएलसी नियमित र एक्जाम्टेड गरी ५ लाख ८८ हजार १ सय ५२ परीक्षार्थी सहभागी थिए। नियमिततर्फ ४ लाख ३७ हजार ३ सय २६ विद्यार्थी सहभागी रहेकोमा सबैभन्दा कम ‘ए’ प्लस भने नेपाली विषयमा ल्याएका छन्। नेपालीमा ६३ जनाले मात्र ‘ए’ प्लस ल्याएका छन्। ९०–१०० प्रतिशत ल्याउने ए प्लसम पर्छन्।  ‘डी’ ल्याउने ४३ हजार ६ सय ३३ जना छन्। ...
  • सेयर बजारको आजको कारोबार रोकियो, अब कहिले खुल्ला ? Jul 24, 2016 Arthatantrashare market stock
    काठमाण्डौं । आजबाट लागु हुने गरी घटेको ब्रोकर कमिसन दर सिस्टममा इन्ट्रि हुन समय लागेपछि सेयर कारोबार स्थगित भएको छ । आइतबार ११ बजेबाट खुल्नु पर्ने बजार घटेको दर सिस्टममा इन्ट्रि नभएकाले कारोबार रोक्नु परेको नेप्सेले जनाएकोछ । बोक्ररको घटेको दर इन्ट्रि गर्न केही समय लाग्नेछ । यसका लागि व्रोकरहरुले धितोपत्र वोर्डसँग भर्खरै छलफल सकेको छ भने अहिले नेपाल स्टक एक्सचेन्जमा छलफल ...
  • सरकार गठनमा एमालेले अघि सार्न सक्ने सम्भावित तीन विकल्प Jul 24, 2016 Arthatantra-kp-sharma-oli
    १. संविधान संशोधनको प्रस्ताव गर्ने संविधानमा नयाँ सरकार गठनको व्यवस्था नभएको एमालेले बताउँदै आएको छ । संक्रमणकालीन व्यवस्थाअन्तर्गत धारा २९८ मा एकपटकका लागि मात्रै सरकार गठनको व्यवस्था भएको र उक्त व्यवस्थाअनुसार ओली नेतृत्वमा सरकार गठन भइसकेको एमालेको दाबी छ । यो धारामा सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सकिने व्यवस्था भए पनि नयाँ सरकार गठनको व्यवस्था नभएकाले पहिला संविधान संशोधन गरेर संवैधानिक जटिलता ...
  • बिक्न थाल्यो, डीडीसीको ‘टी–मिल्क’ काठमाडौंमा दैनिक ३ हजार लिटर Jul 23, 2016 ArthatantraDDC Milk
    काठमाडौं । साउन १ गतेदेखि बजारमा आएको टी–मिल्क अहिले काठमाडौंमा दैनिक ३ हजार लिटर बिक्न थालेको  छ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले चिया र कफीका लागि छुट्टै उत्पादन गरेको दूध बजारमा छोटो समयमै निकै रुचाइएको छ । बजारमा बिक्री हुने दूधको ठूलो परिणाम चियामा प्रयोग हुने गरेको पाइएको भन्दै संस्थानले चियाका लागि छुट्टै दूध बजारमा ल्याएको हो । भारतमा ...
  • घट्न थाल्यो तेलको मुल्य Jul 23, 2016 Arthatantraoil
    काठमाडौं । कच्चा तेलको मूल्यमा शुक्रबार गिरावट आएको छ । अमेरिकाबाट प्रकाशित तथ्याङ्क र रिर्पोटहरुका अनुसार, इराकबाट हुने कच्चा तेलको आपूर्तिमा वृद्धि भएको छ र यसकारण तेलको मूल्यमा गिरावट आएको हो । विश्लेषकहरुका अनुसार, जमीन र जमीन मुनी दुवैमा तेलको संचय बढेकाले, माग र आपूर्तिमा असन्तुलन आएको हो । हालका दिनहरुमा अमेरिकी तेल उत्पादन घटेको भए तापनि भण्डारण भने निकै बढेको छ ...
  • भक्तपुर दुवाकोटमा ६ सय रोपनी जग्गामा सर्ने भो वीर अस्पताल ! Jul 22, 2016 Arthatantrahospital
    काठमाण्डौं । आज बसेको मन्त्रिपरिषदको बैठकले वीर अस्पताललाई भक्तपुरको दुवाकोटमा जग्गा प्राप्तीका लागि स्वीकृति दिएको छ । यो स्वीकृतिसँगै ६ सय रोपनी जग्गामा १ हजार शैयाको सुविधासम्पन्न नयाँ भवनमा वीर अस्पताल सर्ने भएकोछ । वीर अस्पताल अहिले महाबौद्धमा छ । अर्थमन्त्री विष्णु पौडेल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति गणेश गुरुङसहितको टोलीले हालै मात्र जग्गाको अवलोकन समेत गरेको थियो । ६ ...
  • कतै तपाईको सेयर कारोबार पनि यी २२ कम्पनीसँग त छैन ? कारवाहीमा परिएला ह… Jul 22, 2016 Arthatantrashare market loss
    काठमाण्डौं । सेयर कारोबारको व्यवस्था सार्वजनिक गर्दै आएका २२ कम्पनीलाई कारोबारको विबरण हेर्न सक्ने व्यवस्था तत्काल बन्द गर्न धितोपत्र बोर्डले निर्देशन दिंदै आइन्दा नियमकले निर्धारण गरेको व्यवस्था अनुसार मात्र त्यस्तो सुचना प्रवाह गर्न निर्देशन दिएको छ । हिजो एक विज्ञप्ति प्रकाशित गर्दै धितोपत्र बोर्डले केन्द्रीय निक्षेप कम्पनीकोे पूर्ब स्वीकृति नलिइ १९ वटा दलाल कम्पनी र ३ वटा मर्चेण्ट बैंकर गरि २२ ...
  • आज फेरी बढ्यो सुन, अब कहिले घट्ला त ! Jul 22, 2016 ArthatantraGold
    काठमाडौँ । साताको अन्तिम दिन शुक्रबार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढेर तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । हिजो बिहीबार सुन ५८ हजार २ सय रुपैयाँ कायम भएको थियो । केही दिनयता सुनचाँदीको भाउ तलमाथि हुने क्रम जारी छ । त्यस्तै चाँदीको भाउ हिजो २५ रुपैयाँ कम भएपनि आज फेरि १५ रुपैयाँ बढेको छ । हिजो ...
  • एनसेलद्वारा हाईड्रोलिक र्यामपम्प जडान, तीन गाउँले खानेपानी र सिंचाई सु… Jul 22, 2016 ArthatantraNcell-logo1
    काठमाण्डौं । एनसेलले ५ घण्टा लगाएर खानेपानी ओसारपोसार गर्नुपर्ने बाध्यता रहेको स्याङ्जा जिल्लाका तीन गाउँमा खानेपानी र सिचाईंका लागि हाईड्रोलिक र्यामपम्प जडान गरेकोछ । यसबाट एलादी, दिप्का र ठुलादी गाँउका बासिन्दाहरु प्रत्यक्ष लाभान्वित भएका छन् । डाडाँमा रहेका ती गाउँहरु महिलाहरुलाई तल रहेको खोलाबाट दैनिक झण्डै पाँच घण्टा लगाएर खानेपानी बोक्नु पर्ने बाध्यता थियो । यो प्रविधिले शुद्ध खानेपानीमा पहुँच पु¥याउनुका साथसाथै ...