Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • ट्याक्सी किन्न भूकम्प पीडितको २५ सय आवेदन Jul 22, 2016 Arthatantra-taxi
    काठमाडौं । सरकारले भूकम्प प्रभावितका लागि नयाँ ट्याक्सी दता गर्न आवेदन खुलाएको दुई दिनमै २५ सय भन्दा बढीले आवेदन दिएका छन् । बुधबार एक हजार १ सय २ र बिहिबार एक हजार ४ सय गरी दुई हजार ५ सय २ आवेदन दर्ता भएको यातायात व्यवस्था कार्यालय, सानारठूला सवारी, वाग्मतीका कार्यालय प्रमुख तिलक पौडेलले जानकारी दिए । “यही गतिमा आवेदन दर्ता भएमा ...
  • सेयर बजार आज १२ अंकले बढ्यो, इन्स्योरेन्समा देखिए लगानीकर्ता ! Jul 21, 2016 ArthatantraShare Market
    काठमाण्डौं । इन्स्योरेन्स समूहमा लगानीकर्ता झुम्मिएपछि हिजो बुधबार घटेको बजार आज विहीबार करिब १२ अंकले बढ्न पुगेकोछ । आज सेयरबजारमा १४१ कम्पनीको एक अर्ब ४८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । आज बिहीबार बजार बन्द हुँदा नेप्से परिसूचक १७९८.८३ अंकमा पुगेको छ । बजार बढेपनि कारोबार रकम भने हिजोको तुलनामा ६४ करोड रुपैयाँ घट्न पुगेकोछ । बैंकिङ र इन्स्योरेन्स समूह ...
  • काठमाडौका १९ पेट्रोल पम्पका शिल भित्रै तेल घटबढ गर्ने रिमोट चिप्स Jul 19, 2016 Arthatantrapetrol
    काठमाडौ । तेल भर्दै हुनुहुन्छ, होशियार ! अब सरकारी कर्मचारीकै मिलेमतोमा पेट्रोल पम्पहरुले तपाईलाई कम तेल दिन सक्छन् । हो यस्तै खुलासा सार्वजनिक भएको छ । त्यो पनि नेपाल सरकारकै सहसचिव लेबलमा कर्मचारी बाट । नेपाल सरकारका सहसचिव रामआधार साहले कर्मचारीको मिलेमतोमा पेट्रोल पम्पहरुले शिल भित्रै तेल थपघट गर्ने रिमोट चिप्स जडान गरि उपभोक्ता ठग्ने काम भईरहेको खुलासा गरेका छन् । ...
  • सुनको मूल्यमा फेरि बृद्धि, के भइरहेकोछ सुन बजारमा ? Jul 19, 2016 ArthatantraGold
    काठमाण्डौं । साताको तेस्रो दिन मंगलबार आज फेरि सुनको भाउ बढेको छ। सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ बढ्दै ५८ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सोमबार सुन ५८ हजार ५ सय रुपैयाँ कायम भएको थियो। त्यस्तै चाँदी भने आज स्थिर रहँदै हिजोकै भाउ ९ सय रुपैयाँमा कारोबार भएको छ। ४ साउन २०७३, १२।००
  • हाइड्रोको हकप्रद सेयर भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ? Jul 19, 2016 ArthatantraHydro power
    काठमाण्डौं । रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयरको आवेदन भर्ने आज अन्तिम दिन रहेकोछ । कम्पनीले गत असार १ गतेदेखि १० बराबर ३.५ का दरले ११ लाख ५५ हजार कित्ता हकप्रद सेयरको निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । सो हकप्रदका लागि जेठ १३ गतेसम्म कायम सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ...
  • यातायात व्यवस्था विभागद्वारा सवारी लाइसेन्सका विविध शुल्कमा भारी बृद्ध… Jul 18, 2016 Arthatantravehicle license Nepal
    काठमाण्डौं । यातायात व्यवस्था विभागले हिजो साउन २ गतेदेखि लागू हुनेगरी सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को आवेदन दस्तुर, नयाँ लिने र प्रतिलिपी शुल्कमा भारी वृद्धि गरेको छ। यातायात व्यवस्था कार्यालयले सोमबारदेखि लाइसेन्स लिन लिखित परीक्षाको फारम शुल्क २ सय रुपैयाँबाट बढाएर ५ सय रुपैयाँ बनाएको छ । त्यस्तै दुई पाङ्ग्रे सवारी साधनको लाईसेन्स लिँदा लाग्ने ७ सय रुपैयाँ बढाएर १५ सय ...
  • हावाबाट बिजुली निकाल्न प्रस्ताव गर्ने कम्पनी बेपत्ता Jul 18, 2016 ArthatantraElectricity
    काठमाण्डौं ।  हावाबाट तीन हजार मेगावाट बिजुली उत्पादनको प्रस्ताव गर्ने कम्पनी सम्पर्कविहीन भएको छ। दी गोर्खाज युकेले प्रस्ताव पेस नगरेपछि लगानी बोर्डले निर्णय खारेजीको तयारी गरेको छ। प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डको ११ माघको बैठकले हावाबाट बिजुली उत्पादन गर्न तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पेस गर्न दी गोर्खाज युकेलाई निर्देशन दिएको थियो। बोर्डले निर्देशन दिएको ६ महिना पुग्ने वेलासम्म कम्पनीले ...
  • करोडौंको राहत रकम खोइ ? Jul 18, 2016 Arthatantranepali rupees
    काठमाण्डौं । ‘वैशाख १२’ महाभूकम्पको केही घण्टा नबित्दै फ्लोरिडाको टेम्पा सहरकी प्रतिज्ञा तामाङले अर्थ संकलनका लागि ‘गोफन्ड मी’ नामक अनलाइन प्लेटफार्ममा खाता खोलिन्। अभियानको नाम राखियो, ‘भूकम्प पीडितहरूका लागि घर’। सहयोग याचनामा वसन्तपुर दरबार क्षेत्रमा भत्किएका घरहरूका तस्बिर पोस्ट गरियो। तामाङको त्यो सुरुवाती अभियानले धेरैको सहानुभूति पायो। तामाङले सात महिनाकै अवधिमा १ करोड २० लाख रुपैयाँभन्दा बढी रकम एक्लैले संकलन ...
  • स्वास्थ्यको लिलामी, चार लाख आम्दानी Jul 17, 2016 Arthatantradohs
    काठमाडौ । स्वास्थ्य सेवा विभागमा विभिन्न सामग्रीको लिलामीबाट करिब चार लाख रुपैंया आम्दानी भएको छ । विभागको आपूर्ति व्यवस्थापन महाशाखाले लामो समय देखि काम नलाग्ने अवस्थामा पुगेका कम्प्युटर, प्रिन्टर, फ्रिज, यूपिएस, फर्निचर लगायतका सामग्रीको लिलामीबाट गत आर्थिक वषमा तीन लाख ९९ हजार ९ सय रुपैंया राजस्व सङ्कलन गरेको हो । महाशाखाले विभागमा प्रयोगविहीन भएका, बिग्रिएका र काम नलाग्ने भएका कार्यालय सामग्रीको २०७३ ...
  • २ लाख ६० हजार खर्च गरेर बनाइयो परेवालाई घर ! Jul 17, 2016 ArthatantraBaglung_Kalika-Manir
    बागलुङ । बागलुङ कालिका मन्दिरको झ्याल, बुइँगल र छानामा रात काट्ने परेवा सुरक्षित बासमा सरेका छन् । परेवाको बध रोकेको मन्दिरले रु दुई लाख ६० हजारको लागतमा एकैसाथ ५५० जोडी परेवा अट्ने सुरक्षित घर ९गन्ज० निर्माण गरिएको छ । गुठी व्यवस्थापन समितिका अनुसार सो संरचना बनाउन पशुसेवा कार्यालय बागलुङले रु दुई लाख सहयोग गरेको थियो भने गुठीको आन्तरिक कोषबाट रु ६० ...