Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • स्याउको राजधानीमै ३३ हजार स्याउका विरुवा वितरण ! Jul 17, 2016 Arthatantraapple plant
    मुस्ताङ । स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा ३३ हजार स्याउका बिरुवा वितरण गरिएको छ । आव २०७२÷७३ मा स्याउको विकासका लागि कृषकलाई ५० प्रतिशत अनुदानमा ३३ हजार बिरुवा वितरण गरिएको हो । कृषकलाई गोल्डेन, रोयल, रेड, रिचाअरेड र फुजी डेलिसिस जातका स्याउका बिरुवा वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ । कृषकलाई व्यावसायिक स्याउ खेतीमा आबद्ध गराई ...
  • ७ सय रुपैयाँले घट्यो सुन Jul 16, 2016 ArthatantraGold
    काठमाण्डौं । यो साता सुनको मूल्यमा प्रतितोला ७ सय रुपैयाँले घट्दा चाँदी भने स्थिर रहेको छ। गत आइतबार प्रतितोला ५९ हजार रुपैयाँ रहेको सुन शुक्रबारसम्म आउँदा ५८ हजार ३ सय रुपैयाँमा झरेको छ। चाँदी भने यो साता महँगिएको छ। आइतबार प्रतितोला ९ सय ५ रुपैयाँ रहेको चाँदी शुक्रबार पनि ९ सय ५ रुपैयाँमै कायम रह्यो। यो एक हप्ताको  बीचमा चाँदीको मूल्य प्रतितोला ...
  • केरा बेचेर लखपति ! Jul 16, 2016 Arthatantrakera_kheti
    काठमाडौं । पश्चिम चितवन जगतपुरका घननाथ महतोले व्यवसायिक रुपमा केरा खेती गर्न थालेको चार वर्ष भयो । यति बेला केरा स्यहार्न व्यस्त महतोले १६ विघामा केरा लगाएका छन् । केरा खेतीबाट उनले वार्षिक २४ लाख रुपैयाँ आम्दानी गर्छन् । ‘वार्षीक एक विघामा डेढ लाख नाफा बच्छ’ उनले भने, ‘अहिले सरकारले बिमाको व्यवस्था गरेपछि केरा खेतिमा समस्या भएको छैन ।’ बैंकमा काम गर्दै ...
  • प्रचण्डलाई फकाउँदै ओली सरकारका मन्त्री Jul 16, 2016 ArthatantraPrachanda
    काडमाण्डौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सत्तारुढ गठबन्धनकै मन्त्रीहरुले भेटघाट तीब्र पारेका छन्। नयाँ गठबन्धनमार्फत निर्माण हुने सरकारमा पर्न उनीहरु व्यवस्थापिका संसददेखि प्रचण्डको निवासै पुग्ने गरेका छन्। माओवादी स्रोतका अनुसार अहिलेसम्म ओली नेतृत्वको सरकारमा सामेल मन्त्रीकै दलका २० भन्दा बढी सांसदले कांग्रेस माओवादी गठबन्धनमा साथ दिने प्रतिबद्धता जनाइसकेका छन्। दुई ...
  • नेपाली गुगल ब्वाई आदित्यलाई सरकारले दिने भो १ करोड ! Jul 15, 2016 Arthatantranepali google boy Aditya-Dahal
    काठमाण्डौं । सरकारले ‘गुगल ब्वाई’ भनेर चिनिने आदित्य दाहालको संरक्षणका लागि आदित्य संरक्षण प्रतिष्ठानलाई एक करोड रुपैयाँ दिने निर्णय गरेको छ। आज शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले प्रतिष्ठानको सवारी साधन, आवास र साधनाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि उक्त रकम दिने निर्णय गरेको हो । ३१ असार २०७३, १।३०
  • घट्दैछ सुनको भाउ, आज पनि भारी मात्रामा घट्यो ! Jul 15, 2016 Arthatantragold-
    काठमाण्डौं । साताको अन्तिम दिन आज शुक्रबार पनि सुनचाँदी दुवैको भाउ घटेको छ। एकैदिन ४ सय रुपैयाँले घटेर सुन आज प्रतितोला ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुन ५८ हजार ७ रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै निरन्तर बढिरहेको चाँदीको भाउ आज पनि ५ रुपैयाँ घटेको छ। मूल्य घटेसँगै चाँदी आज ९ सय ५ रुपैयाँमा कारोबार ...
  • मन्त्री छान्दै प्रचण्ड Jul 15, 2016 ArthatantraPrachanda
    काठमाण्डौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्र र जनतामा केन्द्रीत मुद्दाको सम्मान गर्न सक्ने बढीमा २५ सदस्यी मन्त्रिपरिषद गठन गर्न पार्टीभित्रै नेताहरुले सुझाव दिएका छन्। प्रचण्डलले आफ्नो नेतृत्वमा गठन हुने भावी सरकारको संरचना र त्यसमा पार्टीको प्रतिनिधित्वका लागि विशेष गृहकार्यको जिम्मेवारी महासचिव कृष्णबहादुर महरालाई दिएका छन्। यसअनुसार महराले पार्टीको नेतृत्वसँग अनौपचारिक परामर्श थालेको जानकारी स्रोतले दियो। महराले गृहकार्यको आधार संविधान ...
  • २८ अंकले बढ्यो सेयर बजार, करिब तीन साता यताकै उच्च बृद्धि ! Jul 14, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । मौद्रिक नीति सार्वजनिक भएकै दिन नेप्से सूचक २७ दशमलव ७२ प्रतिशतले बढेको छ । यो तीन साता यता एकै दिन भएको बृद्धि हो। आज कारोबार रकम पनि बढ्न पुगेकाछ । दिनभर आज एक अर्व ४६ करोड रुपैयाँको सेयर कारोवार भयो। आज बिहीबार बैंकिङ समूहको सेयर सूचक २६ अंक र अन्य समूहको ३२ अंकले बढ्न पुगेकोछ । त्यसैगरी होटल समूह ...
  • नयाँ मौद्रिक नीतिः लघुवित्तको स्प्रेड दर ७ प्रतिशत Jul 14, 2016 ArthatantraNrb
    हरिशरण न्यौपाने । काठमाडौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७३/०७४ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बिहिबार सार्वजनिक गरेको मौद्रिक नीतिले पहिलोपटक लघुवित्त कम्पनीको स्प्रेड दर तोकेको हो । यस अघि लघुवित्त कम्पनीहरुको स्प्रेड दर निर्धारण गरिएको थिएन् । अब लघुवित्त कम्पनीहरुले ७ प्रतिशत स्प्रेड दरमा लगानी गर्नुपर्नेछ । लघुवित्त कम्पनीहरुले बैंकबाट ४ प्रतिशत ...
  • लगानी बोर्डका सिइयोको नियुक्तिमा कारण देखाऊ आदेश ! Jul 14, 2016 ArthatantraLaagani board
    काठमाण्डौं । सर्वोच्च अदालतले लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ९सीईओ० महाप्रसाद अधिकारीको नियुक्तिको आधार पेस गर्न सरकारलाई कारण देखाऊ आदेश दिएको छ । प्रमुख हुन आवश्यक न्यूनतम शैक्षिक योग्यता नभएको भन्ने प्रश्न उठाई उनको नियुक्ति गैरकानुनी भएको दाबीसहित पूर्वसीईओ राधेश पन्तले सर्वोच्चमा रिट दर्ता गराएका थिए । पन्तले मन्त्रिपरिषद्, प्रधानमन्त्रीको कार्यालय, सीईओ छनोट समितिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेल, छनोट समितिका ...