Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • नेपाल टेलिकममा नयाँ प्रबन्धक निर्देशकको खोजी, कसले दिन पाउँछन् त आवेदन… Jul 9, 2016 Arthatantra
    काठमाडौं ।सरकारी स्वामित्वको रुपमा रहेको नेपाल टेलिकममा नयाँ प्रबन्ध निर्देशक छनौंट प्रक्रिया सुरु भएको छ । हालका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यको कार्यकाल सकिन लागेपछि सूचना तथा सञ्चार मन्त्रालयले नयाँ प्रबन्ध निर्देशकको खोजी गरेको हो । सूचना तथा सञ्चार मन्त्रालयले बनाएको नाम छनौंट समितिले प्रबन्ध निर्देशकको खोजी सुरु गरेको हो । छनौंट समितिले शनिवार सूचना प्रकाशित गर्दै २१ दिनभित्र प्रस्ताव मागेको ...
  • अन्तराष्ट्रिय सहकारी महासङ्घको साधारणसभा काठमाडौँमा हुँदै Jul 9, 2016 Arthatantrasahakari_
    काठमाडौँ । अन्तराष्ट्रिय सहकारी महासङ्घको एसिया–प्यासिफिक सङ्गठनको साधारणसभा यही असार २८ देखि ३०गतेसम्म  काठमाडौँमा हुने भएको छ । हरेक दुई वर्षमा हुने सो साधारणसभामा इरान, फिलिपिन्स, थाइल्यान्ड, श्रीलङ्का, बङ्गलादेश, चीन, नेपाल तथा भारतका २० संस्थाका २५० जनाको सहभागिता रहने बताइएको छ । कृषि सहकारीको विकास सञ्जालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो सभामा जडीबुटी, मह र चिसो पानीको माछा ट्राउटसम्बन्धी छलफल ...
  • हेल्लो सरकारलाई प्रश्न–बाबा तपाईँ कहिले आउनुहुन्छ ? Jul 9, 2016 Arthatantrahello sarkar
    काठमाडौं । प्रधानमन्त्री कार्यालयमा रहेको जनगुनासो व्यवस्थापन एकाइ अर्थात हेल्लो सरकारमा वास्तविक उजुरी र गुनासो भन्दा धेरै ‘ब्लफकल’ आउने गरेको छ। हेल्लो सरकारले सुरु गरेको टोल फ्री नम्बर अर्थात पैसा नलाग्ने फोनमा आउने ‘ब्लफकल’ले कर्मचारीहरु भने हैरान भएका छन्। एकाइका उपसचिव प्रधुम्न उपाध्यायले भने,‘निजी गन्थन र पारिवारिक कुरा सुनाउन पनि कतिले फोन गर्छन्। जसले हाम्रा कर्मचारीको समय बर्बाद भएको छ।’ उनका अनुसार ...
  • लघु वित्त विकास बैंकद्वारा २० बालबालिकालाई छात्रवृत्ति वितरण ! Jul 8, 2016 Arthatantraswarojgar bikas bank
    काभ्रे । स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेड शाखा कार्यालय पनौतीको तेश्रो केन्द्रीय भेलामा उत्कृष्ट हुन सफल दश केन्द्रका २० जना बालिकालाई छात्रवृत्ति वितरण गरिएकोछ । बैंकका वरिष्ठ प्रबन्धक मनोज कृष्ण उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा उनले बैंकले भविष्यमा यस्ता कार्यक्रमहरुलाई अझ बढाउँदै लैजाने जानकारी दिएका थिए । बैंकका शाखा प्रबन्धक शुशिल पौडेलले कार्यक्रमको उद्घेश्य माथि प्रकाश पार्नुका साथै लघुवित्तबाट सदस्यले ...
  • भूकम्पपीडितको खातामा जम्मा भयो पहिलो किस्ताको ५० हजार रूपैयाँ ! Jul 7, 2016 ArthatantraBhaktapur Earthquake
    काठमाण्डौं । भूकम्प अतिप्रभावित उपत्यका बाहिरका ११ जिल्लामा विस्तृत घरधुरी सर्वेक्षण सम्पन्न भएको छ । यसका साथै, अनुदान सम्झौता गरेका २४ हजार ४ सय २८ घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान ५० हजार रूपैयाँ जम्मा भइसकेको छ । अनुदान पाउने सूचीमा परेका घरधनीसँग अनुदान सम्झौता गर्ने र पहिलो किस्ताको अनुदान रकम उपलब्ध गराउने क्रम जारी रहेको पुर्निनर्माण प्राधिकरणले जनाएको छ । ...
  • कोइरालाको स्वास्थ्यमा सुधार हुँदै, औषधिको मात्रा घटाइयो Jul 7, 2016 ArthatantraDr-Shashank-Koirala
    काठमाण्डौं ।  नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा सुधार आएको ओम अस्पतालले जनाएको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार कोइरालाको अवस्था अझै गम्भीर रहेकाले भेन्टिलेटरमै राखेर उपचार भइरहेको छ । केही सुधार आएको तर अवस्था अझै पनि जटिल नै रहेको अस्पतालले जनाएको छ । ‘आज बिहान मान्छे चिन्ने, आखाँ खोलेर प्रतिक्रिया जनाउनेसम्मको सुधार देखिएको छ,’ उपचारमा संलग्न चिकित्सक लव नरसिंह जोशीले ...
  • ४५ कर्मचारी विदेश भ्रमणमा निस्किएपछि अर्थ मन्त्रालय रित्तै Jul 6, 2016 Arthatantraartha-mantralaya_Nepal
    काठमाडौं । तपाई अहिले अर्थ मन्त्रालयमा जानुभयो भने त्यहाँ तपाईले खोजेका सरकारी अधिकारीहरुसँग आफ्ना गुनासा वा जिज्ञासा राख्न पाउनुहुनेछैन । कारण के होला ? अर्थ मन्त्रालयमा आफूले खोजेका व्यक्ति किन फेला पर्दैनन् रु तपाईहरुको मनमा जिज्ञासा उत्पन्न हुनु स्वभाविक नै हो । तर, अहिले अर्थ मन्त्रालय र अर्थ मन्त्रालयअन्तर्गतका हाकिमदेखि तल्लो तहका कर्मचारी संघीयता, कर प्रणाली, राजस्व संकलन गर्न के कस्ता ...
  • आयो जुत्ता किन्दा बाइकको धनी बन्ने योजना ! Jul 5, 2016 Arthatantramotorcycle bike
    काठमाण्डौं । नेपाली जुत्ता घर प्रालिले स्क्र्याचमा मनी , बम्परमा बाइक धनी उपहार योजना ल्याएको छ । कम्पनीले आगामी दशै तिहारलाई लक्षित गर्दै योजना सञ्चालन गरेको हो । हिजो सोमवारदेखि लागु सो योजना अन्तर्गत प्रथम हुने एक जनालाई मोटरसाइकल, द्धितिय हुने एक जनालाई ल्यापटप र तृतीय हुने एक जनाले २१ इञ्चको एलइडी टिभी दिइने बताएको छ । त्यस्तै चौथो हुनेलाई २१ इन्चको मनिटर ...
  • किन हटाइयो नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत Jul 5, 2016 Arthatantra_nepal_insurance company
    काठमाण्डौं ।  कम्पनीमा नियुक्त हुँदा दिइएको जिम्मेवारी पूरा गर्न नसकेको भन्दै नेपाल इस्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदसँग व्यवस्थापन समितिले करार भङ्ग गरेको छ। सञ्चालक समितिको यही असार १७ गतेको बैठकले प्रमुख कार्यकारी अधिकृत साउदसँगको करार सम्झौता आजैको मितिदेखि समाप्त गर्ने निर्णय गरेको बोर्ड सचिव चन्द्रनाथ उप्रेतीले जानकारी दिए। सञ्चालक समितिले उनलाई विसं २०७१ साल माघमा चार वर्षका लागि प्रमुख कार्यकारी ...
  • बोनश सेयरसँगै रिलायबलले ल्याउने भो शतप्रतिशत सेयर ! Jul 4, 2016 Arthatantra
    काठमाण्डौं । रिलायबल डेभलपमेन्ट बैंकको दशौ बार्षिक साधारण सभाले एक बराबर एक हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको गत आर्थिक बर्षको मुनाफाबाट दश प्रतिशत बोनश सेयर वितरण पश्चात हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीमा दश प्रतिशत बोनश सेयर वितरण पश्चात शतप्रतिशत हकप्रद जारी गर्ने पनि निर्णय गरेको छ । हाल रिलायबलको चुक्ता ...