Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
अन्य
  • मनपरी गर्ने अनलाइन जुनसुकै बेला पनि बन्द हुनसक्ने Jun 18, 2016 Arthatantraonline-1
    काठमाडौं । पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरनेशल फेडरेशन अफ जर्नालिस्ट (आइएफजे) ले नयाँ निर्देशिकामार्फत् नेपाल सरकारले अनलाइन मिडियामाथि अंकुश लगाएर प्रेस स्वतन्त्रता कुन्ठित गर्न खोजेको भन्दै चासो देखाएको छ । आइएफजेले उक्त निर्देशिका तत्काल फिर्ता गर्नसमेत माग गरेको छ । सरकारद्वारा तीनदिन अघि ल्याइएको उक्त निर्देशिकामा मनपरी गर्ने अनलाइनलाई सूचना विभागले जुनसुकै बेला बन्द गर्ने सम्मको प्रावधान राखिएको छ । ‘सरकारले आफूअनुकुल समाचार ...
  • अब तीन दिनमै मिल्छ पासपोर्ट ! Jun 17, 2016 Arthatantrapassport
    काठमाण्डौं । राहदानी विभागले १० हजार रुपैयाँ तिरेर एक हप्तामा पाइने राहदानीलाई अब तीन दिनमै प्रदान गर्ने भएको छ। असार १५ गतेदेखि तीन दिनभित्रै राहदानी पाउने व्यवस्था मिलाइएको विभागका महानिर्देशक लोकबहादुर थापाले जानकारी दिए। ‘अहिलेसम्म रु १० हजार तिरेर एक हप्तामा पाउने राहदानी अब सोही शुल्कमा नै तीन दिनमा वितरण गर्ने व्यवस्था मिलाएका छौँ,’ उनले भने। हिजो बसेको मन्त्रीपरिषद्को बैठकले राहदानी ...
  • अब ट्विटरमा ब्लक गर्न झनै सजिलो Jun 16, 2016 Arthatantratwitter
    काठमाण्डौं । ट्विटरले ब्लकिङ (Blocking) विकल्पलाई अझै सजिलो बनाएको छ। कुनै प्रयोगकर्ताको प्रोफाइलमा नगई ब्लक (Block)गर्न सकिने कम्पनीले जनाएको छ। कुनै अश्लील वा गलत शब्दको प्रयोग गरिएको ट्विट भएमा सिधै ब्लक गर्न सकिने छ। यसका लागि उक्त ट्विटमा क्लिक गर्ने। ट्विटको छेउमा तीन थोप्लामा क्लिक गरेपछि ब्लकको विकल्प देखाउँछ। ब्लक गर्न चाहेमा विकल्पमा क्लिक (Click) गर्ने। प्रकाशितः २०७३ असार २
  • आजबाट एनसेलको नाइट एसएमएस प्याक सञ्चालनमा Jun 15, 2016 Arthatantra
    काठमाडौं । एनसेलले आज बेलुका १० बजेदेखि लागु हुने गरि ‘नाईट एसएमएस प्याक’ नामक आकर्षक योजना ल्याएको छ । यो योजना अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले कुनै पनि एनसेलका नम्बरमा हरेक दिन बेलुका १० बजे देखी विहान ६ बजे सम्म मात्र रु ५ (कर बाहेक) मा १०० एसएमएस पठाउन सक्ने बताइएको छ । नाईट एसएमएस प्याक यही बुधबार (असार १) ...
  • फेरि सडक विस्तार हुँदै, फेरि भत्काइने भयो घर, टहरा ! Jun 14, 2016 ArthatantraKathmandu Road Expansion
    भक्तपुर । डिभिजन सडक कार्यालय भक्तपुरले जिल्लाका तीन ठूला सडक कौशल्टार–बालकोट–बिरुवा सडक, विष्णु कुण्ड– सिद्धिकाली चोक– पुरानो बाटो थिमी सडक र बाखाहा बजारबाट हुलाक रोड हुँदै नगरपालिका कार्यालय– मिलरोड– मनोहरा खोलासम्मको सडक विस्तार सुरु गरेकोछ । कौशलटारबाट बालकोट हुँदै बिरुवा जाने सडकमध्ये पहिलो चरणमा तीन करोड ७९ लाख ७८ हजारको लागतमा कौशलटारदेखि बालकोटसम्मको एक किमी सडक विस्तार गरिने भएको छ । ...
  • नेपालमा लगानीका सम्भावना अध्ययन गर्दै चिनियाँ टोली Jun 14, 2016 Arthatantranepal china
    काठमाडौं । पूर्वी क्षेत्रमा औद्योगिक लगानीको सम्भावनाबारे अध्ययन गर्न चिनियाँ उद्योगीको टोली विराटनगर पुगेको छ । सुनसरी मोरङ औद्योगिक करिडोर र पूर्वी नेपालको औद्योगिक अवस्थाबारे जानकारी लिन पुगेको टोलीले नेपालमा जलविद्युत र औद्योगिक क्षेत्रमा सात सय लगानिकर्ता ल्याउन सकिने जानकारी दिएको छ । सोमबार बिराटनगर पुगेको चिनिया ग्लोबल एनजीओ युनियनका अध्यक्ष चौहुई जोनले विराटनगरमा उद्योगी व्यवसायीहरुसँगको छलफलमा चीनका लगानिकर्तालाई ल्याउन सकिने बताएका ...
  • ग्यास सिलिन्डरको मूल्य आफूखुसी बढाइयो Jun 13, 2016 ArthatantraLPG Gas
    काठमाडौं । ग्यास उद्योगीहरुले खाली सिलिन्डरको धरौटी रकम ५ सय रुपैयाँसम्म बृद्धि गरेका छन् । सिलिन्डरकै मूल्य बढेपछि भरिएको ग्यायासको मूल्य ४ हजार रुपैयाँसम्म तिर्न उपभोक्त बाध्य भएका छन् । नबकग्यास विक्रेता महासंघका अनुसार उद्योगीले अभावको मौका छोप्दै खाली ग्यास सिलिन्डरको मूल्य हृवात्तै बढाएका छन् । सवैभन्दा महँगो सिलिन्डरमा श्रीमाया कम्पनीको छ । श्रीमायाको एउटा सिलिन्डरको मूल्य २ हजार ५ सय रुपैयाँ ...
  • सुरक्षित आप्रवासन परामर्श केन्द्रमा प्रजिअले लगाए ताला Jun 12, 2016 ArthatantraDAO letter
    धादिङ । यहाँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले गृह मन्त्रालयको निर्देशनको ठाडो अवज्ञा गर्दै शुक्रवार प्रहरी लगाएर सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा ताला लगाएका हुन् । बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई आवश्यक परामर्श सेवा दिनका लागि जिल्ला प्रशासन कार्यालय भित्र सञ्चालन गरिएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र वन्द गर्न प्रजिअ सुवेदीले पटक पटक चेतावनी दिएका थिए । श्रम तथा रोजगार ...
  • डलर साट्न हिच्किचाउँदै बैंक Jun 12, 2016 Arthatantrabank
    काठमाडौं । बैंकहरु डलर साट्न हिच्कचाउन थालेको छन् । नगद साट्दाभन्दा डेबिट कार्ड लिन लगाउँदा फाइदा हुने भएकाले उनीहरु डलर साट्न हिच्किचाउन थालेका हुन् । बैंकमा खाता खोलेर डेबिट कार्ड लिँदा करिब १ हजार तिर्नूपर्ने हुन्छ । यसले बैंकको आम्दानी बढ्छ । बैंकहरुले विदेश जान चाहनेलाई भिसा सहित राहदानी देखाएर २ हजार ५ सय डलर साटिदिन्छन् । तर, बैंकहरुले भने सकेसम्म रकम ...
  • रत्नपार्कमा अब प्रतीक्षालय र खाजाघर पनि बन्दै Jun 11, 2016 ArthatantraRatnapark
    काठमाडौंँ । रत्नपार्कमा आउने अवलोकनकर्ताको सुविधालाई ध्यानमा राख्दै केही समयमा पार्क्भित्र प्रतीक्षालय र खाजाघर बनाउने तयारी गरिएको छ । गत चैतको पहिलो सातादेखि रत्नपार्कमा इन्टरनेट सुविधा उपलब्ध भएसँगै त्यहाँ जाने अवलोकनकर्तालाई व्यवस्थापन गर्नका लागि प्रतीक्षालय र खाजाघर राख्न लागिएको कामपा, रानीपोखरी एकाइका सहायक प्रमुख उमेश भण्डारीले जानकारी दिए । उनका अनुसार गत शनिबार मात्रै रत्नपार्कमा अवलोकन गर्न आउने तीन हजार ११० जना ...