Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अन्य
  • रत्नपार्कमा अब प्रतीक्षालय र खाजाघर पनि बन्दै Jun 11, 2016 ArthatantraRatnapark
    काठमाडौंँ । रत्नपार्कमा आउने अवलोकनकर्ताको सुविधालाई ध्यानमा राख्दै केही समयमा पार्क्भित्र प्रतीक्षालय र खाजाघर बनाउने तयारी गरिएको छ । गत चैतको पहिलो सातादेखि रत्नपार्कमा इन्टरनेट सुविधा उपलब्ध भएसँगै त्यहाँ जाने अवलोकनकर्तालाई व्यवस्थापन गर्नका लागि प्रतीक्षालय र खाजाघर राख्न लागिएको कामपा, रानीपोखरी एकाइका सहायक प्रमुख उमेश भण्डारीले जानकारी दिए । उनका अनुसार गत शनिबार मात्रै रत्नपार्कमा अवलोकन गर्न आउने तीन हजार ११० जना ...
  • आईएमई सोह्रौं वर्षमा प्रवेश : रक्तदान कार्यक्रम आयोजना Jun 10, 2016 ArthatantraIME
    काठमाण्डौं । नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमई लिमिटेडले आजदेखि आफ्नो स्थापनाको १६ औं वर्ष प्रवेशको अवसरमा रक्तदान सहित विविध कार्यक्रम आयोजना गरेको छ । सामाजिक उत्तदायित्व अन्तर्गत स्वास्थ्य एवं सुरक्षा, सामाजिक सहयोग, शिक्षा र वातावरण जस्ता चार क्षेत्रमा कम्पनीले सहयोग पु¥याउदै आएको छ । यसपटकको वार्षिकोत्सवमा सेन्ट्रल ब्लड ट्रान्सफ्युजन सर्भिस र नेपाल भोल्युन्टर ब्लड डोनर सोसाइटीको सहकार्यमा आफ्नो केन्द्रीय कार्यालय ...
  • पाथीभरामा उठ्यो १७ दिनमै सवा २० लाख भेटी ! Jun 10, 2016 Arthatantrapathibhara_mata
    ताप्लेजुङ । यहाँ अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा १७ दिनमै २० लाख १४ हजार ७०० रुपैयाँ भेटी रकम सङ्कलन भएको छ। यही जेठ ५ देखि २१ गते सम्मको अवधिमा स्वदेशी तथा विदेशी दर्शनार्थीबाट यतिका रकम जम्मा भएको पाथीभरा भेटीघाटी व्यवस्थापन समितिले जनाएको छ। विशेषगरी वैशाखपछि वर्षा लगायतका कारण कमै मात्र तीर्थालु आउने गरे पनि गत वर्षको तुलनामा यस वर्षको जेठ महिनामा धेरै ...
  • नासा कास्कीको अध्यक्षमा पुन श्रेष्ठ Jun 9, 2016 ArthatantraNASA (8)
    सुरेन्द्र पौडेल, पोखरा । नेपाल अटोमोबाइल एसोसिएसन (नासा) कास्कीको अध्यक्षमा पुनः शिव श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार पोखरामा सम्पन्न अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । एसोसिएसनको उपाध्यक्षमा खेम ढकाल र कृष्णमान बुध्दाचार्य, सचिवमा प्रवेश पौडेल, कोषाध्यक्षमा दीपेन्द्र कोइराला चयन भए । सदस्यहरूमा देव नकर्मी, कपिलकिरण श्रेष्ठ, निरव नाल्मी, प्रज्वल रञ्जित र रेविना श्रेष्ठ चयन भएका छन् ...
  • नेपाल प्रहरीको सेवा पनि १० देखि ५ बजेसम्म मात्र ! Jun 9, 2016 ArthatantraNepal_Police_
    काठमाण्डौं । नेकपा माओवादी विप्लव समूहले गरेको बन्दका कारण सर्वसाधारण मारमा परेको भन्दै नेपाल प्रहरी निःशुल्क बस सेवा सञ्चालन गरेको छ। ‘नागरिक सहजताको लागि’ भन्दै साँझ ५ बजे सम्मका लागि दुई रुटमा बस सञ्चालनमा ल्याइएको हो। रुट १ अन्तर्गत कलंकी-कालिमाटी -त्रिपुरेश्वर-सहिदगेट-रत्नपार्क-दरबारमार्ग-नक्साल-पुतलीसडक-माइतीघर-कुपन्डोल-पुल्चोक-जावलाखेल-एकान्तकुना-बल्खु रुटमा बस चल्नेछ। यस्तै रुट नम्बर २ अन्तर्गत नक्साल -मैतीदेवी -गौशाला -कोटेश्वर -तीनकुने -बबरमहल -माइतीघर -त्रिपुरेश्वर -सहिदगेट -लैनचौर -लाजिम्पाट -नारायणगोपाल चोक -बालुवाटार ...
  • टाटाको सस्तो कार ‘नानो’ अब नयाँ स्वरुपमा आउने Jun 8, 2016 Arthatantranano car
    काठमाण्डौं ।  टाटाको सबैभन्दा सस्तो कार नानो नयाँ स्वरुपमा आउने भएको छ। नयाँ नानोको स्वरुप टाटाकै पछिल्लो ह्याब्याक कार टियागोसँग मिल्ने अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन्। कम्पनीले नयाँ नानोलाई ‘पेलिकन’ नामबाट लन्च गर्न सक्ने बताइएको छ। यसमा नयाँ फ्रन्ट र ब्याक बम्पर, टियागोको जस्तो ड्यासबोर्ड, स्टेरिङ ह्वीलमा अडियो र टेलिफोन कन्ट्रोल, टाटाकै बोल्ट र जेस्ट मोडलमा भएजस्तो टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, रेनो क्वीडको जस्तो ...
  • स्ट्याण्डर्ड चार्टर बैंकको २५ प्रतिशत बोनस सेयर पारित Jun 7, 2016 Arthatantra
    काठमाडौं । स्ट्याण्डर्ड चार्टर बैंकले लगानीकर्तालाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र ९.२१ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको हालै सम्पन्न साधारणसभावाट सो प्रस्ताव पारित भएको हो । बैंकले गत आर्थिक वर्ष २०७१र०७२ को नाफावाट वोनस तथा लाभांश दिने जनाइएको छ । गतबर्ष बैंकले एक अर्व २९ करोड रुपैयाँ खुद नाफा कमाएको जनाएको छ । बैंकमा स्ट्याण्डर्ड चार्टर समूहको ...
  • काठमाण्डौं टावरको निर्माण कार्य अन्योलमा ! Jun 6, 2016 Arthatantrakathmandu view tower
    काठमाण्डौं । निर्माण सामग्रीको अभावका कारण पुरानो बसपार्कमा बनाउन लागिएको काठमाण्डौँ टावरको निर्माण कार्य अन्योलमा परेको छ । टावर निर्माणको लागि सिमेन्ट, ढुङ्गा, गिट्टी बालुवालगायतको सामग्री बाहेक सम्पूर्ण सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले निर्माण कार्य सुरु गर्न ढिला भएको निर्माणको जिम्मा पाएको जलेश्वर, स्वछन्द र विकोईले जानकारी दिएकोछ । हाल पुरानो बसपार्कमा जस्ताले बार्ने काम भइरहेको छ । टावरको लागत रु तीन अर्ब ...
  • सुनको मुल्य घट्यो Jun 6, 2016 Arthatantragold-
    काठमाण्डौं ।  आज सोमबार सुन प्रतितोला १ सय रुपैयाँ घटेको छ। मूल्य घटेसँगै सुनको भाउ आज प्रतितोला ५५ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबारको भाउमा एकैपटक १ हजार रुपैयाँ बढेर आइतबार सुन ५५ हजार ३ सय रुपैयाँ पुगेको थियो। चाँदीको मूल्य भने आज स्थिर छ। आइतबार प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ...
  • रिलायन्सले पनि ल्याउने भो १०:६ का दरले हकप्रद सेयर ! Jun 5, 2016 Arthatantra
    काठमाण्डौं । रिलायन्स लोटस फाइनान्स लिमिटेडले १०ः६ हकप्रद सेयर जारी गर्ने भएको छ। फाइनान्सको शुक्रबार सम्पन्न छैठौै वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो। सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सञ्चालक समिति अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले आर्थिक वर्ष २०७१/७२ मा खुद मुनाफा ४ करोड ५५ लाख १३ हजार भएको जानकारी गराए । फाइनान्सको अधिकृत पुँजी ६५ करोड, जारी पुँजी ३७ करोड १४ लाख ...