Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • भर्ने होईन त ? १०० प्रतिशत हकप्रद खुल्यो ? Sep 14, 2017 Arthatantrarights-issue share
    काठमाडौ । समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको बिहीबार (भदौ २९) देखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । समिटले १ः१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ७ लाख २५ हजार कित्ता सेयर निष्काशन गरेको हो । कात्तिक १ गतेसम्म यो हकप्रद सेयर भर्न पाइनेछ । यसमा भदौ ८ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड नारायणचौर, ...
  • भदौ ३० सम्ममा सेयर किन्नुभयो भने प्रतिकित्ता १,२७० रुपैंया नगद लाभाँश … Sep 14, 2017 Arthatantracash dividends
    काठमाडौ । युनिलिभर नेपाल लिमिटेडले असोज २० गते हुने साधारण सभाका लागि भदौ ३० गतेदेखि बुक क्लोज गर्ने भएको छ । असोज २० गतेसम्म नै बुक क्लोज हुने कम्पनीले जानकारी दिएको छ । युनिलिभरले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई १२ सय ७० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । साधारण सभाबाट लाभांश प्रस्ताव अनुमोदन भएपछि वितरण प्रक्रिया अघि बढ्नेछ ।   प्रकाशित ...
  • १५०० बाट तल झर्यो नेप्से,बजारमा ९ अंकको गिरावट Sep 13, 2017 Arthatantrastock Decrease
    काठमाडौ । साताको चौथो दिन बुधबार सेयर बजार नौ अंकले घटेर १४९३.२० अंकमा कायम भएको छ । बैंकिङ, विकास बैंक, उत्पादनमूलक र अन्य समूह क्रमशः ११.२६, २४.०५, २२.६३ र ६.०८ अंकले घटेका छन् भने होटल, जलविद्युत्, फाइनान्स र बीमा समूह क्रमशः १०.७४, १२.४७, ९.७१ र ८.९१ अंकले बढेका छन् । बुधबार १६० कम्पनीको १२ लाख ७७ हजार पाँच सय ५४ कित्ता ...
  • यो सेयर किनेमा १०% बोनस र बोनसपछि ५०% हकप्रद सुरक्षित हुने,आजै किन्नुह… Sep 13, 2017 Arthatantrabonus and right issue
    काठमाडौ । नेको इन्सुरेन्सको १० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज (बुधबार) अन्तिम दिन हो । कम्पनीले असोज १० गते २२ औं वार्षिक साधारण सभा गर्न बिहीबारदेखि बुक क्लोज गर्दैछ । वार्षिक साधारण सभामा कम्पनीले बोनस सेयरपछि कायम हुने चुक्तापुँजीबाट ५० प्रतिशत हकप्रद जारी गर्ने बिशेष प्रस्ताव पेश गर्दैछ । त्यस्तै, बोनस सेयरमा लाग्ने कर तिर्न कम्पनीले ३७ लाख ५७ हजार ...
  • लगानीकर्तालाई १९% बोनसको यो अर्काे अवसर नछुटाउनुहोला ! Sep 13, 2017 Arthatantrabonus share
    काठमाडौ । युनाइटेड फाइनान्सले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । फाइनान्सको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको कमाईबाट बोनस सेयर दिने प्रस्ताव गरेको हो । तर कम्पनीले कर बापतको रकम भने सेयरधनीलाई नै तिराउने सूचनामा उल्लेख छ । प्रस्तावित बोनस नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ । यस्तै ...
  • भाग्यमानी सेयरधनीले १०% बोनसपछि ४०% हकप्रद पाउने हुनुभयो Sep 13, 2017 ArthatantraBonus-share
    काठमाडौ । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीको नवौं बार्षिक साधारणसभाले बोनसपछि कायम पूँजीको ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । साथै कम्पनीले कर प्रयोजनको लागि ३४ लाख ५३ हजार नगद लाभाँस वितरण गर्ने भएको छ । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको कमाईबाट उक्त बोनस बितरण ...
  • प्रतिकित्ता १०० रुपैंयामै एकै व्यक्तिले ४ हजार ८७० कित्ता एफपीओ किन्ने… Sep 12, 2017 Arthatantrafpo
    काठमाडौ। नेपाल ग्रामीण विकास बैंकको थप निष्कासन (एफपीओ) मंगलबारदेखि बिक्री खुला भएको छ । बैंकले १ सय रुपैयाँमा ९ लाख ७५ हजार कित्ता एफपीओ निष्कासन खुला गरेको छ । दरखास्त दिनुपर्ने न्युनतम ५० कित्ता र बढीमा ४ हजार ८७० कित्ता रहेको बैंकले जनाएको छ । एफपीओ निष्कासन बन्द छिटोमा शुक्रबार र ढिलोमा असोज १० गतेसम्मलाई तोकिएको छ । प्रकाशित मितिः २०७४ भदौ ...
  • नरनाथ लुइटेलको अध्यक्षतामा डेढ लाख निर्माण मजदुर आबद्ध क्यूपेक–नेपालको… Sep 11, 2017 ArthatantraCuppec nepal naranath luitel 2074 (22)
    काठमाडौ । डेढ लाख निर्माण मजदुर आबद्ध नेपाल बिजुली,पेन्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन(क्यूपेक–नेपाल) को छैठौं राष्ट्रिय महाधिबेशनले नरनाथ लुइटेलको अध्यक्षतामा ३१ सदस्यीय केन्द्रिय समिति निर्बिरोध चयन गरेको छ । समितिको उपाध्यक्षहरुमा रामप्रसाद पाण्डे, शान्ता बस्नेत निर्बिरोध चयन  भएका छन् । यस्तै महासचिवमा गोपाल कार्की, उपमहासचिवमा अम्बिरकुमार लिङदेन र स्मृती लामा, सचिवहरुमा राजेन्द्र विष्ट, दिवाकर पोखरेल र महिला सचिवमा यमकली तङ्नामी ...
  • अरु बैंकको लाभांश मात्रै किन,तपाईसँग सेयर भएको बैंकले नि दिने भो बोनस … Sep 11, 2017 Arthatantrabonus share
    काठमाडौ । नेपाल बंगलादेश बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको ३०९ औँ संचालक समितिको बैठकले उक्त प्रस्ताव ल्याएको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । प्रकाशित मितिः २०७४ भदौ २६
  • घुस लिंदै गर्दा अख्तियारद्धारा काठमाडौ जिल्ला अदालतका खरिदार पक्राउ Sep 10, 2017 Arthatantraakhitar
    काठमाडौ । जिल्ला अदालत, बबरमहल, काठमाडौमा कार्यरत तामेलदार (खरिदार) शूर्य प्रकाश परियारले म्याद तामेल गर्ने प्रयोजनका लागि विभिन्न बहानामा सेवाग्राहीसँग घुस लिंदै गर्दा पक्राउ परेका छन् । उजुरी एवम् निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट खटिई गएको टोलीले निजलाई ३५,००० रुपैंया घुस लिदै गर्दा बुढानीलकण्ठबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रकाशित मितिः २०७४ भदौ २५