Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
अन्य
  • मासिक पाँच सय रुपियाँमा काम गर्दै सरकारी कर्मचारी May 28, 2016 ArthatantraBank_note_of_republic_of_nepal
    कञ्चनपुर। सरकारी कर्मचारीले पाउने मासिक तलब रु ५०० मात्रै हो भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ तर कुरा साँचो हो । कञ्चनपुरको बेदकोट नगरपालिकाको धरमपुरस्थित सामुदायिक स्वास्थ्य इकाइमा नियुक्त गरिएका कार्यालय सहयोगीले मासिक रु ५०० तलब थाप्दै आएका छन् । हालै इकाइमा नियुक्त गरिएका कार्यालय सहयोगी अन्जना केसीले मासिक तलबबापत रु ५०० पाउने गर्नुभएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले मासिक रु आठ हजार ...
  • बागलुङमा तीन लाख मुल्य पर्ने विद्युतीय रिक्सा सञ्चालनमा May 26, 2016 Arthatantraeriksa
    काठमाण्डौं ।  बागलुङ बजारवासीलाई लक्षित गरी यातायात व्यवसायीहरुले विद्युतीय रिक्सा सञ्चालनमा ल्याएका छन् । दैनिक पाँचवटा रिक्साले सर्वसाधारण यात्रुलाई सेवा दिइरहेका छन् । बागलुङ कालिका भगवती यातायात प्रालिको पहलमा तीन लाख मूल्य पर्ने विद्युतीय रिक्सा सञ्चालनमा ल्याइएको छ । छजना यात्रु बोक्ने क्षमताको रिक्सामा सामान पनि ढुवानी गर्न सकिने व्यवस्था छ । रिक्सा सञ्चालनमा आएसँगै जरुरी कामका लागि लामो पैदल यात्रा गर्नुपर्ने ...
  • एलआईसीले दिने भो २५ प्रतिशत सेयर र लाभांश May 25, 2016 ArthatantraNepal Life Insurance
    काठमाण्डौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको साधारणसभाले २५ प्रतिशत बोनश र कर प्रयोजनार्थ १।३२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ । हिजो मंगलबार राजधानीमा सम्पन्न कम्पनीको चौधौ वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ८५ करोड ५५ लाख रुपैयाँ रहेको छ । बोनश वितरणपश्चात कम्पनीको चुक्ता पूँजीमा २२ करोड थपिएर एक अर्ब ७ करोड नाघ्ने छ ...
  • अब बिदेशिने कामदारको बिमा रकम दोब्बर हुने May 25, 2016 Arthatantrarojgar
    काठमाण्डौं ।  सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको बिमा रकम बढाएर १० लाख रूपैयाँ पुर्‍याउने भएको छ। हाल प्रत्येक कामदारको पाँच लाख रूपैयाँको बिमा गरिएकोमा त्यसलाई दोब्बर बृद्धि गरी १० लाख बनाउने योजना अघि सारिएको छ। बजेटमार्फत बिमा रकम वृद्धि गर्न श्रम तथा रोजगार मन्त्रालयले प्रस्ताव गरेको छ। श्रमले आफ्ना महत्वपूर्ण र प्राथमिकता प्राप्त कार्यक्रममा यसपटक कामदारको बिमा रकम बढाउने योजना बनाएको हो। ...
  • नयाँ ट्राफिक जरिवाना बिरुद्ध आन्दोलन ! May 24, 2016 ArthatantraTraffic-Police
    बुटवल । ट्राफिक नियम विपरित संचालन हुने सवारी साधनलाई ट्राफिक प्रहरीले लिँदै आएको जरिवाना शुल्क अत्यधिक वृद्धि गरिएको भन्दै यहाँ स्थित यातायात सम्बद्ध संघसंस्था आन्दोलनमा उत्रेका छन्। सरकारले सरोकारवालासँग समन्वय नै नगरी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६३ र १६४ मा रहेको जरिवाना रकमलाई अत्यधिक वृद्धि गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक ...
  • शेष घलेको छोरा भन्दै ठगेपछि … May 23, 2016 Arthatantrafacebook
    पोखरा । अमेरिका पठाइदिन्छु भन्दै केटी साथीलाई ठगी गर्ने तनहुँ मनपाङ गाविस–२ शेराटार घर भई हाल चितवनको पार्वतीपुर बस्ने २७ वर्षीय राज भन्ने चित्रकुमार श्रेष्ठलाई प्रहरीले आज पोखराबाट पक्राउ गरेको छ। उनले आकास घलेको फेसबुक तथा भाइवरबाट केटी साथी बनाइ आफू शेष घलेको छोरा भएको र हाल अमेरिकामा बस्दै आएको बताउने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। तपाईहरु अमेरिकामा आउने हो ...
  • नेपाल हुँदै भारतसम्म रेल जोड्न चीन व्यग्र May 23, 2016 Arthatantrarelmarga
    काठमाडौं ।  चीनले नेपालतर्फ विस्तार हुने छिङ्हाई—तिब्बत रेलसञ्जाललाई भारतसम्म लैजान आफू ब्यग्र रहेको जनाएको छ । प्रधानमन्त्री केपी ओलीको हालै सम्पन्न चीन भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्री र ओलीबीच छिङ्हाई—तिब्बत रेलसञ्जाललाई नेपाल हुँदै भारतसम्म विस्तार गर्ने बिषयमा छलफल भएको चिनियाँ एक विज्ञलाई उदृत गर्दै भारतीय दैनिक हिन्दुले समाचारमा उल्लेख गरेको छ । ‘चिनियाँ र नेपाली प्रधानमन्त्रीबीच भएको छलफललाई आधार मान्ने हो भने चीन, ...
  • फेसबुक माथि मुद्दा ! May 22, 2016 Arthatantrafacebook-reactions-main
    क्यालीफोर्नियाको एक अदालतमा फेसबुक विरुद्ध मुद्दा दायर भएको छ। फेसबुकले प्रयोगकर्ताको गोपनीयतामा असर पुर्‍याएका कारण यो मुद्दा दायर गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। प्रयोगकर्ताको व्यक्तिगत म्यासेज स्क्यान गरेका कारण फेसबुक माथि मुद्दा दायर गरिएको जनाइएको छ। फेसबुकले प्रयोगकर्ताको लाइक्सको डाटा जम्मा पारेर प्रयोगकर्तालाई एड्भर्टाइजमेन्ट पठाउने गरेको र यस प्रक्रियालाई कम्पनीले बन्द गर्नु पर्ने अदालतले निर्देशन दिएको सानचार माध्यमले जनाएका छन्। प्रकाशितः २०७३ जेठ ...
  • ढाडै भाँच्ने महँगी, दक्षिण एसियाकै उच्च May 22, 2016 Arthatantra
    काठमाण्डौं । सुविधानगरमा सानो ठेला राखी चटपटे धनाउने धनुषाका शंकरलाल श्रेष्ठले गत मंसिरदेखि भाउ बढाए, पानीपुरीको आकार घटाए। जतिसुकै भाउ नबढाउँ भन्दा पनि सकिएन उनले भने, चटपटे र पानीपुरी बनाउने सामानको भाउ र्छानसक्नु भएपनि सुखै पाईन । वर्षमा रातो आलु प्रतिकेजी १ सय ४० प्रतिशत, भोलभेँडा ७७ प्रतिशत, मसुरो दाल ६४ प्रतिशत, कुखुराको मासु ६० प्रतिशत र अण्डा ४० प्रतिशतले मूल्य बढेको ...
  • अब सबै आकस्मिक सेवाका लागि एउटै नम्बर May 21, 2016 Arthatantranepal telecom
    काठमाण्डौं । आकस्मिक सेवा लिन छुट्टा छुट्टै नम्बरमा फोन गर्नुपर्ने झन्झट अब समाप्त हुने भएको छ। प्रहरी, एम्बुलेन्स, दमकल, शव वाहन, ट्राफिकलगायतले प्रयोग गर्दै आएका आकस्मिक (इमर्जेन्सी) नम्बरलाई अब एउटै नम्बरमा रुपान्तरण गर्ने तयारी नेपाल दूरसंचार प्राधिकरणले अघि सारेको छ। प्रधिकरणले ‘एकीकृत आकस्मिक नम्बर’ योजना तयार पारेको छ। उक्त मस्यौदामा तीन अंकको एउटै नम्बरमा फोन गरी प्रहरी, ट्राफिक, दमकल, एम्बुलेन्सलगायतको सहयोग लिन ...