Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
अन्य
  • एउटा थांकाको मूल्य ६ करोड ! May 12, 2016 ArthatantraThanka
    बनेपा । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा समितिले प्राचीन मूर्ति तथा थाङ्का संरक्षणका लागि अभियान थालेको छ । थाङ्काको अहिले रु ५०० देखि रु ६ करोडसम्ममा कारोबार हुने थाङ्का निर्माणका प्रशिक्षक धोर्जे गुरुङ लामाले जानकारी दिए । त्यस्तै, कलात्मक प्राचीन मूर्ति रु एक लाखसम्म पर्ने छ । समितिले २० दिनसम्म धुलिखेलमा प्राचीन मूर्ति तथा थाङ्का ...
  • स्कुटीमा महिला ‘देख्नै नहुनी’ May 11, 2016 Arthatantrawomem
    काठमाडौं । ज्ञानेश्वरकी ऋतिका भट्टराई स्कुटी चलाउन थालेको ५ वर्ष भयो । उनको हँकाइ कुनै पुरुष चालकको भन्दा कम छैन् । उपत्यका बाहिर ८० र उपत्यकाभित्र ६० प्रतिकिमी प्रतिघन्टा गतिमा निर्धक्क स्कुटी चलाउने आँट उनमा छ । हँकाइ र गतिका कारण कहिल्यै दुःख पाएको घटना छैन। तर माइक्रोबस र बसका चालकले भने हैरानी खेलाउँछन् । उनीसँग कैयन यस्ता घटना छन् जसमा ...
  • फेसबुकले मुद्दा जित्यो May 10, 2016 Arthatantrafacebook-reactions-main
    काठमाण्डौं । फेसबुकले आफ्नो नामको ट्रेडमार्क मुद्दा जितेको छ। चीनको बेजिङस्थित एक पेय पदार्थ कम्पनीले आफ्नो उत्पादनको नाम फेसबुक राखेपछि सामाजिक संजाल कम्पनी फेसबुकले उक्त मुद्दा दायर गरेको थियो। यसै मुद्दमा हालै बेजिङको एक अदालतले सामाजिक संजाल फेसबुकको पक्षमा फैसला सुनाएको अन्तर्राष्ट्रिय समाचार माध्यामले जनाएका छन्। पेय पदार्थ उत्पादक कम्पनीले भने सन् २०११ मा  ‘फेस बुक’ ट्रेडमार्क लिएको बताएको छ। तर अदालतले भने ...
  • सय प्रहरी बर्खास्त, २ सय ६१ विभागीय कारवाहीमा ! May 10, 2016 ArthatantraArmed police force
    काठमाण्डौं । अनुशासन विपरीत कार्य गरेको र पदीय दुरुपयोग गरेको अभियोगमा चार महिनाको अवधिमा सय जनालाई सेवाबाट हटाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआईजी शैलेन्द्र खनालले जानकारी दिएका छन् । संगठनले आज मंगलबार बिहान मुख्यालय हलचोकमा गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । त्यस्तै दुई सय ६१ जनालाई विभागीय कारबाही गरिएको खनालले बताए। जसमा एसपीदेखि जवानसम्म छन्। सिनियर पदका प्रहरी अधिकारी ...
  • सरकारद्वारा अबदेखि माछा मार्न प्रतिबन्ध ! May 9, 2016 ArthatantraFish Farming in Nepal
    चिवतन । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पर्ने राप्ती नदीमा माछा मार्न बन्द गरिएको छ । माछालाई आहारा बनाउने प्रजातिहरु वन्यजन्तु, चरा तथा गोहीलगायत जलचरको वासस्थान संरक्षणका लागि माछा मार्न बन्द गरिएको वन्यजन्तु चोरी सिकार नियन्त्रण युवा जागरण अभियान कुमरोजका अध्यक्ष ईश्वरी पाठकले जानकारी दिनुभयो । बछौली र कुमरोज क्षेत्रमा माछा मार्न उपलब्ध गराउँदै आएको अनुमतिपत्र वितरण कार्य बन्द गरिएको उहाँको ...
  • फेसबुकलाई मुद्दा ! May 9, 2016 Arthatantrafacebook-reactions-main
    फेसबुकको फेसप्रिन्ट फिचरका कारण कम्पनीले कानुनी कारवाहीको सामना गर्नु परेको छ। फेसबुकमा भएको अटोमेटीक फोटो ट्याग सुविधाका कारण कम्पनीले समस्या भोग्नु परेको हो ।यो सुविधा कानुनी रुपमा उचित नभएका कारण कम्पनीले कारवाहीको सामना गर्नुपरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। कम्पनीले प्रयोगकर्ताको फोटोबाट बायोमेट्रिक डाटा गैरकानुनी रुपमा स्टोर गरेका कारण यस्तो समस्या भोग्नु परेको जनाइएको छ। कम्पनीले यो मुद्दालाई खारेज गर्न अपिल गरेका र ...
  • ग्यास तथा पेट्रोलको अनुसन्धान सुरू May 8, 2016 ArthatantraIron Mine
    काठमाण्डौँ । चिनियाँ एक विज्ञ टोलीले नेपालमा खनिज, ग्यास तथा पेट्रोलको अध्ययन अनुसन्धान सुरू गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा गर्नुभएको सहमतिअनुसार दैलेखको श्रीस्थानबाट आजैदेखि अध्ययन तथा अनुसन्धानको काम सुरू गरिएको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले राससलाई जानकारी दिनुभयो । मन्त्री पाण्डेका अनुसार अध्ययन टोलीले देशैभरिका जति पनि पेट्रोलियम पदार्थ सम्भावित ठाउँ छन् ती ठाउँमा अध्ययन अनुसन्धान गर्नेछ । २६ बैशाख ...
  • अब दुर्घटना भए ‘अन द स्पट’ रकम पाइने ! May 6, 2016 Arthatantranepali-note
    काठमाण्डौं । नेको इन्स्योरेन्सले अबदेखि दुर्घटना भएको स्थानमै बिमाको दावी भुक्तानी गर्ने भएको छ । कम्पनीले ग्राहकहरुले दुर्घटना भए पश्चात वीमा दावीको भूक्तानी लिन ढिलो समय कुर्नु नपरोस, कागजी झन्झटबाट पूर्ण मुक्त भई वीमा दावी सरल तरिकाले प्राप्त गर्न सकुन भन्ने उद्देश्यले स्पट पेमेन्टको व्यवस्था गरिएको जनाएको छ । दुर्घटना स्थलमै भुक्तानी लिन ग्राहकले आफ्नो सम्पत्तीको क्षति हुना साथ नेको इन्सुरेन्सको नजिकको ...
  • १० वर्षीय ह्याकरलाई फेसबुकले दियो १० लाख रुपैयाँ May 4, 2016 Arthatantrafacebook
    काठमाण्डौं ।  फिनल्याण्डका एक १० वर्षीय ह्याकर जोनीलाई इन्स्टाग्रामको कमजोरी पत्ता लगाएवापत कम्पनीले १० हजार डलर पुरस्कार दिएको छ। जोनीले इन्स्टाग्राममा एक ‘बग’ का माध्यमबाट अर्को प्रयोगकर्ताले गरेको कमेन्ट हटाउन सकिने पत्ता लगाएका थिए। इन्स्टाग्रामको सुरक्षामा भएको कमजोरी पत्ता लगाएवापत इन्स्टाग्राम चलाउने कम्पनी फेसबुकले उनलाई करिब १० लाख रुपैयाँ पुरष्कृत गरेको हो। यो कमजोरीका बारेमा जोनीले कम्पनीलाई मेल पठाएर जानकारी दिएका थिए ...
  • आईफोनले अब पावरफुल ब्याट्री ल्याउने May 3, 2016 Arthatantraiphone
    काठमाण्डौं । आईफोनमा देखिने गरेको ब्याट्रीको समस्या समाधान गरिने भएको छ। कम्पनीले आईफोन 7 मा यो समस्या कम गर्न ठूलो ब्याट्रीको प्रयोग गर्ने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। चीनको समाजिक संजाल भिभोले आईफोन 7 को ब्याट्रीको बारेमा केही जानकारी आफ्नो साइटमा उपलब्ध गराएको छ। उक्त जानकारी अनुसार आईफोन 7 मा १७३५ एमएएच आईफोन 7plus मा २८१० एमएएच पावरको ब्याट्री प्रयोग गरिने जनाइएको छ। ब्याट्रीका ...