Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • सरकारले भूकम्पको सम्झनामा तीन दिन कार्यक्रम गर्ने Apr 19, 2016 Arthatantrabhukampa-photo
    काठमाण्डौं । सरकारले गत वर्ष गएको विनाशकारी भूकम्पबाट भएको क्षतिको सम्झना गर्दै वैशाख १२, १३ र १४ गते विभिन्न कार्यक्रम गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले उक्त निर्णय गरेको हो। समितिको निर्णय अनुसार वैशाख १२ गते काठमाडौंको सुन्धारामा भेला भएर मृतकको सम्झना गरिने, सोही साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिने कार्यक्रम तय ...
  • एप्पलले आइफोनको उत्पादन घटाउने Apr 18, 2016 Arthatantraiphone
    काठमाण्डौं । एप्पल कम्पनीले आफ्नो सर्वाधिक लोकप्रिय ग्याजेट आइफोनको उत्पादन घटाउने तयारीमा लागेको छ । बिक्रिमा आएको गिरावट सँगै एप्पलले जून महिनामा सकिने चालु दोश्रो त्रैमासिकमा आइफोन उत्पादनमा कटौती गर्ने बताइएको छ । निक्केइ बिजनेस जर्नलका अनुसार एप्पलले आइफोनका लागि विभिन्न पार्टस् उत्पादन गर्ने कम्पनीहरुलाई आइफोन उत्पादन कटौतीको विषयमा जानकारी गराइसकेको छ । यो सँगै एप्पलले हालैमात्र लन्च भएको एप्पल एस ...
  • साझाको पेट्रोलपम्प हट्दै, अन्तर्राष्ट्रिय स्तरको भवन बन्ने Apr 17, 2016 Arthatantralulu-mall-kochi-cochin-kerala
    ललितपुर । साझा यातायातले ललितपुरको पुल्चोकमा बहुउद्येश्यीय भवनसहितको दक्षिण एसिया केन्द्र निर्माण गर्ने भएको छ । सरकारले नौ करोड रुपैयाँ ऋणलाई सेयरमा रुपान्तरण गरेपछि साझाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सहितको भवन निर्माण गर्ने नीतिगत निर्णय गरेको हो । साझाले अहिले आफ्नो पेट्रोल पम्प रहेको क्षेत्रमा रहेको २२ रोपनी जग्गामा यस्तो भवन बनाउने निर्णय गरेको हो । काठमाडौं उपत्यकामा सार्वजनिक यातायात संचालन गरिरहेको ...
  • तीन घन्टा कुरेर एक गाग्री पानी! Apr 14, 2016 Arthatantrawatter
    पाल्पा ।  वर्षभरि खानेपानीको मुहान सुकेपछि ग्रामीण क्षेत्रका बासिन्दा यसपालि फागुन–चैतदेखि पानीको चिन्तामा डुबेका छन्। मुझुङ्ग–७ स्थित पिपौदीको खानेपानीको मुहानमा दुई दिनसम्म पानी सङ्कलन गर्दा पनि दुई गाग्रो भर्न समस्या भएपछि स्थानीय बासिन्दा पानीको चिन्तामा डुबेका हुन्। गत वर्षसम्म १२ महिना पानी प्रशस्त हुने मुहानमा अहिले दुई गाग्रो पानी भर्न नपुगेपछि यहाँका स्थानीयवासी गाग्रो बोकेर पानीको मुहानको खोजीमा भौँतारिएका छन्। मुझुङ्ग–१, २, ...
  • आजबाट अवैध मोबाइल सेट नचल्ने Apr 13, 2016 ArthatantraSocial media on smartphone
    काठमाडौँ ।  अवैध रुपमा नेपाल भित्रिएका मोबाइल सेट बुधबारबाट नचल्ने भएका छन् । अवैध मोबाइलका कारण आपराधिक क्रियाकलाप बढेको र सरकारले ठूलो रकम राजस्व गुमाइरहेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले अवैध मोबाइल सेट बन्द गर्न लागेको जनाएको छ । प्राधिकरणले मोबाइल प्रयोग सम्बन्धी निर्देशिक जारी गर्दै अवैध मोबाइल सेटमा प्रतिबन्ध लगाउन लागेको हो । प्राधिकरणले राष्ट्रिय उपकर पहिचान र दर्ता कार्यान्वयन सम्बन्धी निर्देशिका जारी ...
  • कहाँ हराए ४ हजार डाक्टर ? Apr 13, 2016 Arthatantradoctor
    काठमाण्डौं ।  नेपाल चिकित्सक संघले एक वर्ष एक महिना लगाएर तयार परोको चिकित्सकहरुको तथ्यांकमा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका झन्डै ४ हजार चिकित्सक हराएको पाइएको छ। संघले गहिरो अध्ययन अनुसन्धान गरी तयार पारेको चिकित्सक खोज तथ्यांक नयाँ वर्षको उपलक्ष्यमा मोबाई एपका नामले सार्वजनिक गरिएको छ। नेपाल मेडिकल काउन्सिलको तथ्यांकमा १७ हजार ३ सय २१ जना चिकित्सक दर्ता देखिएको छ भने नेपाल चिकित्सक ...
  • जेष्ठ नागरिकका लागि २ करोड रुपैयाँ ! Apr 12, 2016 Arthatantranepali rupees
    इलाम । जिल्ला विकास समिति इलामले जिल्लाका १० हजारभन्दा बढी ज्येष्ठ नागरिकको उपचारका लागि दुई करोड रुपैयाँ निकासा दिएको छ। जिविसले ज्येष्ठ नागरिकको उपचारका लागि तीन नगरपालिका र ४३ गाविसलाई निकासा दिएको हो। यहाँका १० हजार ६८८ ज्येष्ठ नागरिकको उपचारका लागि जिविसले दुई करोड १३ लाख ६७ हजार निकासा दिएको सामाजिक सुरक्षा शाखाका प्रमुख रवीन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए। सत्तरी वर्ष उमेर ...
  • नेपाल बैंकमा खाता नखोले भूकम्पपीडितले पैसा नपाउने ! Apr 11, 2016 ArthatantraNepal Bank
    धुन्चे । भूकम्पपछिको पुनःनिर्माणको अनुदान रकम समुदाय माझ वितरण गर्न रसुवामा प्रक्रिया सुरु भएको छ । स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार भूकम्पपीडितका लागि सरकारले उपलब्ध गराउने रकम वितरण गर्न सम्बन्धित गाविस र लाभग्राहीबीच सम्झौता सम्पन्न गरिएको छ । बृद्धिम गाविस वडा नं १ का ५० परिवारबीच हिजो सम्झौता भएको हो । हाललाई नेपाल बैंकबाट मात्र खाता खेल्ने व्यवस्था मिलाइएको र एक÷दुई ...
  • ट्रकले ठक्कर दिंदा सशस्त्र प्रहरी निरीक्षक दुर्गा बाबु पाठकको ज्यान गय… Apr 11, 2016 ArthatantraInspector pathak
    धादिङ – पृथ्वी राजमार्ग अन्तर्गत  धादिङको बेनिघाट -१ मलेखुमा आइतबार बिहान  ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन घर भई हाल आदामघाटमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक दुर्गा बाबु पाठक रहेको प्रहरीले जानकारी दिएको छ । मुग्लिनदेखि काठमाडौँ जाँदै गरेको ना ३ ख ८७३२ नम्बरको ट्रकले उनी चढेको बा ६१ प ११५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ...
  • १० लाख खर्च गरेपछि खुल्यो बन्द पदमार्ग Apr 10, 2016 ArthatantraNepal-Marpha-Jomsom-Trek8
    रसुवा । भूकम्पपछि आवागमन बन्द भएको स्याफ्रुबेँसी–रिमचे पर्यटकीय पदमार्ग खुल्ला भएको छ । स्याफ्रुबेँसी पुलदेखि वृद्विम र स्याफ्रु गाविसको झोलुङ्गे पुलसम्म लाङ्टाङ खोलाको किनारको बाटो मर्मत एवम् निर्माण गर्ने कार्य सम्पन्न भएपछि त्यस क्षेत्रबाट पैदल यात्रा सुरु भइसकेको बाटो निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष रिक्चेन तामाङले बताए । यो बाटो मर्मत निर्माणका लागि लाङ्टाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती आयोजनामा कार्यरत हरियो वन कार्यक्रमले १० ...