Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • लोडसेडिङ फेरी ३ घण्टा घट्यो Apr 7, 2016 ArthatantraTransmission line
    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अघोषित रुपमा दैनिक ३ घण्टासम्म लोडसेडिङ घटाएको छ । दैनिक १२ घण्टासम्म लोडसेडिङ हुँदै आएको अहिले ९ घण्टासम्म झरेको छ । विद्युत उत्पादन साविकको भन्दा बढेपछि तालिकाभन्दा कम अवधि लोडसेडिङ गर्न सम्भव भएको प्रानधिकरणले जानकारी दिएको छ । तर, तत्काल घोषित रुपमा लोडसेडिङ नघट्ने प्राधिकरणका प्रणाली सुधार तथा सञ्चालन विभागका प्रमुख भुवनकुमार क्षेत्रीले जानकारी दिए । ‘पहाडी क्षेत्रमा ...
  • निर्माण तथा संरचनासम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै Apr 6, 2016 ArthatantraBuildcon Wood Nepal
    काठमाण्डौं । निर्माण तथा संरचना विकास सम्बन्धित दोस्रो नेपाल बिल्डकन तथा वुड अन्तराष्ट्रिय प्रदर्शनी २०१६ चैत २६ गते देखि चैत २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएकोछ । आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक मिडिया स्पेस सोलुसन्सले उक्त कुराको जानकारी दिएको हो । प्रदर्शनीमा एक सय नौ वटा स्टल रहने आयोजकले जनाएको छ। संरचना निर्माणका सामग्री, निर्माणका उपकरण, काष्ठ सामग्रीहरु प्रदर्शनी ...
  • २०७३ सालमा सार्वजनिक बिदा घट्यो Apr 6, 2016 Arthatantracalender1
    काठमाडौं । नयाँ वर्ष २०७३ सालमा केही चाड पर्व र दिवस शनिबार परेकाले सार्वजनिक विदाको संख्या घटेको छ । पर्व, दिवस, जात्रा, जयन्ती, दसै‌ं, तिहारका बिदा केही जुधेको र केही शनिबार परेकाले बिदा संख्या घटेको हो । २०७३ सालमा शनिबारसहित १ सय २ वटा सार्वजनिक बिदा परेका छन् । शनिबार बाहेकका कुल ५१ दिन सार्वजनिक बिदा भए पनि सबै समुदायका लागि ...
  • औद्योगिक क्षेत्र उद्योग सङ्घमा आयो नयाँ नेतृत्व Apr 4, 2016 Arthatantra
    पोखरा । पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घको १४ औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवशेनले विनोद शर्मा न्यौपानेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। सङ्घको १३ सदस्यीय कार्यसमितिको प्रथम उपाध्यक्षमा बलभद्र नकर्मी, द्वितीय उपाध्यक्षमा सुरेशबहादुर श्रेष्ठ र महासचिवमा रुद्रलाल श्रेष्ठ चयन भएका छन्। सङ्घको सचिवमा दीपेन्द्र बस्ताकोटी र कोषाध्यक्षमा झलकनाथ आचार्य र सदस्यमा विश्वबन्धु थापा, श्रीराम पाण्डे, शक्ति पाण्डे, सुरेन्द्रबहादुर गोदार, फणीन्द्रराज शर्मा, ...
  • पर्यटकका हत्यारा २१ वर्षपछि पक्राउ ! Apr 4, 2016 ArthatantraTasi Gurung Manang
    काठमाण्डौं । २१ वर्षअघि इटालियन नागरिकको हत्या गरी फरार भएका टासी गुरुङलाई प्रहरीले पक्रेको छ। २०५२ असोज २७ गते काठमाडौं ठमेलको रेगी पबमा इटालियन नागरिक क्यारारो डेभिडको कुटपिट तथा छुरी प्रहारबाट हत्या गरेका गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले केही दिनअघि पक्राउ गरेको हो। मनाङ जिल्ला मनाङ गाविस नावल गाउँ घर भएका टासी र उनका साथीहरुले इटालियन नागरिक डेभिड क्यारारो र ...
  • जनावर मार्न थापेको पासोमा आफै परेपछि … Apr 3, 2016 ArthatantraKanchanpur
    भीमदत्तनगर । जङ्गली जनावर मार्न पासो थापेका वेदकोट नगरपालिका–१ चम्फापुरका रोना रानाकोे आज बिहान करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चम्फापुरस्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष किनारमा स्थानीयवासीको खेतमा छाडेको बिजुलीको करेन्टसहितको पासोमा परी स्थानीयवासी ५० वर्षीया रानाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले राना आफैँले थापेको पासोमा परी घटनास्थलमा नै मृत्यु ...
  • भूकम्पपछिको अनुदान रकम पाउनेको आज नाम सार्वजनिक हुँदै Apr 3, 2016 Arthatantranepali-note
    काठमाण्डौं । आज भूकम्पपीडित आठ जिल्लाका बासिन्दाहरुका लागि भनेर छुट्याइएको आवास पुननिर्माण योजना अन्तर्गत व्यक्तिगत घर निर्माण गर्न अनुदान पाउन योग्य व्यक्तिहरुको नाम सार्वजनिक गरिँदैछ । केन्द्रीय तथ्यांक विभागद्वार सञ्चालित भूकम्प प्रभावित आवासा पुनर्निमाण लगत संकलनले यस्तो विवरण सार्वजनिक गर्न लागेको हो । यो विवरणमा नाम भएकाले मात्र उक्त सुविधा पाउनेछन् भने नाम नभएकाले सरकारले घर बनाउने दिने दुई लाख, सामूहिक ...
  • नेपाली नोट चीनमा धमाधम छापिँदै Apr 1, 2016 Arthatantramoney
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले बजारमा ल्याउने नोट धमाधम चीनमा छाप्दैँ छ । सरकारले नेपाली नोट छाप्न चिनियाँ कम्पनीलाई अनुमति दिएपछि उसले नोट छाप्न सुरु गरेको हो । एक सय दरका नयाँ नोट चीनमा छाप्ने काम भइरहेको बैंक मुद्रण व्यवस्था विभागका प्रमुख भुवन कँडेलले जानकारी दिए। असार १५ सम्ममा नयाँ नोट आइपुग्ने बैंकले जनाएको छ। नागरिक दैनिकमा खबर छ । प्रकाशितः २०७२ चैत्र १९
  • ८० करोड लागतको इ–बसको भविष्य अन्योलमा !   Mar 31, 2016 Arthatantrabiddhutiye bus1
    काठमाण्डौँ । महानगरपालिकाले चीन सरकारको सहयोगमा ल्याउन लागिएको विद्युतीय बस (इ–बस) ल्याउने विषय अन्योलमा परेको छ। चीनले नेपाललाई २० वटा बस अनुदानमा दिने तथा नेपालले १० वटा किन्नेबारे सहमति भएको थियो । सोहीअनुरुप काठमाडौँ महानगरपालिकाले काम थालेको थियो । त्यसका लागि चिनियाँ टोली नेपाली सडकको अध्ययन गरेर चीन फर्किसकेका छन् । चीनले उपलब्ध गराउन लागेका ती बसको मूल्य ८० करोड लाग्ने बताइएको ...
  • हात र खुट्टा जनावरले खाएको अवस्थामा भेटियो बच्चाको शव Mar 30, 2016 Arthatantraarthatantra logo final 31 january
    भक्तपुर । अनन्त लिङ्गेश्वर नगरपालिका ५ बालकोट स्थित नालामा नवजात शिशुको लाश फेला परेको छ । शिशुको एक हात र दुबै खुट्टा जनावरले खाएको जस्तो देखिएको अवस्थामा फेला प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी वृत ठिमीबाट प्रहरी टोली खटी गई घटनास्थल मुचुल्का गरी लाश पोस्र्टमार्डमको लागि त्रिवि शिक्षण अस्पताल पठाईएको अन्य अनुसन्धान जारी भईरहेको महानगरी प्रहरी परीसर भक्तपुरका प्रवक्ता डिएसपी शेखर ...