Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • २६ गते खण्डग्रास सूर्यग्रहण परेपछि सार्वजनिक बिदा Mar 6, 2016 Arthatantrasolar-eclipse-annular
    काठमाण्डौं । फागुन २६ गते बुधबार फागुन कृष्ण औँसीका दिन खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको    छ । बिहान ५ बजेर ५७ बजे सूर्यग्रहणको स्पर्श हुने भए पनि नेपालमा ६ बजेर २२ मा सूर्योदय हुने भएकाले त्यसपछि मात्र ग्रहण देख्न सकिने समितिका अध्यक्ष एवम् धर्मशास्त्र विद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए । ‘ग्रहणको मध्यकाल बिहान ६ बजेर २७ र ...
  • मन्त्रालयले माग्यो १ सय १० जना कर्मचारी Mar 4, 2016 Arthatantravacancy
    काठमाण्डौं ।  स्वास्थ्य मन्त्रालयले करार सेवामा नियुक्त गर्ने गरी विभिन्न किसिमका प्राविधिक अधिकृत पदमा दरखास्त आह्वान गरेको छ । प्राविधिक पदहरुमा १ सय १० जना अधिकृतहरुको माग गरिएको हो । मन्त्रालयले मेडिकल अधिकृत, मेडिकल ल्याब टेक्नलोजिष्ट, माइक्रोबायोलोजिष्ट र नर्सिङ अधिकृतहरुको माग गरेको छ । आठौं तहको मेडिकल अधिकृत तथा सातौं तहका मेडिकल ल्याक टेक्नलोजिष्ट, माइक्रोबायोलोजिष्ट र नर्सिङ अधिकृतको लागि दरखास्त आह्वान ...
  • जिविसको बजेट ५ अर्ब ३१ करोडभन्दा बढी Mar 3, 2016 Arthatantranepali rupees
    ललितपुर । आव २०७३/७४ का लागि जिल्ला विकास समिति ललितपुरको कुल बजेट पाँच अर्ब ३१ करोड ७२ लाख ९० हजार रूपैयाँ हुने भएको छ । जिविसले २५औँ जिल्ला परिषद्को निर्णय सार्वजनिकीकरण गरी यसको जानकारी दिइएको हो । कुल बजेटमध्ये आन्तरिक आयतर्फ १३ करोड २७ लाख ५८ हजार रूपैयाँ रहेको स्थानीय विकास अधिकारी पशुपति पोखरेलले बताए । यसैगरी, नेपाल सरकारबाट प्राप्त अनुदान ३६ ...
  • किन गरे हरिकृष्णले महान्यायाधिवक्ताबाट राजिनामा ? Mar 2, 2016 ArthatantraHari-Krishna-Karki
    काठमाण्डौं । महान्यायाधिवक्ता हरिकृष्ण कार्कीले हिजो आफ्नो पदबाट राजिनामा दिएका छन् । न्यायाधिवक्ता हरिकृष्ण कार्कीले हिजै प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो पदबाट राजीनामा दिएका हुन् । राष्ट्रपति भण्डारीले पनि हिजोकै मितिबाट लागु हुने गरी राजीनामा स्वीकृत गरेकी छिन्। साथै राष्ट्रपति भण्डारीले महान्यायाधिवक्ता कार्कीलाई उक्त पदमा रही कार्यसम्पादन गरेको प्रति धन्यवादसमेत व्यक्त गरेकी छिन्। वर्तमान सरकारले नै कार्कीलाई महान्यायधिक्तामा ...
  • हत्याको विरोधमा बजार बन्द Feb 29, 2016 Arthatantra1-kanchanpur-district
    काठमाण्डौं । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–११ कलुवापुरका व्यापारीको हत्याको विरोधमा आज कलुवापुर बजार बन्द गरी व्यवसायी विरोधमा उत्रिएका छन् । आज बिहान बैतडी होटल एन्ड रेस्टुराँका सञ्चालक ४० वर्र्षीय दामोदर अवस्थीको घाँटी रेटेर होटलभित्रै हत्या गरिएपछि व्यवसायी सुरक्षाको माग गर्दै विरोधमा उत्रिएका हुन् । तत्काल हत्यारा पत्ता लगाइनु पर्ने, व्यवसायीको भरपर्दो सुरक्षाको व्यवस्था गरिनुपर्ने र मदिराको कारोबारलाई व्यवस्थित गरिनुपर्ने माग राखेर विरोध ...
  • होटलभित्रै व्यवसायीको हत्या Feb 29, 2016 Arthatantra1-kanchanpur-district
    काठमाण्डौं । कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ कलुवापुर चौराहामा रहेको एक होटलका सञ्चालकको गएराति होटलमै हत्या गरिएको छ । कलुवापुरमा रहेको बैतडी होटलका सञ्चालक ४० वर्षीय दामोदर अवस्थीको होटलभित्रै हत्या गरिएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । झलारीपिपलाडी नगरपालिका–१ ढकनिया घर भएका अवस्थी होटल व्यवसाय गर्दै आएका थिए । आज बिहान घरबाट होटल पुगेका उनका भाइले दाजुको हत्या भएको देखेपछि प्रहरीलाई खबर गरेका ...
  • सोह्र टन सुपारीसहित चालक पक्राउ Feb 28, 2016 Arthatantra
    सिरहा । बडहरामाल गाविसबाट आज प्रहरीले १६ टन अवैध सुपारीसहित एक ट्रक चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेका छैन । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ४ ख. २०६९ नं को ट्रकमा विशेष सुराकीका आधारमा जाँच गर्दा अवैध सुपारी बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए । पछिल्लो समय यहाँबाट सुपारी तस्करी बढेको छ ...
  • निधन हुने कोपाइलट एमाले नेता तथा पूर्व मन्त्रीका छोरा Feb 26, 2016 ArthatantraSantosh Rana
    काठमाण्डौं । नेपालगंजँबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको जहाज दुर्घटना पाइलट दिनेश न्यौपाने र कोपाइलट सन्तोष रानाको घटनास्थलमै मृत्यु भएकोछ । मृत्यु भएका कोपाइलट सन्तोष एमाले नेता तथा पूर्व भूमिसुधार मन्त्री दलबहादुर रानाका छोरा हुन्। रानाका कान्छा छोरा सन्तोष गत वैशाखदेखि सो एयरमा कार्यरत थिए। सन्तोषले फिलिपिन्सबाट पाइलट कोर्श गरेका थिए। १४ फागुन २०७२, ४.००
  • मोरङमा गाडीको ठक्करबाट एकको मृत्य Feb 26, 2016 Arthatantramorang
    मोरङ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत पथरी शनिश्चरे–३ मा भएको सडक दुर्घटनामा परी धनकुटा बजार हुलाकमार्गका ४५ वर्षीय लालबहादुर बोगटीको मृत्यु भएको प्रहरीले जनाएको छ। सवारीसाधनको ठक्करबाट गम्भीर घाइते भएका बोगटीको उपचारका क्रममा पथरी अस्पतालमा गएराति मृत्यु भएको हो। ठक्कर दिने सवारी साधनको खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस प्रकाशितः २०७२ फाल्गुन १४
  • अर्थमन्त्रालयले रोक्यो आयल निगमको ९० करोड Feb 26, 2016 Arthatantra
    काठमाडौँ । नेपाल आयल निगमले नियम विपरीत कर्मचारीलाई बोनस वितरण गर्न लागेको जानकारी पाएपछि अर्थमन्त्रालयले त्यसो नगर्न कडा निर्देशन दिएको छ । बोनस ऐन, २०३० र बोनस नियमावली, २०३१ विपरीत व्यवस्थापनले बोनस बाँड्ने निर्णय गर्न लागेको थाहा पाएपछि अर्थमन्त्री विष्णु पौडेलले त्यसो नगर्न निर्देशन दिएका हुन् । १२ अर्ब रुपैयाँभन्दा बढी सरकारको ऋण रहेको संस्थाले ९० करोडभन्दा बढी बोनस बाँड्न लागेको ...