Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • बैंकहरु नै सुन चाँदीको कालोबजारीमा Feb 25, 2016 ArthatantraGold and Silver
    काठमाण्डौं । बैंकहरूले नै चाँदीमा कालोबजारी गरेको ठहर गर्दै राष्ट्र बैंकले रोक लगाएपछि यसको करोबार अस्वाभाविक रूपमा घटेको छ । बैंकहरूले मुलुकको आवश्यकताभन्दा बढी आयात गरेको देखिएपछि तीन महिनाअघि राष्ट्र बैंकले यसको आयातमा रोक लगाएको हो । प्रतिबन्धपछि यसको कारोबार पनि अघिल्लो वर्षको तुलनामा दुई तिहाइले घटेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ४ अर्ब २२ करोड ...
  • एनएमबी बैंक र शिखर इन्स्योरेन्समा खुल्यो जागिर Feb 24, 2016 Arthatantravacancy
    काठमाण्डौं । क वर्गको वाणिज्य बैंक एनएमबी बैंक र शिखर इन्स्योरेन्स कम्पनीले व्यवस्थापनको डिग्री हासिल गरेकाहरुलाई लक्षित गर्दै विभिन्न पदमा जागिरको अवसर खुलाएका छन् । एनएमबी बैंक लिमीटेडले काठमाण्डौ, पूर्वाञ्चल र पश्चिमाञ्चल क्षेत्रका लागि विभिन्न पदमा १० वटा पदहरुमा जागिरको अवसर खुलाएको छ । डेपुटी र असिस्टेन्ट मेनेजरको तहमा रहेर काम गर्ने गरी सिनियर आरएम बिजिनेश बैंकिंगमा केही जनशक्ति माग गरेको ...
  • दुई न्यायाधिशद्वारा यौन दुर्व्यवहार Feb 23, 2016 ArthatantraHarrasment
    महोत्तरी । महिलामाथि यौन दुर्व्यवहारको अभियोग लागेका दुई जिल्ला न्यायाधीशमाथि छानविन हुने भएको छ। महोत्तरीका न्यायाधीश प्रकाश ढुंगाना र पूर्णप्रसाद बास्तोलाले रक्सीले मातेर एक महिलालाई हातपात गरेको घटना सार्वजनिक भएपछि उनीहरुमाथि छानविन हुन लागेको हो। कान्तिपुर दैनिकमा समाचार छ। प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उनीहरुलाई सोमबार सर्वोच्चमा बोलाएका छन्। ‘घटनामाथि सार्वजनिक टिप्पणीसमेत उठिसकेपछि यसबारे छानबिन हुन लागेको हो’ सर्वोच्चको उच्च स्रोतले भन्यो ,‘समग्र न्यायसेवामै ...
  • विद्युत प्राधिकरणद्वारा ५ सय ३ कर्मचारीका लागि दरखास्त आव्हान Feb 21, 2016 Arthatantravacancy
    काठमाण्डौं ।  नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा पाँचसय तीनजना कर्मचारी माग गरेको छ। प्राधिकरणले सहायकतस्तर तृतीय श्रेणीदेखि अधिकृत दशौंसम्म कर्मचारी माग गरेको हो । प्राधिकरणले प्रशासन र प्राविधिक दुवैतर्फ कर्मचारी माग गरेको छ। प्राधिकरणका अनुसार दशौं तहको अधिकृतमा तीनजना, नवौं तहमा चार जना, आठौं तहमा आठ जना र सातौं तहमा ९१ जना गरी कूल एकसय ६ जना अधिकृत माग गरिएको छ। यस्तै ...
  • विवाहमा जान्छु भन्दै घरबाट निस्केका चौधरी रुखमा झुन्डिएको अवस्थामा फेल… Feb 19, 2016 Arthatantrakanchapur
    काठमाण्डौं । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–८ नौखरीका ३२ वर्षीय आशाराम चौधरी घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन्। छिमेकीको विवाहमा जान्छु भन्दै घरबाट निस्केका चौधरी झुन्डिएको अवस्थामा फेला परेका हुन् । चौधरी झुन्डिएको अवस्थामा देखेपछि घरपरिवारका सदस्यले तत्काल इलाका प्रहरी कार्यालय झलारीमा खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरीको टोलीले चौधरीको शव रुखबाट निकाली शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा पठाएको ...
  • प्रेम प्रस्ताव स्वीकार नगर्दा युवतीमाथि छुरा प्रहार Feb 17, 2016 ArthatantraMurder
    उदयपुर । लामो समयदेखि प्रेम प्रस्ताव राख्दै आए पनि युवतीले नमानेको भन्दै यहाँ एक युवकले युवतीमाथि नै छुरा प्रहार गरेका छन्। उदयपुर पञ्चावती गाविस–४ बोहोरी बोट बस्ने १७ वर्षीया फूलकुमारी मगर र अर्का १४ वर्षीया गीता राना मगरमाथी छुरा प्रहार गरिएको हो । छुरा प्रहार गर्ने युवक भुटार गाविस–८ बस्ने १६ वर्षीय पूर्णबहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । ...
  • बिमा कम्पनीले माग्यो पाँच पदमा १३ कर्मचारी Feb 16, 2016 Arthatantravacancy
    काठमाण्डौं । बिमा कम्पनीहरुको एक मात्र नियामक निकाय बिमा समितिले आज एक विज्ञापन जारी गर्दै ५ पदमा १३ जना उपनिर्देशक स्तरका २, सहायक निर्देशक तहका १० र सहायक प्रथम तहको एक पदमा दरखास्त आह्वान गरेको छ । बिमा समितिले प्रशासन समूहतर्फ दितीय श्रेणीको अधिकृत (उपनिर्देशक)मा खुल्लातर्फ एकजनाका लागि दरखास्त आह्वान गरेको छ । यो पदमा ४५ बर्ष ननाघेको, मान्यताप्राप्त शिक्षण संस्थाबाट ...
  • पाँच जिल्लामा स्व. पूर्वराजा वीरेन्द्रको सम्पत्ति भेटिएन Feb 15, 2016 Arthatantrabirendra-raja
    काठमाडौं । स्वर्गीय पूर्वराजा वीरेन्द्र शाहको नाममा झापा, गोरखा, लमजुङ, रुपन्देही र दाङ जिल्लामा कुनै सम्पत्ति भेटिएन । नेपाल ट्रष्ट कार्यालयले आव २०७२/०७३ मा खोजी सुरु गरेका १० जिल्ला मध्ये ती जिल्लामा उनको नाममा कुनै पनि सम्पत्ति नभेटिएको कार्यालयका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिए । उनले भने, ‘ती जिल्लाका मालपोत कार्यालयमा गई सम्पत्ति खोज्यौँ तर भेट्टाउन सकिएन ।’ उनले बर्दिया र बाँके जिल्लामा ...
  • डा. भक्तमानलाई भ्रष्टाचार मुद्दा Feb 15, 2016 Arthatantradr bhaktaman
    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा.भक्तमान श्रेष्ठले पदमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पदको दुरुपयोग गरी एक करोड ६७ लाख ५७ हजार १ सय १३ रुपैया सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेकको भन्दै मुद्दा दायर गरेको हो। श्रेष्ठले अस्पतालमा सेवा प्रवेश गरेदेखि नै सार्वजनिक पदमा बहाल रहँदा आफ्नो ...
  • वरिष्ठ पर्यटन पत्रकार हरिराज जोशीको निधन Feb 12, 2016 ArthatantraHariraj Joshi
    काठमाण्डौं । वरिष्ठ पर्यटन पत्रकार हरि जोशीको ६३ वर्षको उमेरमा हिजो टिचिङ हस्पिटल महाराजगंजमा हृदयघातबाट निधन भएको छ । पर्यटन पत्रिका ‘इमेज नेपाल’ तथा ‘पर्यटन समाचार डाइजेस्ट’का सम्पादक तथा प्रकाशक समेत रहेका जोशी लामो समयदेखि मृगौला रोगबाट ग्रस्त थिए । उनको हिजो विहिबार नै पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको छ । तनहुँ जिल्ला चोक चिसापानी गाविस–७ मा वि।स २००९ जन्मिएका जोशीले काठमाडौंलाई आफ्नो ...