Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • सिद्धार्थले माग्यो दर्जन कर्मचारी, योग्यता भए आवेदन दिनुहोस् Feb 12, 2016 Arthatantravacancy
    काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमीटेडले देशका विभिन्न क्षेत्रमा काम गर्ने गरी विभिन्न पदमा पाँचदर्जन बढी कर्मचारी माग गरेको छ । कम्पनीले मेनेजेरदेखि क्लेम अफिसर र असिस्टेन्टसम्मको पदका लागि योग्य उम्मेद्वारबाट दरखास्त आह्वान गरेको छ । कम्पनीले विराटनगर र वीरगञ्ज ब्राञ्चका लागि मेनेजर, डेपुटी मेनेजर तथा असिस्टेन्ट मेनेजर मागेको छ । यी पदमा बीबीए वा बीबीएस वा सो सरहको लेभल उतीर्ण गरी ...
  • ५० वर्षेको हत्या आरोपमा पक्राउ परिन् १९ वर्षीय युवती Feb 11, 2016 ArthatantraMurder
    झापा । स्थानीय कनकाई नगरपालिका–३ निवासी ५० वर्षीय मनोरथ पाठकको हत्या आरोपमा प्रहरीले एक किशोरीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँ निवासी १९ वर्षीया प्रमिला विक रहेकी छिन्। इलाका प्रहरी कार्यालय अनारमनी प्रहरीनायब उपरीक्षक खड्गबहादुर खत्रीका अनुसार विकलाई भद्रपुरबाट दुई दिनअघि पक्राउ गरिएको हो। ती किशोरीलाई प्रहरीले आज जिल्ला अदालत झापामा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेपछि मात्र सार्वजनिक गरेको हो। ...
  • कोइरालाको निधनमा सम्पूर्ण निजी क्षेत्र स्तब्ध Feb 9, 2016 ArthatantraNepal Chamber of Commerce
    काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ७७ वर्षको उमेरमा मंगलबार राति भएको निधनप्रति दुःख व्यक्त गर्दै सिंगो निजी क्षेत्र नै स्तब्ध भएको जनाएको छ । प्रेस विज्ञप्ति जारी गर्दै महासंघले नेपालको राजनीतिक इतिहास र लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेका कोइरालाको निधनबाट मुलुकलाई अपुरणीय क्षति पुगेको ठहर गरेको छ । निजी क्षेत्रका हिमायती कोइराला मुलुकको आर्थिक ...
  • पुशपतिका भट्टलाई विशेष भत्ता : हवाई टिकट र ४० हजार, छोराछोरीलाई १० हज… Feb 8, 2016 ArthatantraPashupatinath Temple
    काठमाण्डौं । पशुपतिनाथ मन्दिरका मूल भट्ट र सहायक भट्टले वर्षको एक पटक घर जान आउन हवाई टिकटसहित ४० हजार रुपैयाँ पाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले भारतको बैंग्लोर घर भएका मुल भट्ट र सहायक भट्टलाई जाने आउने टिकटसहित ४० हजार भत्ता दिने भएको हो । पशुपति क्षेत्र विकास कोषको आइतबारको बैठकले वार्षिक एक पटक घर जाने मूल भट्ट र ...
  • भूकम्पमा भागदौड गर्दा राजधानीमा १४ जना घाइते Feb 5, 2016 ArthatantraBhukampa 11
    काठमाडौँ । शुक्रबार राति गएको भूकम्पमा भागदौड गर्दा राजधानीमा १४ जना घाइते भएका छन् । महानगरीय प्रहरी रानीपोखरीका अनुसार प्रारम्भिक विवरणमा १४ जना घाइते भएको सूचना मिलेको प्रहरीले जनाएको छ । काठमाडौँको अनामनगरमा मात्रै पाँच जना घाइते भएका छन् । अनामनगरमा केही घरमा आंशिक क्षति भएको छ । त्यहाँ बस्नेमध्ये पाँच जनालाई चोट लागेको छ । सुत्ने तरखरमा रहेका उनीहरुलाई राति १० बजेर ५ ...
  • सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्पको झट्का Feb 5, 2016 Arthatantrabhukampa dhakka 11
    काठमाडौँ । शुक्रबार राति १० बजेर ५ मिनेटमा सिन्धुपाल्चोक  केन्द्र बनाएर गएको ५.५ रेक्टर  स्केल भूकम्पको धक्काले काठमाडौँ बासिलाई त्रसित बनाएको छ । ठूलै धक्का महसुश भएपछि सर्वसाधारण घरबाहिर निस्किएका छन् । राति सुत्ने तरखरमा रहेका सर्व साधारण त्रसित भएर बाहिर निस्किएका हुन् । नेपाल-चीन सिमा क्षेत्र लगायत नेपालको राजधानी लगायत मध्यमान्चलका  पहाडी जिल्लाहरुमा ढक्क महसुश भएको थियो । भूकम्पको धक्का महसुश भए पनि भौतिक र मानबिय क्षेती ...
  • मरेको कुखुराको मासु खाँदा एकको मृत्यु दुई सिकिस्त Feb 5, 2016 ArthatantraChicken
    कञ्चनपुर । यहाँ मरेको कुखुराको मासु खाँदा ६ वर्षीया बालिकाको मृत्यु भएको छ उनका आमा र दाजु सिकिस्त भएका छन् । मरेको कुखुराको मासु खाँदा झलारी–पिपलाडी नगरपालिका–११ दीपनगर बस्ने ६ वर्षीया गोलमा विकको मृत्यु भएको हो। विककी आमा ३५ वर्षीया नन्दा र दाजु आठ वर्षीय निलम सिकिस्त छन्। दुबैजनाको झलारीस्थित ‘न्यू झलारी क्लिनिक’मा उपचार भइरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ...
  • विमानस्थलमा अत्याधुनिक पार्किङ : रोकिएको काम फेरि सुरु Feb 4, 2016 ArthatantraTribhuvan International Airport
    काठमाण्डौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नाकाबन्दीपछि रोकिएको मल्टिस्टोरी पार्किङ निर्माणको काम पूनःसुचारु भएको छ । आगामी ६ महिनाभित्र सञ्चालन ल्याउने योजना अनुसार पार्किङ निर्माणको काम पुनः सुचारु गरिएको हो । विमानस्थलमा जनवरी देखि मल्टिस्टोरी पार्किङ शुरु गर्ने भनिए पनि नाकाबन्दीले काम रोकिएपछि काम पुरा हुन सकेको थिएन । अहिले पार्किङ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको व्यवस्थापन गर्ने तथा अन्तरराष्ट्रिय ...
  • भूकम्प पिडितको पाल खाने एलडिओ सहित ६ जना अदालतमा Feb 3, 2016 ArthatantraBhukampa-pidit basti
    काठमाडौं । भूकम्पपीडितका लागि खरिद गरिएको त्रिपाल १० गुणाभन्दा बढी मूल्‍यमा किनेको देखाएर भ्रष्टाचार गरेको अभियोगसहित काठमाडौं जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी (एलडिओ) तिर्थराज भट्टराईसहित ६ जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर भएको छ । एलडिओ भट्टराईसँगै जिविसका लेखा अधिकृत यामनारायण शर्मा, स्टोर किपर चिरञ्जिवी खड्का, आपूर्तिकर्ता न्यू पशुपति ट्रेड एण्ड सप्लायर्सका मिथिलेश्वर तिवारी, दिपेश इन्टरप्राइजेजका झम्कप्रसाद गौतम र सेविका इन्टरप्राइजेजका होमप्रसाद ...
  • औषधि व्यवसायीहरुलाई लेखा प्रणाली तथा कम्प्यूटर विलिङ सम्बन्धी अन्तक्र्… Feb 1, 2016 Arthatantraausadhi byabasayi kar office
    काठमाडौं । करदाता सेवा कार्यालय ठमेल र नेपाल औषधि व्यवसायी संघ वाग्मती अञ्चल शाखाको संयुक्त आयोजनामा लेखा प्रणाली तथा कम्प्यूटर विलिङ सम्बन्धी कार्यशाला तथा अन्तक्र्रिया कार्यक्रम गरिएको छ । नेपाल सरकारको नीति अनुरुप सवै औषधि व्यवसायीहरुलाई आधुनिक प्रविधिको प्रयोग गरी व्यवस्थापन गर्न लेखा प्रणाली तथा कम्प्यूटर विलिङ सम्बन्धी सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले ...