Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ४९ पुग्यो (अपडेट) Aug 13, 2017 Arthatantraaaaflod
    काठमाडौं । बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको भने १७ जना अझैबेपत्ता भएका छन् । गृह मन्त्रालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा पाँचथरका १, सिन्धुलीका ४, झापाका ४, बाँकेका ४, मोरङका ५, सुनसरीका ८, सर्लाहीका ३, बाराका २, दाङ्गका २, रौतहटका ७, धनुषाका १, बर्दीयाका २, मकवानपुरका १, पाल्पाका १ कैलारीका १ सुर्खेतका ३ जना रहेका छन् ...
  • बैंकको सेयर छ ? तपाईलाई २०% बोनस दिने भयो,पढ्नुहोस् Aug 13, 2017 Arthatantrabonus share
    काठमाडौ। एनआईसी एशिया बैंकले सेयरधनीहरुलाई चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश रहने छ । आर्थिक बर्ष २०७३र७४ को लागि नेपाल राष्ट्र बैंक तथा बैंकको २० औं वार्षिक साधारण सभाको स्वीकृति पश्चात सञ्चालक समितिले यो निर्णय गरेको हो । उक्त लाभांश प्रस्ताब नेपाल राष्ट्र बैंक र ...
  • पहिरोले पुरिएर एकै परिवारका ४ को मृत्यु Aug 12, 2017 Arthatantralandslide
    काठमाडौ ।सदरमुकाम सिन्धुलीमाढीमा पहिरोले पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ । उनीहरु कमलामाई नगरपालिका ६ को २ नं बजारमा जनसेवा पुस्तकालय र पत्रकार महासंघको जग्गामा अस्थायी टहरोमा बसोबास गर्दै आएका थिए । प्रहरीको अनुसार शनिबार बिहान करिब २ बजेको समयमा झरेको पहिरोले सुतिरहेको अवस्थामा ४ जनालाई पुरेको हो । मृत्यु हुनेमा ३२ वर्षीय दुर्गा कुमारी खड्का, १५ वर्षीय छोरी शोभा ...
  • घरजग्गा व्यवसाय संकटमा,कसरी ? Aug 11, 2017 Arthatantraland plot jamin
    काठमाडौ। सरकारले कृषि योग्य जमिनमा जग्गा प्लटिङ गर्न रोक लगाएको छ । खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूत गर्न तथा भूमिलाई खन्डिकरण हुनबाट रोक्न कृषियोग्य जमिनको प्लटिङ गर्न रोक लगाएको भूमिसुधार तथा व्यवस्था सचिव कृष्णप्रसाद देवकोटाले बताए । मन्त्रालयले भूमिसुधार ऐन २०२१ ले प्रत्यायोजन गरेर अधिकारको प्रयोग गर्दै निर्देशिकका जारी गरी कृषियोग्य जमिनमा प्लटिङ रोकेको हो । अहिले देशभरिका सुगमस्थानहरूमा ...
  • भारतमा पहिलो पटक दक्षिण एशियाली युवा सम्मेलन हुँदै Aug 10, 2017 Arthatantrasouthasain youth sammalen
    काठमाडौ। अन्तर्राष्ट्रिय युवा समितिको आयोजनामा पहिलो पटक दक्षिण एशियाली युवा सम्मेलन हुने भएको छ । रपोर्टर्स क्लब नेपालमा समितिले पत्रकार सम्मेलन गरेर पहिलो पटक भारतको उडिसा राज्यको भुवनेश्वर शहरमा आगामी सेप्टेम्बर १७ देखि २१ सम्म गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा समितिका अध्यक्ष डा.केके सिंहले दक्षिण एशियाका युवाहरुलाई युवाको समस्या समाधानका लागि आठ वटै देशका युवामन्त्रीलाई राखेर सम्मेलन आयोजना ...
  • बिमस्टेक बैठक काठमाडौंमा सुरु हुँदै,प्रधानमन्त्री देउवाले उद्घाटन गर्न… Aug 10, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    काठमाडौ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरुको प्रयास (बिमस्टेक) को १५औं मन्त्रीस्तरीय बैठक आजदेखि काठमाडौमा सुरु हुँदैछ। मन्त्रीस्तरीय बैठकको छलफलको सत्र भोलिदेखि सुरु हुनेछ। प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक उद्घाटन गर्नेछन् । मन्त्रीस्तरीय बैठकअघि सचिवस्तरीय बैठक हुनेछ। सचिव स्तरीय बैठक बिहीबार हुनेछ। सचिवहरुको बैठकले मन्त्रीस्तरीय बैठकको एजेण्डा तय गर्नेछ। दूई दिनसम्म चल्ने बैठकमा बिमस्टेक सदस्य राष्ट्रहरुको उपस्थिति रहनेछ। मन्त्रीस्तरीय ...
  • पेट्रोलियम ब्यवसायीले आजदेखि डिपोबाट पेट्रोल नउठाउने,भोलिदेखि बन्द Aug 10, 2017 Arthatantrapetrol-price-down
    काठमाडौ। नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनले आजदेखि डिपोबाट पेट्रोल नउठाउने भएको छ । इन्धन ढुवानीका क्रममा हुने नोक्सानीको वास्तविक क्षतिपूर्ति दिन निगम संचालक समितिले आनाकानी गरेपछि डिपोबोट पेट्रोल नै नउठाउने निर्णग गरिएको एशोसियशनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले बताए । ‘व्यवसायीका माग सम्बोधन गर्न १५ दिनभित्र रिपोर्ट बनाएर कार्यान्वयनमा ल्याइने भनिएको थियो,’ उनले भने, ‘रिपोर्ट बनेर आएको लामो समय भइसक्दा पनि निगम संचालक ...
  • भारतबाट सस्तो मूल्यमा १५० मेवावाट विजुली आउँदै Aug 10, 2017 ArthatantraPrasaran Line
    काठमाडौ। भारतबाट थप विद्युत् आयातको बाटो खुलेपछि यसपालीको हिउँदमा लोडसेडिङको संभावना टरेको छ । तीन दिनदेखि भारतको नयाँ दिल्लीमा जारी नेपाल भारत पावर एक्सचेन्ज कमिटि बैठकमा भारतबाट थप दुई प्रसारण लाइन हुँदै विद्युत् आयातको सहमति भएको हो । नेपाल भारतबीच रक्सौल परवानीपुर र कटैया कुशाहा १३२ केभी क्षमताको अन्तरदेशिय प्रसारण लाइन सुचारु गर्ने सहमति बैठकमा भएको छ । नेपाल विद्युत प्राधिकरणले ...
  • ६ अंकले नेप्से घट्दा स्ट्याडर्ड चार्टड बैंक लगायतको कारोबार यस्तो Aug 9, 2017 Arthatantrashare market
    काठमाडौ । साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेप्से ६.२२ अंकले घटेर १६६१.७२ अंकमा झरेको छ । यसदिन क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.२१ अंकले घटेर ३४८.९७ अंकमा झरेको छ । बुधबार बजारमा १५९ कम्पनीको ८६४७ कारोबारबाट २८ लाख ३२ हजार ४४५ कित्ता सेयर खरिदबिक्री हुँदा ९१ करोड ६२ लाखख रुपैंयाभन्दा बढिको किनबेच भएको छ । बुधबारको बजारमा ...
  • लमजुङको बिजुली सिधै केन्द्रीय प्रशारणलाइनमा Aug 9, 2017 ArthatantraTransmission line
    लमजुङ । लमजुङ जिल्लामा उत्पादित विद्युत्लाई सिधै केन्द्रीय प्रशारण लाइनमा जोडिने भएको छ।  जिल्लामा २० एमभिए क्षमताको नयाँ ट्रान्सफर्मर ल्याइएपछि यहाँ उत्पादित विद्युत्लाई सिधै केन्द्रीय प्रशारण लाइनमा जोड्न लागिएको हो। हालसम्म तनहुँको दमौलीमा रहेको ३३ केभी ट्रान्सफर्मरमार्फत लमजुङको विद्युत् केन्द्रीय प्रशारणमा पठाइएको थियो। मध्यमस्र्याङ्दीमा भने १२ एमभिए क्षमताको ट्रान्सफर्मर रहेको छ। बढी क्षमताको ट्रान्सफर्मर जोडिएपछि मध्यमस्र्याङ्दीबाटै केन्द्रीय प्रशारण लाइनमा पठाउने नेपाल विद्युत् ...