Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • भृकुटी स्टक कम्पनीले अब ३ दिन सेयर कारोबार गर्न नपाउने,किन ? Jul 16, 2017 ArthatantraShare Decrease
    काठमाडौ। भृकुटी स्टक कम्पनीले आजदेखि तीन दिन सेयर कारोबार गर्न नपाउने भएको छ । उक्त कम्पनीले कारोबार राफसाफमा लापर्वाही गरेकाले आइतबारदेखि तीन दिनसम्म कारोबार गर्न नपाउने भएको हो । धितोपत्र दलालले लगानीकर्ताको रकम समयमा भुक्तानी गर्न नसकेकोले नेप्सेले आगामी मंगलबार (साउन ३ गते)सम्म कम्पनीको कारोबारमा रोक लगाएको हो । प्रकाशित मितिः २०७४ साउन १
  • १ करोड ४१ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत Jul 16, 2017 ArthatantraShare Listed
    काठमाडौ। नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा आईतबार एकैदिन दुई कम्पनीको एक करोड ४१ लाख कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । सिटिजञ्स बैंक इन्टरनेशनल र गरिमा विकास बैंकको गरी उक्त हकप्रद सेयर सूचिकृत भएको हो । बजारमा सिटिजञ्स बैंकको १ करोड ३८ लाख ४३ हजार ३७९ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । यसैगरी गरिमा विकास बैंकको ३ लाख ४५ हजार ९१८.६६ ...
  • धार्मिक तीर्थस्थलमा साउने मेला Jul 16, 2017 Arthatantrachitwan-devghat
    चितवन । नेपालकै पवित्र तीर्थस्थल देवघाटधाममा साउने संक्रान्ति मेला शुरु भएको छ ।आज साउनको पहिलो दिन साउने संक्रान्तिमा स्नान गर्ने भक्तजनको यहाँ भीड लागेको छ । मुख्य गरी हिन्दू संस्कारअनुसार साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रूपमा लिने गरिएकाले यो महिनाभर श्रद्धालुले चोखो गरी विभिन्न पूजा आराधना गरेर विशेषरूपमा मनाउँछन् । अझै साउनको सोमबार पवित्र दिनका रूपमा मानिँदै आएकाले भोलि सोमबार विशेष ...
  • फोटोखिच्न लागेका फोटोपत्रकारकै सभामुख ओनसरी घर्तीले फोटो खिचेपछि…… Jul 14, 2017 Arthatantraphoto journalist club1
    काठमाडौ । फोटोजर्नालिस्ट क्लबको आयोजना तथा इन्टरनेशनल मिडीया सपोर्टको सहयोगमा पत्रकार र शुरक्षा बिषयमा फोटो प्रदर्शनी काठमाडौंमा सुरु भएको छ । बबरमहलस्थित आर्ट काउन्सिलमा जारी फोटोप्रदर्शनीको समुद्घाटन सभामुख ओनसरी घर्तीले फोटोपत्रकारहरुको फोटो खिचेर गरेकी हुन् । लडाकुलाइ हतियारको जती मायाँ हुन्छ त्यो भन्दा पनि बढी मायाँ फोटोपत्रकारलाई क्यामेराको हुन्छ भन्दै प्रमुख अतिथी घर्तीले फोटोपत्रकारहरुका समस्याका बारेमा सदन सकारात्मक बन्ने बताइन् । ...
  • सेयरधनीलाई जानकारी,पारित भयो २०% बोनस ! Jul 14, 2017 Arthatantrabonus share
    काठमाडौ। साल्ट ट्रेडिङ कर्पोरेशनको २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी २५ प्रतिशत लाभांश पारित भएको छ । कर्पोरेशनको बिहीबार सम्पन्न ५०औँ वार्षिक साधारण सभाले २०७२/०७३ को मुनाफाबाट उक्त मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । साधारण सभामा सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कर्पोरेशनले गुणस्तरीय वस्तुहरुको कारोवार गरी आम उपभोक्ताहरुलाई गुणस्तरयुक्त खाद्य वस्तु ...
  • २ दिने फोटो प्रदर्शनी शुक्रबार बाट Jul 13, 2017 ArthatantraJournalist Safety _8 copy
    काठमाडौ । फोटोपत्रकार क्लबको आयोजनामा पत्रकारिता र शुरक्षा बिषयमा २ दिने फोटोप्रदर्शनी शुक्रबारबाट सुरु हुने भएको छ । राजधानीको बबरमहलस्थित आर्ट काउन्सिलमा हुने फोटोप्रदर्शनीको उद्घाटन सभाामुख ओनसरी घर्ती मगरले गर्ने फोटोपत्रकार क्लबले जनाएको छ । पत्रकार तथा फोटोपत्रकारहरुले आफू जोखिममा परेर गरेका कार्यहरुका तस्बिर प्रदर्शनीमा राखिने क्लबले जनाएको छ । फोटोपत्रकार, पत्रकार, सर्वसाधारण, मिडिया सँचालक लगायत नीतिनिर्माण तहमा बस्नेहरुलाई नेपालका फोटोपत्रकार ...
  • आर्थिक वर्षको अन्त्यमा नेप्से घटेर बिदा भयो Jul 13, 2017 Arthatantranepse_photo
    काठमाडौ । यो साताको अन्तिम कारोबार दिन अर्थात् चालु आर्थिक वर्षको अन्तिम दिन बिहिबार नेप्से ४.८९ अंकले घटेर १५८२.६७ अंकमा कायम हुन आएको छ । बिहिबार कारोबारमा आएका अन्य समूह बाहेक बाँकी सबै समूहको परिसूचक ओरालो लागेको छ । समग्र बजार हिस्सा ओगट्ने बाणिज्य बैंक समूहको परिसूचक ४.७३ अंकले ओरालो लागेको छ । बिहिबार परवार्ड कम्युनिटी माईक्रोफाइनान्सको १२ करोभन्दा बिढको कारोबार भएको ...
  • प्रधानमन्त्रीले भने भानुको योगदान अतुलनीय Jul 13, 2017 Arthatantradeuba-1
    काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य र संस्कृतिको जगेर्नाका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छ । आदिकवि भानुभक्त आचार्यको २ सय ४ औँ जयन्तीका अवसरमा आज भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली साहित्य र भाषाको श्रीवृद्धिमा भानुको योगदान अतुलनीय रहेको बताए । उनले मुलुकको समृद्धिका लागि भाषा साहित्यको उल्लेख्य भूमिका हुने पनि बताए । समारोहमा साहित्यिक प्रतिभा र विद्यार्थीका ...
  • बुधबार चार कम्पनीको सेयर मूल्यमा करिब १०% को वृद्धि Jul 12, 2017 Arthatantrashare nepse
    काठमाडौ । बुधबारको सेयरबजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । बुधबार नेप्से २.५५ अंकले बढेर १५८७.५६ विन्दुमा पुगेको छ । कारोबारमा आएका अधिकांस समूहमा गिरावट आएपनि वाणिज्य बैंक, विकास बैंक र बीमा समूह सकारात्मक रहेपछि बजार सामान्य बढेको हो । सेयर बजारमा ६४ करोड २ लाख रुपैंयाभन्दा बढीको सेयर कारोबार भएको छ । सो दिन १५२ कम्पनीको ३५ लाख ९७ ...
  • नेप्सेमा ४ कम्पनीका ६३ लाख कित्ता भन्दा बढि सेयर सूचिकृत Jul 12, 2017 ArthatantraShare Listed
    काठमाडौ । बुधबार विभिन्न चारवटा कम्पनीको ६३ लाख १० हजार ६२६ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । नेप्सेमा २५ लाख ३१ हजार ३८८ कित्ता बोनस र ३७ लाख ७९ हजार २३८ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । सूर्या लाइफको ३ लाख १२ करोड ५०० कित्ता र रिलायवलको २२ लाख १८ हजार ८८८ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, ...