Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • चार बैंकको बोनस र हकप्रद गरी करोडौं कित्ता सेयर नेप्सेमा सूचिकृत ! हेर… May 8, 2017 ArthatantraShare Listed
    काठमाडौ । सोमबार चार वटा बैंकले हकप्रद सेयर र बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत गराएका छन् । मेगा बैंक, ओम डेभलपमेन्ट बैंक, मनास्लु विकास बैंक र सेवा विकास बैंकले सेयर कारोबार सुरु गर्नका लागि विभिन्न अनुपातमा सेयर नेप्सेमा सूचिकृत गराएका हुन् । यी बैंकहरुले गत आर्थिक वर्षको कमाईबाट वितरण गरिएको बोनस सेयर नेप्सेमा सूचिकृत गराएका हुन् । सोमबार सूचिकृत ...
  • फाईनान्स कम्पनीले निष्कासन गर्न लागेको ५० प्रतिशत हकप्रदबारे जान्नुहोस… May 7, 2017 ArthatantraRight Share
    काठमाडौ। कुपन्डोलमा केन्द्रिय कार्यालय सेन्ट्रल फाइनान्सले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । गत २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यस कम्पनीको चुक्ता पूँजी २४ करोड ६५ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको पूँजी ३२ करोड रुपैयाँ नाघ्ने छ । प्रकाशित मितिः २०७४ बैशाख २४
  • कर्मचारीमारा युटिएललाई अप्टिकल फाइबर बिछ्याउन २ अर्ब बढिको ठेक्का दिने… May 7, 2017 Arthatantrautl
    काठमाडौ। १३ बर्षदेखि घाटामा रहेको युनाइटेड टेलिकम लिमिटेड (युटिएल)लाई २ अर्ब १ करोडको नेपाल दुर सञ्चार प्राधिकरणको ठेक्का निर्णय विरुद्ध संसदिय समितिमा उजुरी परेको छ । व्यवस्थापिका संसदको विकास समितिमा युटिएललाई प्रदेश नम्बर ४ र ५ मा अप्टिकल फाइबर बिछ्याउन दिने निर्णय विरुद्ध उजुरी परेको हो । ‘ युटिएललाई अप्टिकल फाइबर दिने निर्णय विरुद्ध समितिमा उजुरी आएको छ, हामीले प्रारम्भिक छलफल ...
  • लक्ष्मी इक्विटी फन्डको १ अर्ब रुपैयाँको म्युचुअल फन्ड बिक्री खुला,कहाँ… May 5, 2017 ArthatantraShare Contract
    काठमाडौ । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केटले एक अर्ब रुपैयाँ बराबरको सामुहिक लगानी कोषको १० करोड ईकाई सर्बसाधारणका लागि शुक्रबारदेखि बिक्री खुला गरेको छ । लक्ष्मी भ्यालु फण्ड १ संचालन गरिरहेको लक्ष्मी क्यापिटलले दोस्रो योजना अन्तर्गत लक्ष्मी ईक्विटी फण्ड बिक्रीमा ल्याएको हो । लक्ष्मी ईक्विटी फण्डमा बैशाख २२ गतेदेखि २६ गतेसम्म चार कार्य दिनसम्म आबेदन लिने र तोकिएको चार ...
  • सेयरधनीहरु, फाईनान्सको ६० प्रतिशत हकप्रदको यो अवसर नगुमाउनुहोला May 5, 2017 ArthatantraShare rights
    काठमाडौ ।गुडविल फाइनान्स लिमिटडले पनि ६० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएको छ । पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले गुडविललाई १०ः६ अनुपातमा २७ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २२ हजार ५०० कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो । यो हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । हाल गुडविलको चुक्ता पुँजी ...
  • सुपर दोर्दी हाईड्रो निर्माण गर्न यसरी प्रक्रिया अगाडि बढ्यो May 4, 2017 ArthatantraHydroPower Production
    लमजुङ । लमजुङमा निर्माण हुने ४९.६ मेगावाटको सुपर दोर्दी जलविद्युत आयोजनाको विद्युतगृह निर्माण गर्न ठेकेदार छनोट गरिएको छ । विद्युतगृह र पेनस्टक पाइप निर्माण गर्न हाइ हिमालय हाइड्रो कन्सट्रक्सन कम्पनीलाई दिइएको हो । भूमिगत विद्युतगृह अन्तर्गत भर्टिकल साफ्ट, टेल रेस सुरुङ (विद्युतगृहबाट पानी निकास गर्ने सुरुङ) को काम हाइ हिमालयले गर्नेछ । करिब १ अर्ब रुपैयाँमा निर्माण पूरा गर्ने गरी ठेक्का ...
  • बाली बीमाको फाईदा नजान्दा आकर्षण कम,बाली बीमा गर्ने नै भएनन् ! May 4, 2017 Arthatantraagro paryatan 3
    रोल्पा। रोल्पाका पशुपालक कृषकमा बिमाप्रति आकर्षण बढ्दै गएको छ । जिल्लामा हालसम्म तीन सय ९३ कृषकले एक हजार एक सय २६ पशुमा बिमा गरेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । यसरी बिमा भएका पशुमा ५७ किसानका ६७ वटा गाई, २६ किसानका २९ वटा भैँसी, नौ किसानका १६ वटा गोरु, दुई सय ९६ किसानका एक हजार तीन बाख्रा, तीन किसानका तीन भेडा ...
  • १४०० रुपैंयाभन्दा बढिमा किनबेच भईरहेको बैंकको सेयर १०० रुपैंयामै किन्न… May 3, 2017 ArthatantraLife-Insurance share company
    काठमाडौ। नेपाल एसविआई बैंक लिमिटेडले १० बराबर ४ कित्ता हकप्रद सेयर निष्काशन गर्नै भएको छ । हाल चुक्ता पुँजी ४ अर्ब ९७ करोड ९८ लाख रुपैयाँ भएको यस बैंकले १ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्तापुँजी ६ अर्ब ९७ करोड १७ लाख रुपैयाँ हुने बैंकले जनाएको छ ...
  • ३५ सय मेगावाटभन्दा बढि बिद्युत् उत्पादनको अनुमतिपत्र जारी May 3, 2017 ArthatantraHydro Power
    काठमाडौ । सरकारले अहिलेसम्म साढे ३ हजार मेगावाटभन्दा बढी क्षमताका जलविद्युत आयोजनाको उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । केही नेपाल विद्युत प्राधिकरणबाहेक अधिकांश अनुमतिपत्र निजी क्षेत्रले लिएका छन् । विद्युत विकास विभागका अनुसार ३ हजार ५ सय ८७ मेगावाटका १ सय ३१ आयोजना १ मेगावाटभन्दा ठूला छन् । साढे ९ मेगावाटका १२ आयोजना १ उक्त क्षमताभन्दा साना छन् । १ मेगावाटको ...
  • सेयर बजारमा थपियो उत्साह, कारण के ? May 2, 2017 Arthatantrashare
    काठमाडौ । स्थानीय तहको निर्वाचनका लागि उम्मेदारी मनोनयन प्रक्रिया सुरु भएको दिन मंगलबार सेयर बजारमा समेत सकारात्मक परिवर्तन आएको छ । केहि दिनयता लगातार घटिरहेको नेप्से मंगलबार ७.५५ अंकले बढेर १६५८.३३ अंकमा पुगेको छ । यसदिन क वर्गका परिसुचकहरुको मापन गर्ने सेन्सेटिभ ईन्डेक्स पनि १.५५ अंकले बढेको छ । मंगलबार वाणिज्य बैंक, विकास बैंक, जलविद्युत र बीमा समूहका कम्पनीहरुको सेयरमूल्य बढेको ...