Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • झापा र कास्कीमा बन्ने भयो सुँगुर र बंगुरको औद्योगीक पार्क ! May 2, 2017 ArthatantraPork-pig Bangur
    काठमाडौ । नेपालमा अब सुँगुर र बंगुरको पनि पार्क निर्माण हुने भएको छ । पशुपंछी मन्त्रालयले झापा र कास्की जिल्लामा सुँगुर र बंगुरसम्बन्धी पार्क निर्माण गर्ने प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले सरकारी निजी साझेदारी अवधारणाअन्तर्गत ती दुई जिल्लामा पार्क निर्माण गर्न लागेको हो । मन्त्रालयका प्रवक्ता श्याम पौडेलले बंगुरको स्वच्छ र स्वस्थ्य मासु उत्पादन गरी स्वदेशको माग पूरा गरी निर्यात ...
  • मजदुर दिवसमा रोजगारमन्त्रीले भने कतै म बेरोजगार मन्त्री पो हो कि ! May 1, 2017 Arthatantrasuryaman gurungTrade union congress may day photo
    काठमाडौ । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले श्रमिकसँग सम्बन्धित श्रम ऐन र सामाजिक सुरक्षा ऐन अबको केहि दिनमै संसदबाट पास हुने बताएका छन् । १२८ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समितिद्धारा आयोजित श्रमिक सभामा उनले श्रम ऐन संशोधन गर्न बनेको उपसमितिले सबै काम पुरा गरेर पास गर्न संसदसमक्ष पठाईसकेको जानकारी दिए । उक्त ऐन संसदबाट ...
  • मध्यरातमा सेनाको आकस्मिक बैठक,उच्च सतर्कतामा रहन निर्देशन ! May 1, 2017 ArthatantraNepal Army
    काठमाडौ । प्रधानन्यायाधिश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि आइतबार राति अबेरसम्म नेपाली सेनाको आकस्मिक बैठक बसेको छ। देशमा हाल विकसित घट्नाक्रमको समिक्षा गर्न जंगी अड्डामा आकस्मिक पि.एस.ओज. बैठक बसेको सेनाका प्रवक्ता झंकरबहादुर कठायतले बताएका छन्। बैठकमा वर्तमान परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीहरुको समिक्षा गर्दै आवश्यक सुरक्षा सर्तकता अपनाउने निर्णय गरिएको उनले बताए। सेनाको बैंठक राती ८ बजे सुरु भएको ...
  • महाभियोगदेखि डराएकी छैन,डटेर सामना गर्छुः सुशीला कार्की May 1, 2017 Arthatantrachief justice sushila karki
    काठमाडौ। प्रधानन्यायाधीश सुशीला कार्कीले व्यवस्थापिका संसद्मा दर्ता भएको महाभियोग प्रस्तावले आफू आफू कत्ति पनि बिचलित नभएको प्रतिक्रिया दिएकी छन् । उनले यसको डटेर सामना गर्ने समेत बताइन् । सोमबार प्रकाशित नागरिक दैनिकसँग कुराकानी गर्दै प्रधानन्यायाधीश कार्कीले महाभियोगले आफूलाई केही पनि फिल नभएको बताएकी छन् । तपाईंमाथि लागेको महाभियोगलाई कसरी लिनुभएको छ ? भन्ने प्रश्नको जवाफमा कार्कीले भनेकी छन्, ‘मलाई त केही ...
  • के तपाईलाई हाईड्रोको १ करोड ६४ लाख कित्ता भन्दा बढि सेयर निष्काशनबारे … Apr 30, 2017 ArthatantraHydroelectricity - alternative energy issues and concepts word cloud illustration. Word collage concept.
    रसुवागढी हाइड्रोपावर कम्पनीले कर्मचारीका लागि छुट्ट्याइएको २४ प्रतिशत सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा विवरण पेस गरेको छ । रसुवामा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको सेयर निष्कासनको स्वीकृतिका लागि विवरण पेस गरेको गरेको हो । बोर्डबाट स्वीकृति प्राप्त भएपछि चालु आर्थिक वर्षभित्रै सेयर निष्कासन गरी बाँडफाँट गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले बताए । पहिलो चरणमा निष्कासन ...
  • इच्छाराजले छाडे सिभिल बैंक, बोगटी भए नयाँ अध्यक्ष Apr 30, 2017 ArthatantraIchha-Raj-Tamang
    काठमाडौ । राष्ट्रपतिबाट वित्तीय संस्था सम्बन्धि विधेयक (बाफिया) प्रमाणीकरण भएपछि इच्छाराज तामाङले सिभिल बैंकको सञ्चालक समिति छाडेका छन् । बाफियाले बैंक तथा वित्तीय संस्थाका करिव तीन दर्जन सञ्चालकहरु अयोग्य बनाएको छ । बाफियाले संसदहरु बैंकको सञ्चालक रहन नपाउने ब्यवस्था गरेपछि तामाङले सिभिल बैंकको सञ्चालबाट राजिनामा दिएका हुन् । तामाङले छाडेपछि सञ्चालक समितिमा अम्बिर बोगटी अध्यक्षमा नियुक्त भएका छन् । उनलाई बैंकमा विशेष ...
  • व्यवसायीले भने ‘वाणिज्य बैंकले झैं हामीले पनि सुन आयात गर्न पाउनुपर्छ’ Apr 28, 2017 ArthatantraThe gold reserves of the Bank of France. The National Bank of France has almost 3,000 tonnes of gold in reserve. The vault is 29 meters below street level. THe vault was built in 1925-30. Security is understandably tight.
    काठमाडौ । नेपाल रत्न तथा आभूषण सङ्घले वर्तमान प्रतिस्पर्धात्मक युगमा वाणिज्य बैंकहरुले मात्र सुन आयात गर्न पाउने व्यवस्थाले आफूहरुलाई मर्का परेको भन्दै नेपाल राष्ट्र बैंकले तोकेको सीमामध्ये ५० प्रतिशत सुन आयातको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । सङ्घको तेह्रौँ साधारण सभाबाट निर्वाचित नयाँ कार्यसमितिले यस्तो माग गरेको हो । नेपालमा निर्मित मौलिक एवम् कलात्मक गरगहना, बेलायत, अमेरिका, अस्ट्रेलियालगायत मुलुकमा निर्यात ...
  • नेपाली बजारमा आयो सिजीका नयाँ एयर कुलर र फ्यान Apr 28, 2017 Arthatantraair cooler and fans
    काठमाडौ । सिजीका नयाँ एयर कुलर र फ्यानहरु नेपाली बजारमा भित्रिएका छन् । सिजीको डिजर्ट कुलर र पर्सनल कुलरमा बिभाजन गरिएका एयर कुलर बजारमा आएका छन् । यस्ता एयर कुलरलाई आइस च्याम्बरमा बिभाजन गरिएको छ भने पावरफुल मोटर तथा फ्यान जडान गरिएका छन् । कम्पनीले सिलिङ फ्यान, स्ट्याण्ड फ्यान, वाल फ्यान, टेबल फ्यान ल्याएको हो । टेबल फ्यान मात्रै १२ वटा ...
  • बैंकको शतप्रतिशत हकप्रदमा भयो मूल्य समायोजन ! Apr 27, 2017 Arthatantrashare price stock
    काठमाडौ । ज्योति विकास बैंकको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले ज्योतिको १०० प्रतिशत हकप्रदपछि २४७ रुपैयाँमा मूल्य समायोजन गरेको हो । यसआधारमा ज्योतिको बिहीबार पहिलो कारोबार २४७ रुपैयाँमा खुलेको छ । यसैगरी, बैंकको औसत आधार मूल्य २३२ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ । प्रकाशित मितिः २०७४ बैशाख १४
  • असार ५ गतेसम्म भर्न मिल्ने हकप्रद सेयरबारे थाहा पाईराख्नोस्,हकप्रद पाउ… Apr 27, 2017 Arthatantrashare market positive profit stock
    काठमाडौ। गोर्खाज फाइनान्सले २८ लाख ९३ हजार ३१३ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । फाइनान्सले ५० प्रतिशत अर्थात २ कित्ता बराबर १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । बैशाख १९ गतेसम्म सेयर किन्नेले हकप्रद सेयर लिन पाउने फाइनान्सले जनाएको छ । फाइनान्सले हकप्रद सेयरका लागि जेठ १ गतेदेखि असार ४ गतेसम्म आवेदन खुला गरेको छ । सेयर निष्काशन ...