Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • पहाडी जिल्ला सर्पदंशको औषधि नहुँदा समस्या Nov 1, 2017 Arthatantrasnake
    तेह्रथुम । घाँस काट्न जाँदा सर्पले टोकेपछि गत साता जिरिखिम्तीकी देवीमाया कार्की जिल्ला अस्पताल गइन् । तर अस्पतालमा भर्ना भएर औषधि लगाउनुभन्दा पहिल्यै स्वास्थ्यकर्मीले यसको उपचार यहाँ हँुदैन भनिदिए । उपचारका लागि अस्पतालले सुविधासम्पन्न अस्पताल जान सिफारिश गरेपनि आर्थिक अवस्था कमजोर भएकाहरु जिल्ला बाहिर जान सक्दैनन् । उनले पनि त्यही कुरा अनुरोध गरे । अन्ततः स्वास्थ्यकर्मीको निकै लामो गन्थनपछि उनको घाउमा औषधि ...
  • साधारण लगानीकर्ताहरु,डाटा एनालिटिक्सको नयाँ फिचरबारे जानकारी राख्नुहोस… Oct 31, 2017 ArthatantraMerolagani Data Analytics
    काठमाडौ । केही समय अघि सञ्चालनमा आएको मेरो लगानी डाटा एनालिटिक्स अनलाइन सफट्वेयरमा नयाँ फिचर थप गरिएको छ । साधारण लगानीकर्ताको हीतलाई ध्यानमा राखेर यस्तो फिचर थप गरिएको हो । यो फिचरबाट निश्चित समयमा कुनै सूचकमा कति परिवर्तन भयो र त्यसको असर क्षेत्रगत रुपमा कति पर्यो भन्ने देखाउँछ । डाटा एनालिटिक्समा थप गरिएको नयाँ फिचर स्टक सेन्सिटिभिटीले समुहगत सूचकका बारेमा लगानीकर्ताले ...
  • बैंकको १०० रुपैंया अंकित करिब ३ अर्बको सेयर आजै किन्नुहोस् ! Oct 31, 2017 Arthatantrashare transction
    काठमाडौ । मेगा बैंकले जारी गरेको १० बराबर ६.५ अनुपात अर्थात ६५ प्रतिशत हकप्रदमा आवेदन दिने मिति कात्तिक १४ गते आजैमात्रै हो । भदौ २७ गतेदेखि निष्काशन खुला गरिएको सो हकप्रद सेयरमा असोज ३० गतेसम्म आवेदन गर्ने म्याद थियो । बैंकले आवेदन गर्ने मिति बढाएर कात्तिक १४ पुर्याएको थियो । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी ८ अर्ब पुर्याउने मिसनमा रहेको ...
  • २ दिनभित्रमा भर्नुहोस् साँढे १६ करोडको सेयर ! Oct 30, 2017 ArthatantraShare Contract
    काठमाडौ । बेष्ट फाइनान्स (साविक जनरल फाइनान्स) ले जारी गरेको १२५ प्रतिशत हकप्रद सेयरमा आवेदन दिने म्याद पनि कार्तिक १४ गते मंगलबार नै अन्तिम दिन हो । त्यसैले आज दिनभरी र भोलिसम्ममा यो हकप्रदमा आवेदन दिनुपर्नेछ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरको १६ लाख ५२ हजार ८५० कित्ता बराबरको १६ करोड ५२ लाख ८५ हजार रुपैया बराबरको हकप्रद सेयर विक्री ...
  • बैंकको १ लाख ६० हजार कित्ता सेयर भर्ने म्याद थप, हेर्नुहोस् कहिले सम्… Oct 30, 2017 Arthatantraagreement-signing-writing
    काठमाडौं । माछापुच्छ्रे बैंकले १ लाख ६० हजार ७४२.६४ कित्ता सेयर लिलामी भर्ने म्याद १ दिन थप गरेको छ । अब योे लिलामीमा भोलि मंगलबार (कात्तिक १४ गते) सम्म आवेदन दिन सकिनेछ । यसअघि बैंकले आज (सोमबार) सम्ममात्र भर्न सकिने जनाएको थियो । तर छठ पर्वको विदाका कारण लिलामी भर्ने समय १ दिन थप गरिएको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ ...
  • पछिल्लो समय तराई झर्न डराउँछन् पहाडिया,किन ? Oct 29, 2017 ArthatantraNepal Road Infrastructure
    इलाम । पछिल्लो समय झापालगायत तराईका जिल्लामा डेँगु रोगको संक्रमण बड्न थालेपछि पहाडका मानिस तराई झर्न डराउन थालेका छन् । रोगबाट संक्रमित हुने त्रासले इलामका बासिन्दा पूर्वी पहाडको मुख्य व्यापारिक तथा स्वास्थ्य उपचारको केन्द्र बनेको झापा बिर्तामोडमा जान डराउन थालेका तर महत्वपूर्ण काम परेमा मात्र तराई झर्न थालेका देउमाई नगरपालिकाका युवराज आचार्य बताउँछन् । व्यापारी, बालबालिका पढाउने अविभावक र सुविधायुक्त अस्पतालमा ...
  • दुई बैंक मर्जका लागि साधारण बोलाईयो,हेर्नुस् कति छ स्वाप रेसियो ? Oct 29, 2017 ArthatantraBank image1
    काठमाडौ। टुरिजम डेभलपमेन्ट बैंकले मेगा बैंकसंग मर्जर (गाभिन ) मा जान वार्षिक साधारणसभामा प्रस्ताव लैजाने भएको छ । टुरिजमको सञ्चालक समितिको १९९ औ बैठकले मेगासंग मर्जरमा जान आउदो साधारणसभामा प्रस्ताव पेश गर्ने निर्णय गरेको हो । बैंकले ७ औं वार्षिक साधारणसभा मंसिर ४ गते गर्ने भएको छ । साधारणसभाले पारित गरेपछि दुबै संस्था मर्जर भएर मेगा बैंकको रुपमा बैकिङ कारोबार गर्ने ...
  • हालै ५% बोनस पाएकाहरुलाई शतप्रतिशत हकप्रद भर्ने अर्काे अवसर ! Oct 27, 2017 ArthatantraRights-issues-
    काठमाडौ । नेपाल इन्स्योरेन्सले शतप्रतिशत अर्थात एक बराबर एकको अनु्पातमा हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसका लागि इन्स्योरेन्सले एनआईबिएल क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीको गत भदौ ३० मा सम्पन्न ६७ औं र ६८ औं बार्षिक साधारणसभाले ५ प्रतिशत बोनसपछि शतप्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेको थियो । कम्पनीले बीमा समितिले तोकेको चुक्तापूँजी पुर्याउने क्रममा ...
  • कसरी भयो इन्डोनेसियाको पटका कारखानामा आगलागी ? पढ्नुहोस… Oct 27, 2017 Arthatantrafire
    जकार्ता । इन्डोनेसियाको राजधानी नजिकै रहेको ताङगेराङ शहरको एक पटका कारखानामा बिहीबार आगलागी हुँदा ३० जनाको मृत्यु भएको छ भने ४६ कामदार घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन् । शहरको सुरक्षा अधिकारी सादुनीका अनुसार घाइते सवैजनालाई स्थानीय विभिन्न तीन अस्पतालमा राखिएको छ । सदुनीले घटनास्थलबाट स्थानीय टेलिभिजनलाई जानकारी दिँदै भने, “आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ भने ४६ जना ...
  • कर्मचारी संचय कोषको यो सूचना पढ्नुभयो ? एकचोटी पढ्नुहोस् Oct 26, 2017 Arthatantrakarmachari sanchaya kosh
    काठमाडौ। सरकारले कर्मचारी संचय कोष र राष्ट्रिय बीमा संस्थानमा प्रशासक नियुत्तिको प्रक्रिया सुरु गरेको छ । अर्थ मन्त्रालयले खुला प्रतिस्पर्धाबाट दुबै संस्थाको प्रशासकको पदपूर्तिका लागि आवेदन मागेको छ । कात्तिक २३ गतेसम्म आवेदन दिन प्रशासक नियुत्तिका लागि गठित छनौट तथा शिफारिश समितिले भनेको छ । मन्त्रालयले सिफारिश सम्बन्धि कार्यविधि तयार पारेपछि पदपूर्तिका लागि सूचना प्रकाशित गरेको हो । दुबै संस्था अहिले ...