Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • ९७ हजार पाँच सय २६ कित्ता सेयर, २४ गतेसम्म मात्र किन्न पाइने Apr 2, 2017 Arthatantrashare for sale
    काठमाण्डौं । सप्तकोशी डेभलपमेन्ट बैंकले शुक्रबारदेखि ९७ हजार पाँच सय २६ कित्ता सेयरमा शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकले शुक्रबार अर्थात चैत १८ गतेदेखि संस्थापकतर्फ ५६ हजार सात सय कित्ता तथा सर्वसाधारणतर्फको ४० हजार आठ सय २६ कित्ता सेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो । बैंकले पुस २४ गते देखि फागुन १ गते सम्म १० लाख कित्ता हकप्रद निष्कासन ...
  • के फरक पर्ला अब ? आजबाट नेपालमा युरो–४ स्ट्याण्डर्डको तेल Apr 1, 2017 Arthatantrapetrol
    काठमाडौ । नेपालमा औपचारिक रूपमै युरो–४ स्ट्यान्डर्ड डिजेल–पेट्रोलको बिक्री सुरु भएको छ । भारतले आफ्नो देशमा आजैबाट पूर्णरुपमा युरो–फोरको तेल बिक्री सुरु गर्दैछ । त्यसैकारण एक महिनाभन्दा अघिदेखि नेपालमा पनि अनौपचारिक रूपमा यूरो मापदण्डको तेल आउँदै थियो । यसअघि नेपालमा भारतबाट युरो–थ्री स्ट्याण्डर्डको तेल मात्रै आउने गरेको थियो । भारतले आफ्ना रिफाइनरीहरुबाट पूर्ण क्षमतामा युरो–फोर मापदण्डको तेल प्रोशोधन गर्न सुरू गरेकाले ...
  • पुष्प मेलाको तेस्रो दिन सम्म ५२ लाख बढीको कारोबार Apr 1, 2017 Arthatantraflora 2073
    काठमाडौ । नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा बिहिबारबाट सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पोको तेस्रो दिन सम्म ५२ लाख बराबरको कारोबार भएको छ । एक्स्पोको पहिलो दिन ९ लाख १६ हजार, दोस्रो दिन १६ लाख १९ हजार बराबरको कारोबार भएकोमा तेस्रो दिन अर्थात शनिबार मात्र २५ लाख ७१ हजार बढीको कारोबार भइसकेको फ्लोरिकल्चर एशोसिएशन ...
  • के तपाई सेयरमा लगानी गर्दै हुनुहुन्छ ? आयो फेरि नयाँ नियम ! Mar 31, 2017 Arthatantrashare market stock
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले सेयरको प्राथिमक निस्कासन (आइपिओ)मा आवेदन दिँदा फोटो र नागरिकताको फोटोकपी नचाहिने व्यवस्था गरेको छ । गत माघ देखि आइपिओमा आवेदन दिन डिम्याट खाता अनिवार्य गरिएको हुँदा फोटो र नागरिकताको फोटोकपी नचाहिने बोर्डले जनाएको हो। लगानीकर्तालाई सहज बनाउन ल्याइएको यो प्रावधान आगामी निस्कासनहरुबाटै कार्यान्वयनमा आउने समेत बोर्डले जनाएको छ। त्यस्तै, हालै सञ्चालनमा ल्याइएको आश्वा प्रणालीबाट आवेदन गर्दा ...
  • इन्स्योरेन्स कम्पनीले दिँदैछ २ः१ अनुपातमा हकप्रद र १३ करोडभन्दा रुपैया… Mar 31, 2017 Arthatantrainsurance share stock
    काठमाण्डौं । एशियन लार्इफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीको हिजो बिहीबार भएको साधारणसभाबाट हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भएको हो । यो हकप्रद जारीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ८३ लाख ८८ हजार ६ सय पुग्नेछ। यसका साथै, आर्थिक वर्षको खुद मुनाफामध्येबाट कर कट्टा गरी १३ करोड ४२ लाख ...
  • हकप्रदले प्रभावित आजको सेयर बजारमा हेर्नुस् केके भयो ? Mar 30, 2017 Arthatantranepse_photo
    काठमाण्डौं । साताको अन्तिम दिनको सेयर कारोबार बैंकको बोनस तथा हकप्रद सेयर प्रयोजनका लागि सेयर धनी दर्ता पुस्तिका बन्दले प्रभावित भएको छ । विहीबार नेप्से शुन्य दशमलव ६५ अंकले घटेर १५८७.६४ विन्दुमा पुगेको छ । १४० कम्पनीको सेयर किनबेच भएको बजारमा एक अर्ब ४८ करोड बराबरको कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा एक अर्ब ८ करोडले कम हो ...
  • तीन विकास बैंक एक हुँदै, हेर्नुस् कति छ स्वाप रेसियो ? Mar 30, 2017 ArthatantraBank Marger
    काठमाण्डौं । प्राइम कमर्सियल बैंक लिमिटेडले बिराटलक्ष्मी विकास बैंक लिमिटेड र कन्ट्री डेभलपमेण्ट बैंक लिमिटेडलाई खरिद गर्नका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । यी तीन संस्थाले आठ महिना अघि एक्विजिसन सम्झौता गरेका थिए । बिराटलक्ष्मीका सेयरधनीले एक सय कित्ता बराबर प्राइमको ७५ कित्ता तथा कन्ट्रीका सेयरधनीले पनि एक सय कित्ता बराबर प्राइमको ४० कित्ता सेयर पाउने गरी यी ...
  • फाइनान्सले २७ करोड २२ लाख बराबरको सेयर जारी गर्दै Mar 30, 2017 Arthatantrashare
    काठमाण्डौँ । गुडविल फाइनान्सले हकप्रद सेयर निष्कासनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । फाइनान्सले २७ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २२ हजार पाँच सय कित्ता सेयर निष्कासन गर्न लागेको हो। फाइनान्सको बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । बैंकको हाल चुक्ता पूँजी ४५ करोड ३७ लाख रुपैया रहेको छ । बैंकले पुस मसान्त सम्म दुई करोड ९७ ...
  • बजारमा आयो व्यापक गिरावट तर कारोबार रकम भने हालसम्मकै उच्च Mar 29, 2017 Arthatantrashare market stock NEPSE
    काठमाण्डौं । लगातार १० दिन देखि बढिरहेको सेयर बजारमा आज भने झर्न पुगेकोछ । हिजो १६१० अंकमा पुगेको बजार आज अन्त्य सम्ममा २२.३३ अंकको गिरावट आएर १५८८.२९ अंकमा ओर्लिएको छ । सेयर सूचकमा गिरावट आए पनि आज दुई अर्बभन्दा माथिको कारोबार भएकोछ । आज बुधबार १४९ कम्पनीको दुई अर्ब ५४ करोड ५० लाख रुपैयाँ बराबरको ४९ हजार कित्ता सेयर बिक्रि भएका ...
  • के पोखरामा पनि भित्रिएलान् त वार्षिक ३० लाख पर्यटक ? Mar 29, 2017 Arthatantrapokhara
    पोखरा । नेपाल र चीनबीचको पर्यटनमा साझेदारी र विकास गर्ने उद्देश्यका साथ चीनको सिचुआन प्रान्तमा क्रियाशील पर्यटनसम्बद्ध संस्था र व्यवसायी पोखरामा आएका छन् । पर्यटनमा साझेदारी गर्दै दुवै देशबीचको पर्यटकीय विकास गर्ने उद्देश्यका साथ सिचुआनको पर्यटन विकास आयोगका पदाधिकारीसहितको टोली पोखरा आएको हो । टोलीले मङ्गलबार पोखरामा एक अन्तक्रियासमेत गरेको छ । अन्तरक्रियामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री परशुराम तामाङले नेपाल ...