Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • डेभलमपेण्ट बैंकले दिँदैछ १०ः३ अनुपातमा हकप्रद Mar 29, 2017 Arthatantrabank-information
    काठमाण्डौं । ओभ डेभलपमेन्ट बैंकले १० बराबर तीनको अनुपातमा हकप्रद सेयर जारि गर्ने भएको छ। बैंकले मनास्लुलाई गाभेपछि यो सेयर जारी गर्ने छ। बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारले बौद्ध शाखाको उद्घाटन कार्यक्रममा मनास्लु विकास बैंकलाई गाभ्ने अन्तिम तयारी भइरहेको जानकारी दिँदै त्यसपछि हकप्रद सेयर जारी गर्ने बताएका हुन् । मनास्लुलाई गाभ्नका लागि बैंकले नेपाल राष्ट्र बैंकमा अन्तिम स्वीकृतिका लागि निवेदन दिने ...
  • सेयरको क्रेज : मोफसलबाट एकै दिनमा पाँच करोडको कारोबार Mar 29, 2017 Arthatantrastock market share market
    विराटनगर । आइतबारदेखि यहाँ सञ्चालनमा आएको क्रिस्टल कञ्चनजंघा सेक्युरिटिजको शाखाले मंगलबार पाँच करोडको कारोबार गरेको छ । सेक्युरिटिजका विराटनगरस्थित कोअर्डिनेटर हरिबहादुर खड्काका आइतबार शाखा बिस्तारको काम भएको र सोमबार घोडेजात्राका कारण राजधानीमा विदा भएकाले कारोबार हुन सकेको थिएन । तर हिजो कारोबार भएको पहिलो दिनमै पाँच करोडको कारोबार भएको हो । विराटनगरमा अवकाशप्राप्त कर्मचारी र सामान्य गृहिणीदेखि ठूला घरानाका व्यवसायीसमेत सेयर बजारमा ...
  • उपभोग घट्दा पनि फेरि किन बढ्यो अण्डाको भाउ ? Mar 29, 2017 Arthatantraeggs
    काठमाण्डौं । नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य बढाएको छ । यसअघि प्रतिगोटा १२ देखि १३ रुपैयाँ तिर्दै आएका उपभोक्ताले अब प्रतिगोटा अण्डाको १५ रुपैयाँ तिर्नुपर्नेछ । नेपाल अण्डा उत्पादक संघले ठूलो अण्डा फार्म मूल्य प्रतिक्रेट ३ सय ४५ र बिक्री मूल्य ३ सय ५० रुपैयाँ कायम गरेको छ । संघले मिडियम अण्डा प्रतिक्रेट फार्म मूल्य ३ सय १५ र बिक्री ...
  • सरकारी मूल्यांकन, प्रति कठ्ठा जग्गाको न्युनतम दुई लाख ४१ हजार ५०० मात्… Mar 28, 2017 Arthatantraland plot jamin
    काठमाण्डौं । दोस्रो अन्तराष्ट्रिय बिमानस्थलको मुआब्जा निर्धारण समितिले अधिग्रहण हुने जग्गाको मुआब्जा निर्धारण गरेको छ। चैत्र १४ गते मुआब्जा निर्धारण समितिको बैठकले प्रति कठ्ठा न्युनतम दुई लाख ४१ हजार ५०० देखि अधिकतम चार लाख ६० हजार रुपैयाँसम्म मुआब्जा निर्धारण गरेको हो। अधिग्रहणमा परेको सडकले नछोएको जग्गा प्रति कठ्ठा दुई लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। सहायक सडकले छोएको जग्गा ...
  • नयाँ वर्षमा थाइल्याण्ड घुम्ने कि ? आयो ५ दिन ४ रातको प्याकेज Mar 28, 2017 ArthatantraThiland
    काठमाण्डौं । आउटलुक नेपाल टुर्स एण्ड ट्राभल्सले ५६ हजार रुपैयाँमा ५ दिन चार रातको थाइल्याण्ड टुर प्याकेज ल्याएको छ । सस्तो देखि महंगोसम्म टुर प्याकेज हुनेगरे पनि यो मध्यम रेट भएको कम्पनीका प्रबन्ध निर्र्देशक उद्धव कुमार कोइरालाले जानकारी दिए । ‘ यो ५६ हजारको प्याकेजमा काठमाडौं एयरपोर्टबाट यात्रागरेपछि फर्केर आएसम्म पर्छ तर ग्रहकलाई प्याकेज बाहिरको अन्य खर्च भने यात्रुले नै खर्चनुपर्छ’ ...
  • भक्तपुरमा १२ दिने बृहत औद्योगिक मेला हुने Mar 27, 2017 Arthatantrabackdrop 1
    भक्तपुर । नयाँवर्षको अवसरमा भक्तपुरमा ‘तेश्रो भक्तपुर औधोगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७३।७४’ को आयोजना गर्ने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डले आयोजना गर्ने मेला आगामी चैत्र २२ गतेदेखि बैशाख २ गतेसम्म १२ दिने मेला आयोजना हुने भएको हो । संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष सन्दिप महतले उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध ...
  • हाइड्रोले ल्याउँदैछ ४० लाख ८१ हजार कित्ता नयाँ सेयर, किन्ने हैन त ? Mar 27, 2017 Arthatantrahydropower-
    काठमाण्डौं । बुटवल पावर कम्पनीले थप नयाँ सेयर निष्काशन गर्नका लागि सेयर मूल्य तोकेको छ । कम्पनीको गत आसार २७ गते सम्पन्न साधारणसभाले गरेको निर्णय अनुसार ४० लाख ८१ हजार कित्ता नयाँ सेयर निष्काशनका लागि सेयर मूल्य निर्धारण गरेको हो । आधिखोला जलविद्युत केन्द र झिमरुक जलविद्युत केन्द्र आसपासका स्थानीयलाई पाँच प्रतिशत सेयर छुट्याएको कम्पनीले बिक्री प्रबन्धकको जिम्मा एनएमबी क्यापिटल तथा ...
  • नेपालगञ्ज, बुटवल, नारायणगढ, बनेपा, बिराटनगर वा बिर्तामोड, कहाँ हुनुहुन… Mar 27, 2017 Arthatantrabroker-license
    काठमाण्डौं । आइतबार देखि देशका प्रमुख छ शहरबाट सात ब्रोकर कम्पनीले कारोबार सुरु गरेका गर्का छन्। नेपाल स्टक ब्रोकर एसोसिएसनका अनुसार ‘रिमोट वर्क स्टेशन’ मार्फत नेपालगञ्जमा दुई एवं बुटवल, नारायणगढ, बनेपा, बिराटनगर र बिर्तामोड बाट एकरएक ब्रोकर कम्पनीले कारोबार सुरु गरेका हुन्। नेपालगञ्जमा इम्पेरीयल सेक्युरिटिज (४५ नम्बर ब्रोकर) र कालिका सेक्युरिटिज (४६ नम्बर ब्रोकर) शाखा सञ्चालनमा ल्याएका हुन्। बुटवलमा आर्यतारा इन्भेटमेन्ट ...
  • स्थानीय बजेट ह्वात्तै बढ्ने, कारण के ? Mar 26, 2017 Arthatantramoney-clipart
    काठमाडौ । अर्थ मन्त्रालयले संघीयता कार्यान्वयन हुने गरी मंगलबारदेखि बजेट छलफल सुरु गर्ने भएको छ। यसअघि योजना आयोगले पुरानै ढाँचामा बजेट छलफल सम्पन्न गरिदिएका कारण बजेट कुन ढाँचामा भन्ने अन्योल उत्पन्न भएको थियो। पुनः संरचनासँगै अधिकारसम्पन्न स्थानीय निकाय जेठको पहिलो सातादेखि नै सक्रिय हुने अवस्था भए पनि बजेटको निर्माणप्रक्रिया पुरानो ढाँचामा अघि बढेको थियो। कतिसम्म भने संविधानले अधिकारजति स्थानीय निकायलाई दिए ...
  • एक सय छहत्तरमा स्वाइन फ्लुको सङ्क्रमण, दुईको मृत्यु Mar 25, 2017 Arthatantraswine-flu
    मालदिभ्समा स्वाइन फ्लु ९एच–१ एन–१० को सङ्क्रमण १७६ जनामा भेटिएको यहाँको स्वास्थ्य सुरक्षा निकायद्वारा शुक्रबार सार्वजनिक तथ्याङ्कमा जनाइएको छ । पछिल्लो समय स्वाइन फ्लुुको सङ्क्रमण भेटिएपछि सङ्कलन गरी पठाइएका शङ्कास्पद नमुनामा १७६ जनामा सो रोगको सङ्क्रमण भेटिएको हो । हाल सङ्क्रमितमध्ये २३ जनामा रोगको प्रभाव बढी भएको भेटिएपछि अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ भने थप सङ्क्रमित मानिस अस्पताल पुग्ने क्रम ...