Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • चैत ५ गतेसम्म सेयर किन्नुहोस् र पाउनुहोस् ५० प्रतिशत हकप्रदको मौका Mar 10, 2017 ArthatantraRight Share
    काठमाण्डौं । प्रभु इन्स्योरेन्सले हकप्रद निस्कासनका लागि चैत ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। कम्पनीले ५० प्रतिशत हकप्रद निस्कासन गर्न लागेको हो । चैत ५ गतेसम्म दोस्रो बजारमा शेयर खरीद गर्ने लगानीकर्ताले हकप्रद आबेदन दिन सक्ने छन्। कम्पनीले फागुन ११ गते धितोपत्र बोर्डबाट हकप्रद निस्कासन गर्ने अनुमति पाएको थियो। कम्पनीको हकप्रद निस्कासनको बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल छ। कम्पनीले १९ करोड ...
  • नेपालको सत्तरी प्रतिशत व्यापार भारतसँग मात्रै Mar 9, 2017 ArthatantraTrade with Bangaladesh
    हेटौँडा। भारतको कोलकाताका लागि नेपालका तर्फबाट महावाणिज्यदूत एकनारायण अर्यालले नेपालको ७० प्रतिशत व्यापार भारतसँग निर्भर रहेको बताएका छन् । तेस्रो देश भन्दा पनि भारतसँग सबैजसो सामानमा अन्तरनिर्भर हुनुपरेकाले धेरै व्यापार भारतसँग हुने गरेको उनले बताए । बुधबार मकवानपुर उद्योग वाणिज्य सङ्घले उहाँको स्वागत, सम्मान तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले नेपालको व्यापार भारतसँग हुने हुँदा आफू त्यस ठाउँमा पुगेकाले त्यसका समस्याको समाधान ...
  • थाहा छ तपाईलाई ? ग्लोबल आईएमईले दिँदैछ १५.७६ प्रतिशत बोनस सेयर Mar 9, 2017 Arthatantraglobal-ime-bank-
    काठमाण्डौं । ग्लोबल आईएमई बैंकले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई १५।७६ प्रतिशत बोनस दिने भएको छ । बैंक सञ्चालक समितिले लाभांश बितरण र अन्य प्रस्ताव पारित गर्न दशौं बार्षिक साधारणसभा चैत २१ गते हुँदैछ । बैंकले साधारणसभा प्रयोजनका लागि बैंकले आगामी चैत ७ गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएको छ ।  चैत ६ गतेसम्म कायम भएका सेयरधनीले बैंकले प्रस्ताव गरेको बोनसका ...
  • हाइड्रोको १९ लाख कित्तामा ४ अर्ब बढीको आवेदन,कति पर्ला सेयर ? Mar 8, 2017 ArthatantraHydro Power
    काठमाडौ । युनाइटेड मोदी हाइड्रापावरको आइपीओमा चार अर्ब रुपैयाँको आवेदन परेको छ । यो परम्परागत तरिकाबाट संकलन केन्द्रमा गएर आवेदन दिनेको मात्र विवरण हो । आस्वाबाट आवेदन दिनेको विवरण यसमा समावेश गरिएको छैन । आस्वाको विवरण आउन अझै केही दिन लाग्ने बिक्री प्रबन्धकले जानकारी दिएको छ । युनाइटेड मोदीको आइपीओ सोमबारदेखि बिक्री बन्द भइसकेको छ । तीन दिनमा दुई अर्बको आवेदन ...
  • बजारमा उत्साह फर्किएपछि एकैदिन एक करोडभन्दा बढी कित्ता सेयर सूचिकृत Mar 7, 2017 Arthatantrajust listed for sale share
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिजो सोमबार एक करोड पाँच लाख ३३ हजार ९५९ कित्ता सेयर सुचिकृत भएको छ । विभिन्न कम्पनीको बोनस, हकप्रद, एफपिओ गरेर यो संख्यामा सेयर सुचिकृत भएको हो। नेप्सोमा सबैभन्दा बढि बोनस सेयर सुचिकृत भएको छ । ६ कम्पनीको ५३ लाख १२ हजार ४८ कित्ता बोनस सेयर सुचिकृत भएको छ । त्यस्तै, दुई कम्पनीका २७ ...
  • भार्गव विकास बैंकको शतप्रतिशत हकप्रद आजबाट बजारमा Mar 7, 2017 ArthatantraBhargav-bikash-Bank
    काठमाण्डौं । भार्गव विकास बैंकले आजदेखि हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले शतप्रतिशत हकप्रद निष्काशन गरेको हो । गत फागुन ११ गते सम्म दोस्रो बजारबाट सेयर खरीद गरेका र साविक एक सेयर धनीले थप एक सेयर आवेदन दिन सक्ने बैंकले जनाएको छ । फागुन २४ गतेदेखि चैत २८ गते सम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । बैकको हकप्रद एनएमबि ...
  • थाहा पाइराख्नुस्, सेञ्चुरीले दिँदैछ १० प्रतिशत बोनस Mar 6, 2017 Arthatantracentury-commercial-bank
    काठमाण्डौं । सेञ्चुरी कमर्शियल बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई दिने प्रतिफल प्रस्ताव गरेको छ । बैंकले केही समय अघि निष्काशन गरेको हकप्रदले समेत पाउने गरी १० प्रतिशत बोनस प्रस्ताव गरेको हो । अहिले चुक्ता पूँजी तीन अर्ब ६८ करोड ९० लाख रुपैंया रहेको बैंकको बोनस बितरण पश्चात चुक्ता पूँजी चार अर्ब रुपैंयाको हाराहारीमा पुग्नेछ । बैंकले सगरमाथा फाइनान्सलाई एक्वायर गर्ने सम्झौता ...
  • दुई वर्षपछि बल्ल खुल्यो गाभिएर एक बनेको ५ बैंकको सेयर कारोबार Mar 6, 2017 Arthatantraopen-for-business share
    काठमाण्डौं । चार विकास बैंकलाई आफुमा गाभेको नेपाल क्रेडिट एण्ड कमर्श बैंकको सेयर कारोबार सेयर कारोबार आजबाट सुचारु भएकोछ । बैंकले बितरण गरेको बोनस समेत समायोजन भएर प्रति कित्ता तीन सय १३ रुपैंयामा बैंकको सेयर कारोबार खुलेको हो । झण्डै दुई बर्षदेखि सेयर कारोबार रोकिदा लगानीकर्ताहरु मर्कामा परेको बताइरहेका थिए । जनवरी १ बाट बैंकको एकीकृत कारोबार सुरु भएको थियो । ...
  • सेयर बजारमा फर्कियो उत्साह, कारोबार र सूचक दुबै बढे Mar 5, 2017 Arthatantranepse_photo
    काठमाण्डौं । आज आइतबार सेयर बजार सुचक करिव २५ अंकले उक्लिएको छ भने कारोबार रकम ६१ करोड रुपैयाँ नाघेको छ । दिनभरीमा १४१  कम्पनीका करिब १२ लाख कित्ता सेयर किनबेच भएका छन् । आज अन्य बाहेक सबै उपसुचकहरु बढेका छन् । बैंकिङ २३.१४, होटेल ४७.९३, विकाश बैंक समूह २४.९८, जलबिद्युत १७.५५, फाइनान्स ७.०७, इन्स्योरेन्स २२६.०२, उत्पादन मुलक २१.७९ अंकले बढेका छन् ...
  • कुमारी बैंकको सेयर मूल्य समायोजनबारे थाहा पाइराख्नुहोस् Mar 5, 2017 Arthatantrakumari-bank Limited
    काठमाण्डौं । कुमारी बैंकको नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज आइतबार सेयरमूल्य समायोजन भएको छ । बैंकले ५० प्रतिशत हकप्रद र २१ प्रतिशत बोनसपछि सेयरमूल्य समायोजन गरेको हो । कुमारी बैंकको समायोजित मूल्य ३ सय ३१ रुपैयाँ रहेको छ । जसको आधारमूल्य ३ सय ५२ रुपैयाँ रहेको छ । बैंकले फागुन २० गतेदेखि बुक क्लोज गरी चैत नौ गते साधारण सभा बोलाउने ...