Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • एक सय विद्यार्थीलाई निःशुल्क साइकल वितरण Oct 25, 2017 Arthatantracycle
    तिलोत्तमा, रुपन्देही । रुपन्देही तिलोत्तमा नगरपालिकास्थित तीनवटा विद्यालयका एक सय विद्यार्थीलाई निःशुल्क रुपमा साइकल वितरण गरिएको छ । तिलोत्तमा– ४ डिंगरनगरस्थित जनज्योति मावि, मणिग्रामस्थित शान्ति नमुना मावि र तिलोत्तमा– २ शंकरनगरस्थित दुर्गादत्त माविमा अध्ययनरत् विद्यार्थीलाई निःशुल्क रुपमा साइकल वितरण गरिएको हो । गरिब तथा विपन्न परिवारका जेहन्दार विद्यार्थी र टाढाटाढाबाट विद्यालय आउने बालबालिकाको हितलाई ध्यानमा राखेर साइकल वितरण गरिएको ख्वाङ्जु कोरियन ...
  • बैंकको सेयर छ ? तपाईले पाउने हुनुभो १५% बोनससहित ४०% लाभाँश,पढ्नुहोस् … Oct 25, 2017 ArthatantraBonus-share
    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको ४० प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । सञ्चालक समितिको प्रस्तावलाई कात्तिक ७ गते सम्पन्न कम्पनीको ३१औं वार्षिक साधारणसभाले पारित गरेको हो । सभाले पारित गरेबमोजिम कम्पनीले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । १५ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी १० अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ...
  • बैंकको १०% बोनसपछि मूल्य समायोजन Oct 25, 2017 Arthatantraprice tag with copy space
    काठमाडौ। ग्लोबल आइएमइ बैंकको सेयर मूल्य समायोजन भएको छ । बुधबार नेप्सेले बैंकको १० प्रतिशत बोनसपछि सेयर मूल्य समायोजन गरेको जनाएको छ । बैंकको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ३५४ रुपैयाँ रहेको छ । जसका लागि आधार मूल्य ३७१ रुपैयाँ रहने भएको छ । प्रकाशित मितिः २०७४ कार्तिक ८
  • बचतपत्र निष्काशन गर्दै नेपाल राष्ट्र बैंक Oct 24, 2017 Arthatantranrb
    काठमाडौ । नेपाल राष्ट्र बैंकले ८.५ प्रतिशत ब्याज दरको नागरिक बचतपत्र निष्काशन गर्ने भएको छ । बैंकले पाँचवर्षीय अवधिको बचतपत्र यही कात्तिक १२ गतेदेखि निष्काशन गर्न लागेको हो । आगामी मंसिर १ गतेसम्म बचतपत्र खरिदका लागि आवेदन दिन पाइने बैंकले उल्लेख गरेको छ । बैंकले ब्याज भने प्रत्येक छ महिनामा र सावाँ २०७९ साल मंसिर ६ गते भुक्तानी गर्नेछ । बचतपत्र ...
  • २८१% हकप्रद निष्काशन हुँदै,आफ्नो सेयर हेरेर भर्ने तयारीमा बस्नुहोस् ! Oct 24, 2017 ArthatantraShare Contract
    काठमाडौ। प्रोग्रेशिभ फाइनान्सले सेयरधनीको लागि २८१ प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ५९ लाख एक हजार कित्ता अर्थात् ५९ करोड एक लाख रुपैंया बराबरको हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले असोज ३१ गते धितोपत्र बोर्डमा निवेदन दिएर ५९ करोड एक लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने अनुमति मागेको हो । ...
  • तपाईसँग कति कित्ता सेयर छ ? २ कम्पनीले दिंदैछन् क्रमशः २०% र १५% बोनस Oct 23, 2017 Arthatantrabonus01
    काठमाडौ । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्विकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । उता सोल्टी होटलले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ६.०५३ प्रतिशत नगद ...
  • भाइरल ज्वरोको प्रकोप फैलँदा एकको मृत्यु, २ सय भन्दाबढी बिरामी Oct 23, 2017 Arthatantrafever
    गोरखा । गोरखाको धार्चे गाउँपालिका–७ लापु गाउँमा एक सातादेखि फैलिएको ज्वरो, रुघाखोकीको प्रकोपले एक जनाको मृत्यु भएको छ । दुई सयभन्दा बढी मानिस बिरामी छन् । ५० वर्षीया पनमानी गुरुङको शनिबार बेलुकी निधन भएको हो । गुरुङ एक सातादेखि ज्वरोबाट पीडित थिए । गाउँमा घरघरै बिरामी भएकाले उपचार गर्न स्वास्थ्य संस्था पुग्न पनि नसकिएको लापुको शान्ति प्राथमिक विद्यालयका प्रधानाध्यापक वीरबल गुरुङले बताए ...
  • बैंकको कति कित्ता सेयर छ ? दुई ठूला बैंकले दिंदैछन् बोनस र नगद लाभांश … Oct 22, 2017 Arthatantrabonus-2
    काठमाडौ । लक्ष्मी बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंक सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेस गर्ने निर्णय गरेको हो । १० प्रतिशत बोनस दिइसकेपछि भने चुक्ता पुँजी ८ अर्ब २१ करोड ९६ लाख ५३ हजार रुपैयाँ पुग्नेछ ...
  • विद्यालय भवन पुनःनिर्माण Oct 22, 2017 Arthatantraschool construction
    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा रहेको मुक्तिमार्ग माविको कक्षा कोठा भवन पुनःनिर्माण गरिएको छ । रु एक करोड १५ लाखको लागतमा आठ कोठे भवन पुनःनिर्माण गरिएको व्यवस्थापन समितिका अध्यक्ष गोकुल बरुवालले जानकारी दिए । दुई तले भूकम्प प्रतिरोधात्मक क्षमताको भवन अपांग मैत्रीसमेत छ । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल ३५८ जना विद्यार्थी अध्ययनरत छन् । नयाँ र सुविधा ...
  • २ बराबर १ को अनुपातमा हकप्रदपछि कसले निष्काशन गर्दैछ आईपीओ,जान्नुहोस् Oct 20, 2017 Arthatantraipo and right share
    काठमाडौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको दोस्रो साधारण सभा कात्तिक २२ गते होटल प्यासिफिक, धनकुटामा हुने भएको छ । संस्थाले हकप्रद सेयर निष्काशन गरेपछि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनितले साधारण सभाको विशेष प्रस्तावमा पूँजी वृद्धिका लागि २ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने रहेको छ । संस्थाले सो हकप्रद सेयर पछिको जारी पुँजीमा सर्वसाधारण समूहका लागि ...