Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
अन्य
  • अब कसैको फोटो बिगारेर सामाजिक संजालमा राखे २० हजार जरिवाना, २ वर्ष कैद Feb 17, 2017 Arthatantrafacebook
    काठमाण्डौं ।  फोटो बिगार्ने तथा एउटाको फोटो अर्कोसँग जोड्ने र विकृत रुप तयार गर्नेले जेल सजाय भोग्नुपर्ने गरी कानुन तयार भएको छ। मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याउन लागिएका विधेयकहरु मध्येको फौजदारी कसूरसम्बन्धी विधेयकमा यस्तो व्यवस्था गरिएको हो। कानुन मन्त्रालयले तयार गरेको मस्यौदामा भने फोटो जोड्ने र विकृत रुप बनाउनेलाई सजायको व्यवस्था थिएन। तर सांसदहरुले संसदमा विधेयकको मस्यौदामा यस्तो व्यवस्था थप गरेका ...
  • हाइड्रोको सेयर किन्नुभाछ ? आज बाँडिदैछ सेयर Feb 16, 2017 ArthatantraShare collection
    काठमाण्डौं । सिनर्जी पावर डेभलपमेन्टले सर्वसाधारणमा निष्काशन गरेको साधारण सेयर आज बाँडफाँड हुँदैछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार साँझ चार बजे नक्सालस्थित सानिमा बैंकको मुख्य कार्यालयमा सेयर बाँडफाँड गरिने छ । पुस ८ गते देखि १२ सम्म आइपीओ निष्काशन गरेको कम्पनीले कम्पनीले एक सय रूपैयाँ अंकित दरमा २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर बेचेको ...
  • अब चिठ्ठा पर्ने १५ सयले मात्र चलाउन पाउनेछन् ट्याक्सी Feb 16, 2017 ArthatantraEON-taxi
    काठमाण्डौं । भूकम्पपीडितका लागि दिने भनिएको ट्याक्सीका लागि हाते पुस्तिका तयार भएको छ।यातायात व्यवस्था विभागले ट्याक्सीका लागि आवेदन दिएका व्यक्तिको नामावली सहितको हातेपुस्तिका सम्वन्धित जिल्लामा पठाउने भएको छ। पुस्तिकामा नाम लगायतका विवरणमा गल्ती भएमा सच्याउन पाँच दिनको समय पाउने विभागले जनाएको छ।विगतमा नाम गल्ती हुँदा ट्याक्सी परेपनि नपाउने अवस्था भएपछि हातेपुस्तिकाको व्यवस्था विभागले गरेको हो। गल्ती भए सच्याउने, छुटेको भए दाबी विरोध ...
  • बिदेशी मुद्रासहित एक युवक विमानस्थलबाट पक्राउ Feb 15, 2017 Arthatantrabanking-Jel
    काठमाडौ । विदेशी मुद्रा १३ हजार १८० युरोसहित प्रहरीले एक युवकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । कतार एयरवेजको उडानबाट काठमाडौँ – दोहा हुँदै जर्मन जान लागेका चन्द्रागिरि नगरपालिकाका सुरजकुमार राईलाई मङ्गलबार विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । राईले आफ्नो हाते झोलामा किताबभित्र लुकाइछिपाइ लैजान लागेको अवस्थामा जाँचका लागि एक्सरे गर्ने क्रममा उक्त मुद्रा फेला परेको प्रहरीले जनाएको छ । प्रकाशित ...
  • डडेलधुरामा जीप दुर्घटना हुँदा सातको मृत्यु (अपडेट) Feb 15, 2017 ArthatantraRoad-Accident
    डडेल्धुरा । डडेल्धुरामा आज भएको जिप दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । भागेश्वर गाविसबाट सदरमुकामतर्फ आउँदै गरेको से१ज ८३३ नं को जीप अमरगढी नगरपालिका– ३ ठूलोखोला नजिक दुर्घटनामा परेको हो । सो दुर्घटनामा परेर भागेश्वर गाविस–४ सतिगाउँका लक्ष्मण भट्ट, सोही स्थानका जयानन्द भट्ट, भागेश्वर–८ का गणेश सार्की, सोही गाविस–५ का नरपती पाण्डेय र ...
  • करिब ८० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत Feb 14, 2017 Arthatantrashare broker
    काठमाडौ । मंगलबार नेपाल स्टक एक्सचेञ्जमा पाँच वटा कम्पनीले सेयर सूचिकृत गराएका छन् । पाँच कम्पनीले ६९ लाख ४१ हजार १५ दशमलव ९६ कित्ता बोनस सेयर र १० लाख ५६ हजार तीन सय ६९ दशमलव ६ कित्ता हकप्रद सेयर गरी कुल ७९ लाख ९७ हजार ३ सय ८५ दशमलव ५६ कित्ता सेयर सूचिकृत गराएका हुन् । एस डेभलपमेन्ट बैंक लिमिटेडको २० ...
  • स्टान्डर्ड चाटर्ड बैंकले प्रिमियममा एफपिओ जारी गर्न अनुमति पायो, हेर्न… Feb 14, 2017 Arthatantrafpo
    काठमाडौ । स्टान्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडले एफपिओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले १२ सय ९० रुपैयाँका दरले सेयर निष्काशन गर्न अनुमति माग गरेको थियो । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ११ सय ९० रुपैयाँ प्रिमियम थप गरी १२ सय ९० रुपैयाँका दरले २५ लाख ५८ हजार १४० कित्ता सेयर जारी गर्न लागेको हो ...
  • बिनाधितो, निर्ब्याजी ऋण लिने हो ? त्यसोभए यो पढ्नुहोस् ! Feb 13, 2017 ArthatantraLoan per head
    काठमाडौ। राष्ट्रिय युवा परिषद्ले ग्रामीण युवा उद्यम कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा १० जना गरी मुलुकभर २४ हजार युवालाई बिनाधितो ऋण प्रदान गर्ने तयारी गरेको छ । मानव विकास तथा जागरण मञ्चले आयोजना गरेको ‘नेपालको संविधान र युवा महिलाहरुको हक अधिकार’ विषयक कार्यशालामा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले परिषद्ले यसका लागि कार्यविधि तयार भएका युवासँग आवेदन मागेको जानकारी दिए । परिषद्ले प्रतिनिर्वाचन क्षेत्रबाट ...
  • सेयर बजारमा आज ४३ अंकले घट्दा कारोबार रकम भने करिब ५० करोडले बढ्यो Feb 12, 2017 Arthatantrashare broker
    काठमाण्डौं । सेयर बजार आज आइतबार ४३ अंक घट्न पुगेको छ भने कारोबार रकम भने करिब ५० करोड रुपैयाँ पुगेकोछ। सेयर बेच्नेको चाप बढेपछि सेयर सूचक घटे पनि रकम भने बढ्न पुगेको हो । नेप्से परिसूचक ४३.७३ अंकले घटेर १२५२.५ अंकमा झरेको छ। आज आइतबार होटल बाहेक सबै उपसूचक ओरालो लागेका छन् । बजार पुरै रातो हुँदा पनि आज पाँच कम्पनीका शेयरधनीले ...
  • सूर्या लाइफको प्रमुख कार्यकारी अधिकृतमा शिवनाथ पाण्डे Feb 12, 2017 Arthatantrasurya life insurance
    काठमाण्डौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा शिवनाथ पाण्डेलाई नियुक्त गरेको छ। आगामी चार बर्षका लागि नियुक्त पाण्डेले सोमबारबाट काम सुरु गर्ने छन्। नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट पाण्डे अवकास भएका थिए। चार्टर्ड एकाउन्टेन्ट पाण्डेसँग राष्ट्र बैंकमा काम गरेको ३० बर्षे अनुभव छ। उनी २० बर्षदेखि व्यवस्थापकीय पदमा थिए। ३० बर्षे कार्यकालका कारण अवकाश भएका पाण्डे डेपुटी गभर्नरका लागि प्रत्यासी थिए। ...