Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • औषधी उद्योगबारे तीन दिने एक्स्पो हुँदै, निःशुल्क दन्त सेवा उपलब्ध हुने Feb 12, 2017 Arthatantramedicines-l
    काठमाण्डौं । नेपाल औषधी उत्पादक संघ (एपोन)ले फागुन २० देखि तीन दिने पाचौँ फर्मा एक्स्पो आयोजना गर्ने भएको छ। उपभोक्ता, लगानीकर्ता र सरकारी निकायलाई औषधी उद्योगको विकास तथा अनुसन्धानबारे जानकारी दिन एक्स्पो आयोजना गर्न लागेको संघले जनाएको छ। संघका अध्यक्ष शंकर घिमिरेका अनुसार ‘गुणस्तरीयताबाट आत्मर्निभरता तर्फ’ नारा साथ सुरु हुने एक्स्पोमा नेपाली र भारतीय औषधी तथा औषधीसँग सम्बन्धित कम्पनीको स्टल रहनेछन्। ...
  • अब जग्गा मिच्ने र सार्वजनिक ठाउँमा फोहोर फाल्नेको ड्रोनबाट अभिलेख राखि… Feb 12, 2017 ArthatantraDrone
    काठमाण्डौं । बागमती सफाइ महाअभियान सुरु भएको १९६ औँ हप्ता बित्दा समेत सोचेअनुरुप नदी सफाइ हुन नसकेपछि ड्रोन क्यामेराले नदी किनारमा फोहर फाल्ने, ढल मिसाउने र नदीको जग्गा मिच्नेको तस्बिर खिच्न थालिएको छ। दक्षिण कोरियाको सियोल विश्वविद्यालयबाट आएको ड्रोन क्यामेरासहितको समूहले आजदेखि गोकर्णेश्वर नगरपालिकाको उत्तरगयादेखि ललितपुर उपमहानगरपालिकाको सुन्दरीघाटसम्म तस्बिर खिची फोहर फाल्ने, ढल मिसाउने र सार्वजनिक जग्गा मिच्नेको अभिलेख उतार्ने अभियन्ता ...
  • पश्चिम सेती र कर्णाली जलविद्युत् आयोजनाबारे थप जान्नुहोस् ! Feb 11, 2017 ArthatantraHydroPower
    भीमदत्तनगर। ऊर्जामन्त्री जनार्दन शर्माले चमेलिया जलविद्युत् परियोजना निर्माण सम्पन्न भई केही महिनाभित्रै सञ्चालन हुने बताएका छन् । प्रेस सेन्टर कञ्चनपुरले भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले संरचनात्मक समस्याका कारण चमेलिया विद्युत् आयोजना केही ढिलाइ हुन गएको जानकारी दिए । “पूर्वपश्चिममा रहेका सबै जलविद्युत् आयोजनालाई अघि बढाउन गृहकार्य हुँदैछ”, मन्त्री शर्माले भने , “जलविद्युत्मा निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्नुपर्छ ...
  • सुदूरपश्चिमममा भूकम्पको धक्का,सतर्क रहन आग्रह ! Feb 10, 2017 ArthatantraearthQueak
    दार्चुला । सुदूरपश्चिमको दार्चुलास्थित हिकिला गाविसलाई  केन्द्रविन्दु बनाएर आज ४ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको छ । बिहान ११ बजेर १३ मिनेट जाँदा सो भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थ दहालले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले सो भूकम्पबाट हालसम्म कुनै प्रकारको क्षति नभएको सूचना प्राप्त भएको जानकारी दिएका छन् । यसअघि माघ ...
  • धितोपत्र बोर्डद्वारा अबको १५ दिनभित्रै आइृपिओ बाँडफाँडको निर्देशन Feb 10, 2017 ArthatantraIPO share
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले बित्त बजारमा देखिएको तरलता अभाव समाधानमा सहयोग पुर्याउन नेपाल लाईफ र फरवार्ड कम्युनिटी माईक्रोफाईनान्सलाई फागुन १३ गतेभित्र सेयर बाँडफाँड गर्न निर्देशन दिएको छ । बोर्डले हिजो बिहीबार प्रेस बिज्ञप्ति जारी गरी दुबै कम्पनीलाई फागुन १३ गतेभित्र सार्वजनिक निश्काशन गरिएको सेयर बाँडफाँड गर्न निर्देशन दिईएको जनाएका छन् । बिज्ञप्तिमा भनिएको छ, वित्तीय बजारमा परेको तरलताको समस्या र त्यसको ...
  • अस्पतालहरुलाई गाउँ केन्द्रीत गर्ने नयाँ व्यवस्था लागु Feb 10, 2017 Arthatantrahospital
    काठमाडौ। सामुदायीक स्वास्थ्य संस्थाहरुलाई गाउँ केन्द्रीत गराउने उद्धेश्यले स्वास्थ्य मन्त्रालयले नयाँ व्यवस्था लागु गरेको छ । सामुदायीक अस्पताल अनुदान निर्देशीका का अधिकांश व्यवस्था संशोधन गरी मन्त्रालयले ग्रामिण क्षेत्रमा संचालित सामुदायीक अस्पतालहरुलाई अनुदानमा प्राथमिकता दिने व्यवस्था गरेको हो । महानगर र उपमहानगरपालिकामा भएका सामुदायीक अस्पतालहरुले अवदेखि अनुदान नपाउने भएका छन् । अनुदान वितरण गर्दा सरकारी अस्पतालबाट टाढा रहेका सामुदायीक अस्पताललाई प्राथमिकता दिनु ...
  • बजारमा आयो बैंकको २० लाख कित्ता सेयर, फागुन १२सम्म किन्न मिल्ने Feb 9, 2017 Arthatantrashare
    काठमाण्डौं । कृषि विकास बैंकले हकप्रदमा नबिकेको झण्डै २० लाख कित्ता साधारण सेयर आजबाट लिलामीमा राखेको छ । बैंकले लिलामीमा राखेको सेयरमा माघ २७ गतेदेखि फागुन १२ गतेसम्म आवेदन गर्न सकिन्छ । बैंकले गत कात्तिक ३ गतेदेखि मंसिर ७ गतेसम्म एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्रीका लागि आवेदन खुला गरेको थियो । जसमध्ये हकप्रदमा आवेदन नपरेको १९ ...
  • ४९ लाख २८ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत,हेर्नुहोस् कुन–कुनका परे ? Feb 8, 2017 ArthatantraShare Listed
    काठमाडौ । बुधबार नेपाल स्टक एक्सचेञ्जमा चार वटा कम्पनीको बोनस सेयर ४९ लाख २८ हजार छ सय ६८ दशमलव सात कित्ता बोनस सेयर सूचिकरण गरिएको छ । तीन वटा विकास बैंक र एउटा बीमा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरिएको बोनस सेयर नेप्सेमा कारोबारका लागि सूचिकृत भएको हो । बुधबार नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३० लाख ५७ हजार तीन ...
  • क्रसर उद्योग ठप्प पारी व्यवसायीहरुमाथि अनुसन्धान हुँदै Feb 8, 2017 Arthatantracrosser-file photo
    नवलपरासी। नवलपरासीका क्रसर व्यवसायीहरुले जिल्ला विकास कार्यालय नवलपरासीमा नदीजन्य वस्तुको स्रोत खुलाएर प्रतिवेदन बुझाएका छन् । एक साता अगाडि जिविसले क्रसर व्यवसायीलाई खोलाको स्रोत खुलाउन निर्देशन दिएको थियो । जिल्लामा सञ्चालित १२ क्रसर व्यवसायीले संयुक्तरुपमा बुझाएको प्रतिवेदनमाथि अनुगमन तथा छानविन समितिले अध्ययन,अनुसन्धान गर्ने स्थानीय विकास अधिकारी युवराज कट्टेलले जानकारी दिएका छन् । जिविसले  छानविन नगरेसम्म जिल्लाका क्रसर उद्योग ठप्प रहने उनले ...
  • आज ४.२४ले सेयर बजार घट्दा हेर्नुहोस् के के भयो Feb 7, 2017 Arthatantranepse_photo
    काठमाण्डौं । सेयर बजार आज ४.२४ अंकले झरेर १३४४.६० अंकमा बन्द भएको छ। आज दिनभरीमा १३२ कम्पनीको ३१ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। अन्य र फाइनान्स कम्पनी सुचक बाहेक सबै ओर्लिएको छ । आज बिमा साढे २३ अंकले झरेको छ भने होटलमा ४१ अंकको गिरावट आएको छ। त्यस्तै, बैकिङ ५ अंकले झरेको छ। बजार घट्दा पनि नेपाल बैंक, सानिमा ...