Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • दुई वर्षभित्र सबै विकास बैंक र फाइनान्स हटाइने Feb 7, 2017 Arthatantrabank_1
    काठमाण्डौं । सरकारले आगामी दुई आर्थिक बर्षभित्र बैंक तथा वित्तीय संस्थालाई एउटै वर्गमा समेट्ने भएको छ। अहिले ‘क’ वर्गमा वाणिज्य बैंकहरु, ‘ख’ वर्गमा विकास बैंकहरु, ‘ग’ वर्गमा फाइनान्स कम्पनीहरु र ‘घ’ वर्गमा लघुवित्त विकास बैंकहरु छन्। सरकारले आर्थिक बर्षा २०७५/७६ भित्र वित्तीय संस्थाहरुको वर्गीकरण हटाएर सबैलाई एउटै मान्यता दिन्छ। सरकारले आगामी पाँच बर्षको वित्तीय क्षेत्र विकास रणनीति तयार पार्दै साना संस्थासहरुलाई ...
  • पाल्पामा जीप दुर्घटना,चार जनाको मृत्यु,१९ घाइते ! Feb 7, 2017 Arthatantrajeep-accident
    पाल्पा । पाल्पामा सोमबार राति जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । पाल्पाका दोभानमा राति भएको जीप दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । लु १ ज २६८९ को जीप दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकालाई उपचारका लागि बुटवलमा लगिएको छ । ज्यान गुमाउनेको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । फाईल फोटो प्रकाशित मितिः २०७३ माघ २५
  • आज दोहोरो अंकले सेयर बजार झर्दा हेर्नुस् कसले गुमायो, कसले कमायो Feb 6, 2017 Arthatantranepse
    काठमाण्डौं । आज दिनभरीमा सेयर बजार १५.६६ अंकले झरेर करिब १३४९ अंकमा बन्द भएको छ । अन्य वाहेक सबै सुचकहरु ओरालो लागेपछि बजार झर्न पुगेको हो । आज अन्य सुचक भने १।७४ अंकले बढेको छ। आज सबैभन्दा बढी बिमा १२४.३ अंकले झरेको छ । त्यस्तै, होटल ४९ अंकले झरेको छ भने वाणिज्य बैंकिङ समूह करिव १६ अंकले झरेको छ । त्यसैगरी, ...
  • तपाईलाई कुन कम्पनीको सेयर किन्न मन छ ? तयार बस्नुहोस् सबैले जारी गर्ने… Feb 6, 2017 Arthatantrashare
    काठमाण्डौं । सरकारले आगामी आर्थिक बर्षभित्र वास्तविक क्षेत्रका कम्पनीहरुको सेयर निस्कासन अनिवार्य गर्ने भएको छ। कानुन नै संशोधन गरेर सरकारले ती कम्पनीहरुलाई अनिवार्य रुपमा सर्वसाधारणमा सेयर जारी गर्न वाध्य पारिन लागेको हो। सरकारले ‘वित्तीय क्षेत्र विकास रणनीति’ पारित गर्दै पूँजी बजारको विकासका लागि वास्तविक क्षेत्रलाई सेयर जारी गर्न वाध्यात्मक व्यवस्था गर्न लागेको हो। यसका लागि सरकारले नेपाल धितोपत्र वोर्ड, अर्थ र ...
  • धमाधम बढ्दैछ सुनको भाउ, आज चाँदीको पनि भाउ बढ्यो Feb 6, 2017 ArthatantraGold and Silver
    काठमाण्डौं । आज सोमबार स्थानीय बजारमा सुनको भाउ सामान्य उकालो लागेको छ । आज सुन तोलाको १ सयले बढी ५५ हजार ४ मा कारोवार भइरहेकोछ । केही दिनदेखि लगातार बढिरहेको सुनको भाउ हिजो आइतबार सुन प्रतितोला ५५ हजार ४ सयमा किनबेच भएको थियो । त्यस्तै, आज चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो तोलाको ...
  • करिब १८ अंकले घट्यो सेयर बजार Feb 5, 2017 Arthatantrashare
    काठमाण्डौं । आज आइतबार नेप्से परिसूचक १७.९५ अंकको गिरावटसँगै १३६४.५० अंकमा पुगेर रोकिएकोछ । बजार खुल्ने बित्तिकै घट्ने क्रम जारी रहेको सेयर बजार बीचमा सम्हालिएको थियो । होटल बाहेक सबै सेयर सूचक रातो भएपछि आज सेयर परिसूचक घट्न पुगेको हो । आज १२२ कम्पनीको २६ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ । २३ माघ २०७३, २।००
  • कतै तपाईले ९ लाख ९० हजार कित्ता सेयर छुटाउनु त भएन ? Feb 5, 2017 Arthatantrashare market
    काठमाण्डौं । कञ्चन डेभलपमेन्ट बैंकले पुस १८ गतेदेखि बिक्री खुला गरेको ५० प्रतिशत अर्थात दुई बराबर एक कित्ता हकप्रद सेयरमा आवेदन गर्ने म्याद आज आईतबार सकिँदैछ । बैंकले चुक्तापूँजीको ५० प्रतिशत हुन आउने कुल ९ लाख ९० हजार कित्ता हकप्रद बिक्री खुला गरेको थियो । बैंकको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल, कञ्चन डेभलपमेन्ट बैंकको ...
  • अड लट सेयर कारोबार आजबाट सुरु, थप जान्नुहोस्, फाइदा लिनुहोस् Feb 5, 2017 Arthatantrashareholders-meeting
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको दोस्रो बजारमा आजदेखि अड लट सेयर कारोबार हुने भएको छ । लगानीकर्ताले एक कित्तादेखि जत्ति पनि सेयर किनबेच गर्न सक्ने भएका छन् । कारोबार थप सहज बनाउन नियमित कारोबार समयमा नै दश कित्ता भन्दा कमको धितोपत्र किनबेच हुन सक्ने व्यवस्था गरिएको नेप्सेले जनाएको छ । नेप्सेले नियमित कारोबार समयमा नै आज आइतबारदेखि लागू हुनेगरी यो ...
  • पौडेलको अध्यक्षतामा प्रेस चौतारी धादिङ सर्वसम्मत Feb 4, 2017 Arthatantrapress-chautari-dhading
    धादिङ । प्रेस चौतारी नेपाल धादिङको अध्यक्षमा सरोज पौडेल सर्वसम्मत चयन भएका छन् । प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवसको अवसर पारेर शनिबार धादिङबवेसीमा सम्पन्न भएको जिल्ला भेलाले पौडेलको अध्यक्षतामा ११ सदस्यिय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको हो । कार्यवाहक अध्यक्ष प्रकाश सापकोटाको अध्यक्षतामा सम्पन्न स्थापना दिवस तथा जिल्ला भेलाले समितिको उपाध्यक्षमा सानुबाबु तिमिल्सिना, सचिवमा शंकर श्रेष्ठ, सह सचिवमा ...
  • नेप्सेमा ७३ अङ्कको वृद्धि ! Feb 4, 2017 Arthatantranepse_photo
    काठमाडौ । केही सातादेखि निरन्तर ओरालो लागेको नेप्सेमा यो साता ७३ अङ्कले बढेको देखिएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ७२ दशमलव ७५ अङ्कले बढेर अन्तिम दिन एक हजार ३८२ दशमलव ४५ अङ्कमा पुगेको छ । यससाता स्टक एक्सचेन्जमा १५६ कम्पनीको कारोबार भएको छ । जस अनुसार २० हजार ६६० कारोबारबाट रु दुई अर्ब २१ करोड ५३ लाख ७० हजार ...