Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • एक लाख १३ हजार छ सय ६० कित्ता सेयर बिक्रीमा, माघ १९ सम्म किन्ने म्याद Jan 26, 2017 Arthatantrashare
    काठमाण्डौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक र सर्बसाधारण गरी एक लाख १३ हजार छ सय ६० कित्ता सेयर लिलामीमा राखेको छ । बैंकले सो परिणामको सेयर बोलकबोल मार्फत बिक्री गर्न लागेको हो । बैंकले असोज २१ देखि कात्तिक २५ गतेसम्म हकप्रदमा बिक्री नभएको सेयर लिलामीमा बिक्री गर्न लागेको हो । बैंकले सर्वसाधारण समूहतर्फको एक लाख तीन हजार एक सय ६७ ...
  • बैंकको १९ लाख ६८ हजार ५७५ कित्ता सेयर बिक्री, फागुन १२ सम्म भर्न पाइने Jan 25, 2017 ArthatantraBank image1
    काठमाण्डौं । कृषि विकास बैंकले १०० रुपैयाँ अंकित दरका सेयरहरु मूल्य वढावढमा बिक्री गर्ने भएको छ। सर्वसाधारणले कम्तिमा १०० र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिनु पर्ने हुन्छ। बैंकले १९ लाख ६८ हजार ५७५ कित्ता सेयर बिक्री गर्न लागेको हो। बैंकले बिक्री नभएका हकप्रद सेयरहरु मूल्य वढावढमा बिक्री गर्न लागेको हो। बैंकको सेयरको बिक्री प्रबन्धकमा एस क्यापिटल छ। सेयरमा आवेदन फागुन ...
  • तपाई छुट्नु त भएन ? शतप्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन Jan 25, 2017 ArthatantraRight Share
    काठमाण्डौं । वेष्टर्न डेभलपमेन्ट बैंकले एक  बराबर एक कित्ता अनुपातको हकप्रद सेयर भर्ने थपेको १५ दिनको समयसिमा पनि बुधबार सकिँदैछ । यसअघि बैंकले मंसिर २२ गतेदेखि निष्काशन गरेको हकप्रद भर्ने समय पुस २६ गतेसम्म राखेर सूचना प्रकाशित गरेको थियो । हकप्रद कात्तिक १ गतेसम्म कायम रहेका सेयरधनीले भर्न पाउनेछन् । बैंकले एक सय रूपैयाँ अंकित दरको १५ लाख ६९ हजार ६ ...
  • करिब २५ अंकले झर्यो बजार, हेर्नुहोस् कुन उपसूचक आज कतिले झरे Jan 24, 2017 Arthatantralossesimage
    काठमाण्डौं । सेयर बजार मंगलबार करिव २५ अंकले झरेको छ । आज बजार २४.८९ अंकल झरेर १४३३ अंकमा ओर्लिएको छ । त्यस्तै, दिनभरीमा ३८ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। आज कुल १३० कम्पनीको ८ लाख ५३ हजार ४६० कित्ता सेयर किनबेच भएको छ। बजारका सबै उपसुचकहरु झरेको छ। बैकिङ २५.९, होटल १२.३२, विकास बैंक २०.१५, जलविद्युत ३०.४४, फाइनान्स ...
  • इन्धन विनियमावलीको विरोधमा देशैभर पेट्रोलियम ढुवानी ठप्प पार्ने चेतावन… Jan 24, 2017 Arthatantrapetrol
    काठमाडौ । इन्धन ढुवानी व्यवस्थित बनाउन सरकारले केही साताअघि ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३’ सार्वजनिक गरेको थियो । लगतै विनियमावली आफूहरूको हितमा नबनेको, अव्यावहारिक भएको र त्रुटिपूर्ण रहेको भन्दै व्यवसायीहरू र मजदुरहरुले त्यसको विरोध गरेका छन् । व्यवसायीहरुले आफ्ना माग र समस्याहरू ४५ दिनभित्र समधान र कार्यान्वयन नभए ट्यांकर सञ्चालन गर्न नसक्नेसम्मको धम्की सरकारलाई दिएका छन् । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी ...
  • सेयर बजारमा लगानी गर्ने हो ? त्यसो भए चिन्नुहोस् पैसाको बोट Jan 24, 2017 Arthatantrashare moneytree
    दोस्रो त्रैमासिकको अन्त्यसँगै कम्पनीका वित्तीय विवरणले राष्ट्रिय दैनिक पत्रिकाका पाना भरिन थालिसकेका छन्। धेरैलाई लाग्न सक्छ यी विवरण कम्पनीका विज्ञापन हुन्। तर प्रकाशित यी विवरण विज्ञापन नभई, बुझ्न सके पैसाका बोट हुन्। सम्पत्ति निर्माणका दरिला आधार पनि हुन्। जसलाई चिन्न सक्नु लगानीकर्ताको अनिवार्यता हुन्छ भने चिनाउनु नियामकको केही दायित्व हुन्छ। तर नियामक विशेषगरी धितोपत्र बोर्ड त्यो दायित्वबाट भागी रहेको छ र ...
  • गोर्खाजको सेयर किन्नुहोस् र पाउनुहोस् ५० प्रतिशत हकप्रद Jan 24, 2017 Arthatantramicrofinance share
    काठमाण्डौं । गोर्खाज फाइनान्सले ५० प्रतिशत हकप्रद सेयर वितरण गर्ने भएको छ। गोर्खा विकास बैक र काठमाडौं फाइनान्स गाभिएपछि गोर्खाज फाइनान्स बनेको हो। सेयर निस्कासनका लागि फाइनान्सले  एनआइबिएल क्यापिटल मार्केट्सलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सेयर निस्कासन सम्बन्धि सम्झौतापत्रमा  फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार राई र एनआइबिएलका महाप्रबन्धक मेखवहादुर थापाले हस्ताक्षर गरेका छन्। फाइनान्सको २२औं बार्षिक साधारणसभाले दुई बराबर एक ...
  • सेयर बजारमा आज : ८ अंकले सूचक घट्दा हेर्नुहोस् के के भयो ? Jan 23, 2017 Arthatantrashare market Nepal NEPSE
    काठमाण्डौं । आज सोमबारको सेयर बजारमा फाइनान्स र उत्पादनमूलुक उपसूचक बाहेक सबै ओरालो लागेपछि बजारमा नेप्से परिसूचक ७.९६ अंकले घट्दै १४५७.८८ अंकमा पुगेर बन्द भएकोछ । आज सेयर बजारमा फाईनान्स समुहमा ७.३६ अंक र उतपादन मुलक समूह २२.७२ अंकले बढेका थिए भने बैंक ८.६३ ,होटेल १७.४३ ,बिकास बैंक ६.६३ ,जलविद्युत २.८५ र अन्यमा ४.९२ अंकको गिरावट आएको छ । आज १३४ कम्पनीको ...
  • आज फेरि महंगिन पुग्यो सुन, हेर्नुहोस् कति पुग्यो भाउ Jan 23, 2017 ArthatantraGold
    काठमाण्डौं । नेपाली बजारमा सुनको मुल्य फेरि बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँले बढ्न पुगेको हो । आज नेपाली बजारमा  सुनको मूल्य प्रति तोला ५५ हजार ६ सय रुपैयाँ कायम भएको छ  । चाँदीको मुल्यमा भने कुनै परिवर्तन भएको छैन । आज चाँदीको भाउ स्थिर छ । आज पनि नेपाली बजारमा चाँदीको मूल्य प्रति तोला ८  सय रुपैयाँ ...
  • ५० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ? Jan 23, 2017 ArthatantraShare Contract
    काठमाण्डौं । नागबेली लघुवित्त विकास बैंक लिमिटेडले निष्कासन गरेको ५० प्रतिशत अर्थात दुई बराबर एक अनुपातको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । बैंकले गत मंसिर २० गतेबाट एक करोड २५ लाख रुपैयाँ बराबरको १ लाख २५ हजार कित्ता हकप्रद सेयर आवेदन खुलाएको थियो । यसअघि हकप्रद निष्कासन बन्द मिति पुस २४ गते हुने भनिएपनि सेयरधनीहरुको विशेष अनुरोधलाई मध्यनजर ...