Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • नेपालको २५ प्रतिशत सेयर लगानीमा बन्ने भयो पश्चिम सेती जलविद्युत आयोजना Jan 17, 2017 ArthatantraHydroelectric_Power_Plant_Filtration_Systems_VVUJ
    काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरण र चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सीटीजीआई) बीच पश्चिम सेती जलविद्युत् आयोजना निर्माणसम्बन्धी हिजो सोमबार काठमाडौंमा संयुक्त उपक्रम सम्झौता (जेभीए) भएको छ । सम्झौताअनुसार सीटीजीआईले ७५ प्रतिशत र प्राधिकरणले २५ प्रतिशत लगानी गर्नेछन् । सम्झौतामा प्राधिकरणका कार्यकारीनिर्देशक कुलमान घिसिङ र सीटीजीआईका उपाध्यक्ष युआन झिमायोले हस्ताक्षर गरेका हुन् । ४ माघ २०७३, ११।००
  • माघ ९ देखि आस्वा : २१ बाणिज्य बैंक र ९ विकास बैंकले पाए अनुमति Jan 17, 2017 ArthatantraAsba share nepal
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासन धितोपत्र दरखास्त संकलन (अाश्वा)कालागि २१ वटा बाणिज्य बैंक  र ९ वटा विकास बैंकले अनुमति प्राप्त गरेको जनाएको छ। धितोपत्र बोर्डका अनुसार धितोपत्रमा लगानी गर्ने लगानीकर्ताले ३० बैंकका एक हजार ५ सय ७ शाखाहरूबाट याे सेवा लिन सक्ने छन्।हाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका बैंक र बिकास बैंकका मुगु र बाजुरा जिल्लामा शाखा कार्यालय नरहेकाले ...
  • कतै तपाईले साठी प्रतिशत हकप्रदको यो मौका गुमाउँदै त हुनुहुन्न ? Jan 16, 2017 Arthatantrahttp://www.dreamstime.com/royalty-free-stock-images-hand-holding-chart-graph-image31398809
    काठमाण्डौं ।  गत बार्षिक साधारणसभाबाट सिद्धार्थ डेभलपमेण्ट बैंकले पारित गराएको ६० प्रतिशत अर्थात दश बराबर छ कित्ता हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको छ । यसका लागि बैंकले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ । हिजो आइतबार सिद्धार्थ डेभलपमेण्ट बैंक र र नबिल इन्भेष्टमेन्ट बैंकिङबीच सेयर निष्सकान सम्झौता भएको छ । सो सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख ...
  • सेयरको क्रेज : साढे चार अर्बको एफपिओमा चालीस अर्बको आवेदन Jan 16, 2017 Arthatantrafpo
    काठमाण्डौं ।  नेपाल लाइफ इन्स्योरेन्सको एफपिओमा करिब ४० अर्ब रुपैयाँभन्दा बढी नै मूल्यको आवेदन परेको कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ। अन्तिम दिन आइतबार मात्र करिव २४ अर्ब रुपैयाँको आवेदन परेको र बाँकी ३५ वटा संकलन केन्द्रको तथ्यांक आउन बाँकी नै रहेकोले सेयर आवेदन ४० अर्बको हुने अनुमान क्यापिटलले गरेको हो । नेपाल लाइफले चार अर्ब ४१ करोड रुपैयाँ बराबरको ...
  • सेयर बजार आज : स्ट्याण्डर्ड चार्टडमा झुम्मिए लगानीकर्ता ! Jan 15, 2017 Arthatantranepse_photo
    काठमाण्डौं । आज साताको र महिनाको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से  परिसूचक २.१४  अंकले तल झरेर १४७७.७२ अंकमा बन्द भएको छ । आज दिनभरीमा मात्र २७ करोड २९ लाखको मात्र कारोबार भएको छ । आज बैंकिङ १.५९ अंकले बढेको छ । होटेल १.५९, विकास बैंक ६.९६, जलविद्युत १७.५९, बिमा ४४.५२ अंकले ओरालो ...
  • बैंकको हकप्रद भर्ने आज अन्तिम दिन, कतै छुट्नु त भएन ? Jan 15, 2017 ArthatantraShare rights
    काठमाण्डौं । माछापुछ्रे बैंकले थपेको हकप्रद भर्ने एकसाताको समय पनि आईतबार सकिदैछ । बैंकको संचालक समितिले गत २४ गते धेरै सेयरधनीले हकप्रद भर्न बाँकी रहेको भन्दै सात दिन समय बढाएको थियो । बैंकले गत मंसिर १९ गतेदेखि  हकप्रद खुला गरेको थियो । बैंकले कात्तिक ११ गतेसम्म सेयर किन्ने सेयरधनीलाई ५० प्रतिशत अर्थात दुई बराबर एक कित्ता हकप्रद सेयर जारी गरेको हो ...
  • प्राइमको मूल्य समायोजन, प्रति कित्ता हेर्नुहोस् कति भयो सेयरको मूल्य ? Jan 15, 2017 Arthatantrashare price stock
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जमा आज आईतबार प्राईम कर्मसिर्यल बैंकको सेयरमूल्य समायोजन भएको छ । प्राईम कमर्सियल बैंकले प्रस्ताव गरेको १७ दशमलव २५ प्रतिशत बोनस समायोजन भएको हो । बोनस समायोजनपछि प्राईम कमर्शिल बैंकको सेयरमुल्य चार सय ३५ रुपैंयाँ कायम भएको  छ । बैंकको आधारमुल्य पाँच सय एक रुपैंयाँ रहेको छ । बैंकले यहि माघ १२ गते हुने बार्षिक साधारणसभा प्रयोजनका ...
  • धितोपत्र बोर्डमा जागीर खाने हो ? आवेदन दिईहाल्नुस् Jan 14, 2017 ArthatantraNepal-Secuirites-Board-SEBON-300x300
    काठमाडौ । पुँजी बजारको नियामक निकाय नेपाल धितापत्र बोर्डले विभिन्न पदका लागि १४ जना कर्मचारी माग गरेको छ । बोर्डले प्रशासन, लेखा, सूचना प्रविधि र कानुन सेवाका लागि कर्मचारी माग गरेको हो । आवश्यक योग्यता पुगेका र इच्छुक नेपाली नागरिकलाई माघ महिनाभित्रमा आवेदन बुझाउन आह्वान गरिएको छ । धितोपत्रले मागेको यो लिंक खोलेर हेर्नुहोस्, धितोपत्रको कर्मचारी माग सूचना प्रकाशित मितिः २०७३ माघ १
  • आज र भोलि सुन र चाँदीको भाउ स्थिर Jan 13, 2017 Arthatantragold price design nepal
    काठमाडौं । आज शुक्रबार बजारमा सुनको मूल्य स्थिर रहेकोछ । आज शुक्रबारका लागि सुन प्रति तोलाको मूल्य ५४ हजार ६ सय रुपैयाँ नै रहेकोछयो। भोलि शनिबार भएकाले आज र भोलि यही मूल्यमा सुनको कारोबार हुनेछ । त्यस्तै आज चाँदीको भाउ प्रति तोला सात सय ९० रुपैया मूल्य रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानाएको छ । २९ पुस २०७३, ११।००
  • सेयर अंक बढे पनि कारोबार रकम बढेन, यस्तो छ विश्लेषकको राय Jan 12, 2017 Arthatantranepse
    काठमाण्डौं । साताको अन्तिम दिन नेप्से परिसूचक न्यून अंकले बढेको छ। आज नेप्से परिसूचक ३।३५ अंकले बढेर १४७९।८६ अंकमा पुगेको छ। दिनभरमा १ सय २० कम्पनीको दुई हजार ४ सय ४३ कारोबारबाट ३२ करोड २७ लाख रुपैयाँ बराबरका २६ लाख कित्ता सेयर किनबेच भए। आज खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडको करिब १० प्रतिशतले बढ्यो भने कर्णाली विकास बैंकको मूल्य करिब १० प्रतिशतले ...