Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • धादिङ महोत्सवमा मास र भटमासको चर्चा Dec 25, 2016 Arthatantradhading-Mahotsab 5TH Logo
    धादिङ। धादिङबेंसीमा यही पुस ७ गतेदेखि सञ्चालित धादिङ महोत्सवमा सल्यानटारको मास, झार्लाङको आलु र लेकाली भटमासले चर्चा पाएको छ । विशेष कृषि प्रदर्शनी आकर्षणको केन्द्रका रुपमा रहेको छ । बेमौसममा उत्पादन भएका बाली तथा हस्तकला, पर्यटन, स्थानीय उद्योगका सामग्री केही कक्षमा पनि भिड लागेको आयोजक समिति सचिवालयका रोहित भण्डारीले जानकारी दिए । यही पुस १७ गतेसम्म चल्ने महोत्सवमा रहेका दुई २१ ...
  • डेभलपमेण्ट बैंकले पारित गर्यो २९.२० प्रतिशत बोनस सेयर दिने प्रस्ताव Dec 25, 2016 Arthatantrabank_1
    काठमाण्डौं । ओम डेभलपमेन्ट बैंकले २९.२० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ।बैंकको साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलार्इ यो बोनस दिने प्रस्ताव पारित गरेको हो। यो बोनस सेयरपछि बैंकको चुक्ता पुँजी १ अर्ब ३६ करोड पुग्नेछ । मनास्लु विकास बैंकसँग मर्ज भएपछि हकप्रद सेयर र बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी २ अर्ब ५४ करोड पुग्नेछ । १० पुस २०७३, ...
  • हाइड्रोपावरले ल्यायो स्थानीयलाई १० प्रतिशत सेयर, पुस २० देखि भर्न मिल्… Dec 25, 2016 ArthatantraHydro Power
    काठमाण्डौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले पुस २० गतेबाट आयोजना प्रभावितलाई साधारण सेयर निस्कासन गर्ने भएको छ। दुई मेगावाटको आयोजनाले स्थानीय अर्थात् लमजुङ जिल्लावासीलाई १० प्रतिशत सेयर वितरण गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका दुई लाख ७० हजार कित्ता सेयर जारी गर्न लागेको हो। सेयरमा कम्तिमा ५० कित्ता र वढिमा एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ। यो सेयर ...
  • गोरु जुधाउनका लागि ९ जनाको समिति Dec 24, 2016 Arthatantra?????????????????????????????????????????????????????????
    नुवाकोट। तारुकामा माघे सङ्क्रान्तिमा गोरु जुधाउनका लागि गोरु जुधाई मेला व्यवस्थापन समिति गठन गरिएको छ । जिल्लाको पहिचानका रुपमा रहेको तारुकाको गोरु जुधाइ मेला व्यवस्थित रुपमा सम्पन्न गराउनका लागि स्थानीय राजनीतिक दल र गोरुपालक किसानको सहमतिमा दीपेश शाक्यको अध्यक्षतामा नौ सदस्यीय गोरु जुधाइ मेला व्यवस्थापन समिति गठन भएको हो । तारुकामा भएको भेलाले गठन गरेको समितिका सचिवमा साधुराम सिग्देल र कोषाध्यक्षमा ...
  • नमस्तेको सेयर छ ? आजैबाट खुलेको शतप्रतिशत हकप्रद सेयर छुट्ला है Dec 23, 2016 ArthatantraShare collection
    काठमाण्डौं । आज पुस ८ गतेदेखि नमस्ते वित्तीय संस्था लिमिटेडले एक कित्ता सेयर बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरको तीन लाख ७५ हजार कित्ता सेयरको बिक्री खुला गरेको हो । कम्पनीको हकप्रद सेयरका लागि मंसिर २३ गतेसम्म कायम सेयरधनीले माघ १३ गतेसम्म आवेदन गर्न पाउने कम्पनीले जनाएको छ । हकप्रद सेयर ...
  • विकास बैंकले २५ प्रतिशत बोनस सेयर र २० प्रतिशत हकप्रदका लागि बुक क्लोज… Dec 23, 2016 ArthatantraBank image1
    काठमाण्डौं । २५ प्रतिशत बोनस तथा २० प्रतिशत हकप्रदका लागि कैलाश विकास बैंकले एकै दिन सेयर धनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । बैंकले पुष १४ गतेबाट सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने सुचना जारी गरेकोछ । बैंकको बोनस तथा हकप्रद लिन चाहने लगानीकर्ताले पुस१३ गतेभित्र बैंकको सेयर खरिद गरिसक्नुपर्नेछ । बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४३ करोड ९४ लाख ...
  • समस्याग्रस्त सबै वित्तिय संस्था तीन महिनाभित्रमा संचालनमा आउने,सूचिबाट… Dec 22, 2016 Arthatantranrb
    काठमाडौ । नेपाल राष्ट्र बैंकले जनरल फाइनान्स लिमिटेडलाई समस्याग्रस्त वित्तीय संस्थाबाट हटाएको छ । समस्याग्रस्तबाट मुक्त भएपछि फाइनान्स कम्पनीले आजदेखि नियमित कारोबार शुरु गरेको छ । नाजुक वित्तीय अवस्थाका कारण ३ वर्षअघि समस्याग्रस्त घोषित भएको जनरल फाइनान्सलाई राष्ट्र बैंकले वित्तीय अवस्थामा सुधार आएको भन्दै समस्याग्रस्त संस्थाको सूचीबाट हटाएको हो । राष्ट्र बैंकका गभरनर डा. चिरञ्जीवी नेपालले जनरल फाइनान्सको नयाँ कारोबारको औपचारिक ...
  • प्रभु र ग्राण्डका सेयर धनीलाई खुशीको खबर, सम्पूर्ण सेयर कारोबार फुकुवा… Dec 22, 2016 ArthatantraPrabhu-and-grand bank
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंकसँग मर्जमा गएको ग्रान्ड बैंकको सम्पूर्ण सेयरको कारोबार फुकुवा गरिदिएको छ। राष्ट्र बैंकको आज बिहीबार बसेको सञ्चालक समिति बैठकले सेयर कारोबार फुकुवाको निर्णय गरेको हो। यसअघि प्रभु बैंकतर्फको मात्र सेयर कारोबार फुकुवा भएको थियो । प्रभुको मात्र सेयर कारोबार फुकुवा हुँदा ग्राण्डका सेयरधनीहरुले आफूहरु मर्कामा परेको भनी आवाज उठाएपछि प्रभुको पनि कारोबार रोकिएको थियो । ...
  • तीन कम्पनीको सेयर मूल्य समायोजन सँगै सेयरधनी दर्ता किताब बन्द Dec 22, 2016 Arthatantrashare price market
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज बिहीबार एनएमबि बैंक, प्रिमियर इन्स्योरेन्स र गुहेश्वरी मर्चेन्टक फाइनान्सको सेयरमूल्य समायोजन भएको छ । यी कम्पनीहरुको साधारणसभा प्रयोजनका लागि आजैबाट सेयरधनी दर्ता पुस्तिका बन्द भएको छ । एनएमबिले १९ प्रतिशत, प्रिमियर इन्स्योरेनसले २० प्रतिशत र गुह्श्वरी मर्चेन्टले १२ प्रतिशत बोनस प्रस्ताव गरेका छन् । १९ प्रतिशत मात्र बोनस सेयर समायोजन पश्चात एनएमबि बैंकको प्रतिकित्ता ...
  • देशका विभिन्न स्थानमा वर्षात् सँगै हिमपात हुने सम्भावना Dec 21, 2016 ArthatantraRain
    काठमाडौ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण नेपालको मौसममा खराबी आएको छ । पूर्वी भेगबाट प्रवेश गरेको उक्त वायुको प्रभावले खासगरी पूर्वी र मध्य भेगका पहाडी क्षेत्रमा बदली भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । उनका अनुसार मध्यपश्चिम र सुदूरपश्चिमबाहेक अन्य पहाडी जिल्लामा बदली छ ।  पूर्वी र मध्य पहाडका केही क्षेत्रमा छिटफुट वर्षा र हिमपात हुने सम्भावना ...